Home / पत्रपत्रिकाबाट / कुलमानले सुनाए दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’

कुलमानले सुनाए दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’

रबिन्द्र र सुदिल
काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ ।
शनिबार काठमाडौंमा रामेछाप(काठमाडौं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ ।
जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन सकिने उल्लेख छ ।
यो रिपोर्ट सन् १९८५ मै बनेको हो, जसलाई कार्यान्वयनमा लैजाने हो भने नेपालले ठूलो आर्थिक उपलब्ध हासिल गर्न सक्छ ।
तर, २० वर्षसम्म मास्टर प्लानअनुसार एउटा पनि काम भएका छैनन् । जसका कारण नेपाल अझै ऊर्जा संकट ब्यर्होर्दै त छ नै, बेला(बेलामा भारतबाट पारवाहनमा हुने अवरोध अर्थात नाकाबन्दी समेत सहन बाध्य छ ।
कुलमानले शनिबार खुलासा गरेको रिपोर्ट नेपालको राजनीतिक नेतृत्वका लागि नयाँ विषय भने हैन । कुलामनले प्राधिकरणको प्रवन्ध निर्देशक भएपछि अब यही मास्टर प्लानअनुसार आयोजनाहरु बनाउने प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वलाई रिपोर्टको सारसहित प्रिजेन्टेशन गरिसकेका छन् ।
उनले भने–‘अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ ।’
अहिले जलासययुक्त आयोजनालाई छाडेर नदीहरुमा साना आयोजना बनाउने अनुमति दिँदा भोलि ठूला आयोजना बनाउन समस्या हुने तर्क कुलमानको छ ।
‘९०० मेगावाटको दूधकोशी जलासययुक्त आयोजना बनाउछौंँ भन्दा डुबान क्षेत्रमै पर्ने गरी भारतीय कम्पनीलाई ४० मेगावाटको आयोजनाको लाइसेन्स दिइएको रहेछ’ कुलमानले भने ‘अब यसरी त हुँदैन ।’
उनले अघि भने, ‘ठूला जलासययुक्त आयोजनाहरु बने नेपालमै पानीजहाजसम्म ल्याउन सम्भव छ । हामीले धेरै मेगावाट विजुली निकालेर निर्यात पनि गर्न सक्छौं । त्यसैले अब त्यतैतर्फ अघि बढ्नुपर्छ ।’
कसरी सम्भव छ काभ्रेसम्म पानीजहाज ?
पानी जहज चल्नका लागि समुन्द्र नै चाहिन्छ भन्ने होइन । तर, अहिलेकै अवस्थामा नेपालका नदीमा पानीजहाज आउने पनि सम्भव छैन ।

