Home / अभिलेखालय / विनाशकारी बाढी र आम सञ्चार

विनाशकारी बाढी र आम सञ्चार

मोहन कार्की
साउन २९ गतेको भीषण बाढीले सयौंको संख्यामा मानिसहरुको मृत्यु भइसकेको छ । हजारौंहजार विस्थापित भएका छन्, लाखौं, करोडौं धनसम्पत्ति नोक्सान भएको छ । उद्योग, कलकारखाना डुबानमा छन्, स्कुल, कलेज बन्द छन्, विद्युत, खानेपानी, हस्पिटललगायत सञ्चालन हुन सकेका छैनन् । साउन २९ गतेदेखि भदौ ४ गतेसम्म निरन्तर सञ्चारमाध्यममा प्रशारण, प्रकाशन भइरहेका समाचार हुन यी । यो समाचार प्रशारण भइरहेको समयमा काठमाडौंमा सस्तो लोकप्रियता चाहनेहरुको भीड पनि देखिँदै थियो । बाढीपीडितलाई सहयोग भन्दै, एक मिडिया प्रा.लि.ले आफैले पनि पैसा राखेर खाता खोल्दै सहयोगीहरुको टेलिभिजन, एफएम, पत्रिकामा नाम प्रकाशन गर्ने घोषणा ग¥यो, यता काठमाडौंमा बसेर राष्ट्रवादका नारा लगाउने, सन्धी र सम्झौताका विरुद्धमा ठूलाठूला भाषण गर्ने खोक्रा राष्ट्रवादीहरु कुन चाहिँ दुतावासहरुलाई रिझाउन व्यस्त थिए कतै देखिएन ।
सधैं वर्षा लाग्दा मात्रै तराइको डुबान समस्या देख्ने र मानिस डुबेर मरिसकेपछि बगाई सकेपछि विभिन्नखालका शासकहरु सिंहदरबारभित्र बस्ने मूसाजस्ता मान्छेहरु दक्षिण तिरको ढाडे विरोलसँग डराएजसरी चुँ–चुँ गरेर बसेको बेला आम सञ्चारको भूमिका त्यतिबेला हुनुपर्छ जव राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय आउँछ । त्यहाँ सरकारमा बसेकाले गल्ती गर्दैछन्, गल्ती गरेका छन् । त्यो कुरा आमसञ्चारको माध्यमबाट आम जनतालाई सुसूचित गराउनु सञ्चार माध्यमको पहिलो प्राथमिकता हुनुपथ्र्यो, हुनुपर्छ । तर प्रजातन्त्र स्थापना भएको ६८ वर्ष बहुदलीय व्यवस्था स्थापना भएको २७ वर्ष गणतन्त्र स्थापना भएको ११ वर्षसम्म आइपुग्दा वास्तविक पत्रकारिता अर्थात् स्वतन्त्र आम सञ्चारको क्षेत्रमा काम गर्ने स्वतन्त्र आम सञ्चारकर्मीहरु नभएर पार्टीका झण्डा बोक्ने पार्टीको निर्देशन, सिद्धान्त मानेर पार्टीको लाइन अनुसार मात्रै लेखक, समाचारदाता, सम्पादक हुने र सबैले सत्य, तथ्यमा आधारित समाचार प्रकाशन नगर्दा २०११ सालदेखि निरन्तर रुपमा नेपालको भूमि डुबाउने सन्धी सम्झौता हुँदासमेत आम सञ्चारले जनतालाई सुसूचित गरेनन् । त्यसपछि एकपछि अर्को २०१६ मा गण्डक सम्झौता हुँदै ठूला सम्झौता र भारतीय पक्षबाट सम्झौता नभएका क्षेत्रहरुमा पनि निरन्तर सडक बनाउने नाउमा १२ देखि २५ मिटरसमम अग्लो नदी किनारमा बाँध बाँध्दै नेपालबाट बगेका नदीलाई नेपालमा नै नियन्त्रण गर्ने र सुख्खा मौसमलाई भारतले सिचाई सुविधाका लागि काम गर्दै आएको छ ।
