गजल

गजल

दर्कनेले चुटेको, असार राम्रो छ
असारमा पलाएको, झार राम्रो छ

बस्तु फुस्केर, बाली खान्छकि भनी
छिमेकिले लगाएको, बार राम्रो छ

झम झम झरिमा, हिलो छ्याप्दै
धान रोप्न बाउसे गर्न,टार राम्रो छ

माना छरी मुरि, उब्जाउनको लागि
ज्यदा थकान कामको, भार राम्रो छ

रामभेडाका चिचिला, फल बनेपछी
सिलौटामा साँधेको, अचार राम्रो छ

पारी हेर गैरी गाउँ, वारि मेरो गाउँ
बिचैमा खोला , वार पार राम्रो छ
बैरागी माइला
काठमाडौ बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

प«्रधानन्याधीस दिपक राज जोशी र राष्ट्रपती विद्यादेवी भण्डारी विच भेट वार्ता

साँझ ६.३५ मा राष्ट्रपती कार्यालय सितल निवासमा पुगेका जोशी राष्ट्रपतीसँग झन्डै १ घन्टा छलफलमा बसेका ...

Leave a Reply

Your email address will not be published.