Home / अभिलेखालय / प्रेरणाको श्रोत बन्दै राजाराम

प्रेरणाको श्रोत बन्दै राजाराम

नेपालमा बालअधिकारको चर्चा हुन थालेको २६ वर्ष भएको छ । बालअधिकार सम्बन्धी महासन्धी सन् १९८९ अनुमोदन गरे सगैँ बालअधिकारको क्षेत्रमा काम गर्न थालिए पनि यो अवधिलाई खासै उपलब्धीमुलक मान्न सकिदैन तर बढ्दो आधुनिकिकरण र शैक्षिक स्तरोन्नतीले गर्दा क्रमिक सुधार भने हुदैछ । यो सगै बालसहभागिताको अधिकार समेत प्रबद्र्धन हुदै गएको पछिल्लो समयको विवरणले देखाउछ । गाउँ तथा सहरमा स्थापति बालक्लबहरुले गर्ने गरेका कामहरु र स्वयम बालक्लबका अगुवा बालबालिकाहरु आफुजस्तै अन्य बालबालिकाहरुका लागि मात्रै नभई ठुला मानिसका लागि समेत प्रेरणाको स्रोत बनेका उदाहरणहरु हाम्रो समाजमा भेटिन्छन । त्यही उदाहरणीय मध्यका एक हुन राजाराम बस्नेत ।
दोलखा जिल्लाको जफेमा जन्मिएका १७ वर्षीय राजाराम हाल बालुवाटार, काठमाडौमा महेन्द्र राष्ट्रिय माविमा प्राविधिक तर्फको सिभिल ईन्जिनियरिङ प्रथम वर्षमा अध्ययनरत छन । उनी आफ्नो विगतको सघंर्ष , भोगाई र वर्तमानको प्रगति , सोचाई र कामले गर्दा धेरैका लागि प्रेरणाका स्रोत बनेका छन । उनीसगँ ७ वर्षको उमेरमा होटलमा बसेर जुठो भाडा माझी बालश्रमिकको रुपमा काम गरेको देखि जिल्ला बालक्लब सञ्जाल, काठमाडौको अध्यक्ष भई तीनै बालश्रमिकहरुको उद्धार र पुर्नस्थापनाको आवाज उठाउदै आएको अनुभव छ । आफु कान्छो छोरा भएपनि पारिविारिक अवस्थाका कारण ७ वर्षकै उमेरमा बालश्रमिकरुपमा साहुकोमा जुठो भाडा माझन आउनुपरेको र धेरैपटक साहुको गालि र पिटाई खानुपरेको तितो अनुभव उनिसगँ छ । उनको सानैदेखि पढ्ने ईच्छा लाजिम्पाट निवासी अर्जुन अधिकारीले पुरा गरिदिएका छन । हाल उनकै घरमा बस्दै आएका राजारामलाई उनको कलिलो उमेर र उनको दयनीय अवस्था देखेर घरमा ल्याएका हुन । उनले अहिले पहिलेको जस्तो गाह्रो काम गर्नुपर्दैन बरु उनले त्यहाँ बसेर आफ्नो सुन्दर भविष्यको नक्सा कोरिरहेका छन । अहिले बसेको साहुको लाजिम्पाटमा एउटा अर्पाटमेन्ट छ , उनले त्यहाँ बस्ने गेष्टहरुका लागि खाना पकाउनुपर्छ । उनि अहिले जापानिज , चाईनिजि , ईन्डियन र नेपालि खानाका परिकार पकाउन सक्छन । विस. २०६८मा उनी पढ्ने विद्यालयमा रुओन नेपाल संस्थाले बालक्लबको स्थापना गरिदिएपछि उनी त्यस क्लबका अध्यक्ष भए । यो नै उनको लागि कोशेढुङ्गा सावित भयो । उनि अध्यक्ष भएपछि उनले आफ्नै पहलमा आफु काम गर्ने अपार्टमेन्टका गेष्टहरुबाट प्राप्त टिप्स र गेष्टहरुका लागि अर्पाटमेन्टमै राखिदिएको खुत्रुकेबाट संकलित रकमबाट आफु पढ्ने विद्यालयको कक्षा १ देखि १० सम्मका ३८ जना विद्यार्थीहरुका लागि झोला सहित वर्षैभरी पुग्ने कापी , कलम लगायत शैक्षिक साम्रगी उपलब्ध गराउदै आएका छन । त्यस्तै , उनले छात्रामैत्री शौचालयका लागि महिनावारी हुदाँसमेत छात्राहरु विद्यालय आउन भन्ने उद्देश्यले १ रुपैया चन्दा संकलन खुत्रुके