किनकी पानीजहाज ५ मिटरभन्दा कम गहिराईमा चल्न सक्दैन । हाम्रा देशका नदीहरु सबै स्थानमा ५ मिटर गहिरो छैनन् ।
तर, जाइकाले २० वर्ष अघि तयार पारेको रिपोर्टमा पानीजहाज पनि चलाउन सक्ने गरी अब सप्तकोशी (चतरा)देखि सुनकोशी(३ (दोलालघाट) सम्म विभिन्न जलासययुक्त आयोजना बनाउन सकिन्छ । यो बीचमा ४ वटा ठूला जलासययुक्त आयोजना बनाउने हो भने अहिले भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ ।
यसका लागि सप्तकोशीमा बाँध बाँधेर सुनकोशी(१, सुनकोशी(२ र सुनकोशी(३ गरी थप ३ वटा बाँधसहितका जलाशय बनाउनुपर्छ । यसैका सहायकमा रुपमा तमोर, दूधकोशी लगायतका जलायसयक्त आयोजना पनि बन्न सक्छन् ।
साथै पानी जहाजलाई एउटा जलासयबाट अर्को जनालयमा लैजान भने बाँधहरुमा पानी वा विजुलीकै माध्मबाट लिफ्ट गर्न सकिने रिपोर्टमा उल्लेख छ ।
कसरी गरिन्छ एउटा जलासयबाट अर्कोमा जहाज लिफ्ट ?
रिपोर्टमै सप्तकोशीबाट सुनकोशी(१, सुनकोशी(२ र सुनकोशी(३का जलायसहरुको बाँधमा जहाज लिफ्ट सिस्टम जोड्न सकिने उल्लेख रहेको विद्युत प्राधिकरणका प्रमुख कुलमानले बताए । यसरी ४ ठाउँमा लिफ्ट राख्दा पानी जहाज दोलालघाटसम्म ल्याउन सकिने अवस्था छ । छिमेकी चीनले पनि यो प्रविधिमा अपनाएर नदीहरुमा पानीजहाज सञ्चालन गरिरहेको छ ।
साथै चार वटा जलाशयबाट १२ हजार मेगावाटसम्म विजुली निकाल्न सकिने कुलमानले जानकारी दिए । उनका अनुसार सप्तकोशीसम्म पानी जहाज ल्याउन भारतको गंगाको पानीलाई च्यानलाइज भने गर्नुपर्छ ।
५ मिटर पानी नघट्ने गरी भारतसँग समझदारी गरेर पानीजहाज नेपालसम्म ल्याउन सकिने अवस्था अझै पनि विद्यमान छ ।
बिहारमा बाढीको समस्या हट्छ
‘गंगामा वर्षभरीमा बग्ने पानीको ४१ प्रतिशत र हिउँदमा बग्नेमध्ये ७१ प्रशितत नेपालबाटै जाने पानी हो’ कुलमानले भने, ‘वर्षमा कोशीमा आउने बाढीले बिहारको हजारौं बिगाह जमिन नष्ट गर्छ । बाँध बन्यो भने यो पूर्ण रुपमा रोक्न सकिन्छ ।’ उनले बर्खायामको सबै बाढीको पानी जलासयमै जम्मा हुने भएकाले यो क्षेत्रको बाढीको समस्या अन्त्य नै हुने बताए ।
साथै यस्ता आयोजनाबाट हुने बेनिफिट सेयरिङ गर्दै भारत र बंगलादेशसँग पनि सहकार्य हुन सके नेपालले ठूलो आर्थिक फड्को मार्ने बताए ।
सिँचाइ, फिसिङ, यातायात र खानेपानीको सम्भावना
माथिल्लो भागमा पानी थुनिँदा तल्लो भागमा सिँचाईमा पर्न सक्ने अप्ठेरो पनि सुरुङमार्फत पानी लैजादा हट्ने कुलमानको भनाइ छ । त्यसका लागि सुनकोशीबाट १५ किलोमिटरको सुरुङमार्ग बनाएर तराईमा पानी र्पुयाउन सकिने उनले बताए ।
कुलमानले यो प्रस्तावित आयोजनाहरु बनाउँदा ठूलो संख्यामा घर(परिवार विस्थापित हुने अवस्था पनि नरहेको बताए । यस्तो आयोजना बने नेपालबाट वाषिर्क ६२ अर्बको माछा निर्यात गर्न सकिने देदिएको कुलमानले बताए ।
‘जलासयमा फिसिङ टुरिजमको पनि विकास गर्न सकिन्छ । पर्यापर्यटन पनि यसैमार्फत प्रवर्द्धन हुन सक्छ’ घिसिङले भने, ‘भारतसम्म खानेपानीको स्वच्छ आपूर्तिका लागि पनि यस्ता आयोजना बरदान हुन सक्छ ।’
यो भएमा नेपालमा जल यातायताको सम्भावनाको ढोका खुल्ने र सडक यातायात भन्दा छिटो र सुरक्षित रुपमा बोटमा जलयात्रा गर्न सकिने पनि बताए ।
बाँधको चुनौती
सम्भावना प्रशस्त भएपनि जलासयुक्त आयोजना बनाउँदा केही जोखिम पनि रहेको उनले सुनाए । डुबान क्षेत्रको ब्यवस्थापनसँगै बाँधहरुको सुरक्षाको विषय चुनौति भएको कुलमानको भनाइ छ ।
‘यस्ता आयोजनाका बाँध ठूला भूकम्पले क्षति नर्पुयाउने किसिमका हुनुपर्छ’ कुलमानले भने,’यो कोशी बेसिनको मास्टर प्लानअनुसार काम भयो भने भारत र बंगलादेशले पनि ठूलो लाभ लिन सक्छन् । त्यसैले अब यसलाई राजनीतिक तहबाटै अघि सारेर योजनाहरु बन्नुपर्छ ।’
जलासयमा गए डेढ लाख मेगावाट
कार्यक्रममा प्राधिकरणका प्रमुख कुलमानले देशभर ३० भन्दा बढी ठूला जलासयुक्त आयोजना बन्ने अवस्था रहेको तथ्य पनि प्रस्तुत गरे । महाकाली बेसिनमा ८ हजार, कर्णली बेसिनमा २२ हजार र गण्डक बेसिनमा २५ हजार मेगावाट विजुली उत्पादनको सम्भावना रहेको अध्ययन रिपोर्टले देखाएको छ । घिसिङका अनुसार जलासयुक्त आयोजना बन्ने हो भने डेढ लाख मेगावाटसम्म विजुली उत्पादन गर्न सकिने अवस्था छ । यसका लागि नेपाल(भारत बंगलादेश लगायतका मुलुकले ‘वीन(वीन सिच्वेसन’ बनाएर बेनिफिट सेयरिङ गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ । (साभारः अनलाइन खबर)

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

गाउँमै स्वास्थ्यचौकीले स्थानीय खुसि

चितवन ईच्छा कामना ३ दारेचोक (अति र्दुगम) गाउँमा सामुदायिक स्वास्थ्य चौकि स्थापना भएको छ । ...

Leave a Reply

Your email address will not be published.