कार्यक्रम सञ्चालन गरेका छन । हाल यो कार्यक्रम अन्य विद्यालयहरुले समेत सिकाईका रुपमा आफ्नो विद्यालयमा सञ्चालन गरिरहेका छन । त्यस्तै विनाशकारी भुकम्पपश्चात उनले उनी काम गर्ने अर्पाटमेन्टको गेष्टहरुको सहयोगमा ९ जिल्लामा राहत तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सञ्चालन गरे । त्यति मात्र नभई उनी भुकम्पलगत्तै मैदान फुटसलको उद्धार टोलीमा आवद्ध भई १४ दिनसम्म काम गरे र काठमाडौ साखँुमा १९ घरपरिवारका लागि टहरा बनाउने काममा समेत आफु रहेको अपार्टमेन्टबाट दाता खोज्ने देखि कामलाई सु—सम्पन्न तुल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरे ।
उनी २०७२ सालमा जिल्ला बालक्लब सञ्जालको अध्यक्ष भए , त्यसपश्चात उनले बालसहभागिताको अधिकार प्रर्बद्धन गर्ने हेतुले विभिन्न समयमा विविध प्रतियोगिता र कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन । त्यती मात्र नभई जिल्ला भित्र भएका बालअधिकार हनन र दुव्र्यहारका घटनामा उनी पुगिहाल्छन र न्यायका लागि आवाज उठाईहाल्छन ।
उनी हाल देशभरका ५१ जिल्लाका बालक्लब पुर्वसदस्यहरुद्धारा सञ्चालित ‘बालअधिकारका लागि राष्ट्रिय अभियान’ को काठमाडौ संयोजक समेत छन । उनी अभियानसगँ जोडीनुको एउटै मात्रै उद्देश्य काठमाडौँ जिल्लालाई बालश्रममुक्त शहर बनाउनु हो । उनी आफुजस्तै अरुलाई बालश्रमिकका रुपमा हेर्नै सक्दैनन किनकी हामिले देखेका छौ तर उनले भोगेका छन । उनले अभियानसगँ साझेदारी गर्दै ६ महिनाभित्र काठमाडौँभित्रका यातायातमा रहेका करिब ५०० बालबालिकाहरुलाई उद्धार र पुर्नस्थापना गर्ने सोचाई सहितको अभियानमा छन । त्यसकका लागि आवश्यक गृहकार्य र अभियानकै मेरुदण्डको रुपमा उनी अग्रपङतीमा छन भन्दा फरक नर्पला ।
उनले अहिले यो अवस्थामा त यत्तिको काम गरेर देखाउन सक्छन र उनीसगँ यत्तिको लगाव र ईच्छाशक्ति छ भने यदी उनले उचित अवसर पाउने हो भने पक्कै भोलिका दिनमा उनको कामको गति झनै तेज हुनेछ र उनले समाजको लागि झनै रचनात्मक ढ्ङगले काम गर्नेछन । आफ्नो उद्देश्यहरु ,मिशनहरु सुनाईरहदा उनको आखाँमा आक्रोश र काम प्रतिको जिम्मेवारीबोध प्रष्ट देखिन्छ ।
अन्त्यमा, एउटा १७ वर्षका किशोर यत्तिको सोच र कर्म बोकेर हिडिरहेको छ भने हामिले उसलाई बाटो अवश्य प्रदान गर्नुपर्छ । राजाराम जस्ता किशोर हाम्रो समाजमा बिरलै भेटिन्छन । यदी हामिले उनको कामहरुलाई प्रोत्साहन र उनले गर्न आट गरेका कामहरुमा सहायता र सहि मार्ग्निर्देशन गर्ने हो भने पक्कै पनि हाम्रो समाजले खोजेको जस्तै विकाशप्रेमी युवा उत्पादन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

तानातानमा धुर्मुस–सुन्तली, कसरी जुटाउँदैछन् पाँच अर्ब ?

काठमाडौं । नमुना नेपाल, ‘नेपाल भित्रको नेपाल’ निर्माणका लागि यतिबेला हास्य कलाकार सीताराम कट्टेल धुर्मुस ...

Leave a Reply

Your email address will not be published.