यसले नेपाललाई नोक्सान पु¥याउँदैछ । हाम्रा सरकारका नेतृत्वकर्ताहरु गल्ती गर्दैछन् भन्ने जानकारी निरन्तर राष्ट्रियस्तरका आम सञ्चारले सुसूचित गराउने भूमिका खेल्नुपथ्र्यो तर विडम्बना जनताको पैसाबाट ठुला भएका मिडिया सेन्टरहरु सत्य कुरा उजागार गर्नुको सट्टा भारतीय स्वतन्त्र दिवशको अवसरमा (पूरापृष्ठ) विज्ञापनको लालचमा आफ्नै जन्मभूमिको कर्तव्य भुलेर काम गर्दै आएका थिए, छन । जसको कारणले गर्दा २०६४ साल भाद्र ५ गते र २०७४ साउन २९ गते नेपाल–भारत कोशी र गण्डक, महाकाली सम्झौता पछि बनेको बाँधका कारण नेपालीले अनाहकमा मृत्यु, धनजनको क्षति, अन्तर्राष्ट्रियस्तरमा उपनिवेशिक राष्ट्रले समेत नपाउने खालको दुःख, पिडा हेपाहा स्वतन्त्र राष्ट्र नेपालका नेपाली जनताले सहनु परेको छ । यहाँका शासक, प्रजातन्त्रका हिमायती प्रशासन, आम सञ्चार, देशको प्रति रक्षा प्रणाली, परराष्ट्र नीति सबै क्षेत्रमा असफलता भएको मान्नुपर्दछ ।
जबसम्म कुनै पनि देशको विकास त्यतिबेलासम्म हुँदैन जवसम्म देशभक्तिपूर्ण भावनाले ओतप्रोत नेतृत्व सरकारमा पुग्दैन । त्यस्तै नेपालमा अहिलेसम्म कुनै पनि देशभक्त नेतृत्व सरकारमा पुगेको छैन धेरैजति राणा शाषनकालमा बनारस पढ्न गएका पूरातनवादी चिन्तन र खाली विद्रोह गर्नुपर्छ त्यो पनि भारतले अ¥हाए पछि मात्रै भारतले विद्रोह रोक्न दिल्लीमा बोलाउँछ त्यही सम्झौता गर्नुपर्छ भन्ने चिन्तन र भारतीय योजनामा सधैं अस्थिरता र अस्तव्यस्तता नेपाल बनाएर जनतालाई बेवकुफ बनाउने नेता भनाउँदा बाहेक कुनै देशभक्त युवा सरकारमा अहिलेसम्म पुग्न दिएको छैन । त्यसैको दीर्घकालीन असर एकपछि अर्को गर्दै अलिकति बढी पानी पर्नासाथ नेपाल देशको तराई भूमि ठुलो समुन्द्र जस्तो बन्छ हजारौं हजार विस्थापित हुन्छन् । एक दुईजना र आम सञ्चार क्षेत्रका राष्ट्रिय मिडिया भनिएका मिडियाले भारतीय स्वतन्त्र दिवसको विज्ञापन गुम्ने हो कि भन्दै डराएर सानो समाचार नेपाल भारत कोशी गण्डक, महाकाली सम्झौताको बनाउँछन् । यस्तो खालको आम सञ्चार प्रति विश्वास गरेर नेपाल राष्ट्रको अस्तित्व बच्छ कि बच्दैन । आम नागरिकहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
अर्कोतर्फ राष्ट्रवादको नारा लगाउगनेहरु छिद्र छिद्र भएर कुनामा बसेर वा दुई चारजना भेला भएर कटाउनुको सट्टा देशभक्त राष्ट्रवादी एकताबद्ध भई राष्ट्रिय देशभक्त शक्तिको रुपमा अगाडी आउन जरुरी छ राष्ट्रिय शक्तिको रुपमा देशको र जनताको लागि काम गर्दै जान लागेपछि नत कुनै दुतावासको हडडी पाइन्छ कि भनेर कुद्नुपर्छ न त कसैको चाकडी नै । त्यतिबेला जसरी नालापानी, कालापानीमा नेपाली सन्तानले भिडेका थिए विजय हासिल गरेका थिए त्यतिबेलाको समय त्यस्तै थियो आजको समय अनुसार प्रविधि, ज्ञान, सीप र नेपालीहरुमा रहेको देशप्रतिको आगाध माया राष्ट्रिय एकता यो हाम्रो सबल पक्ष हो, यो सबल पक्षलाई इतिहास जोड्दै राष्ट्रिय स्वतन्त्रताको लागि र भारतीय विस्तारवादको विरुद्ध बाँध फोड्न एकजुट भई लाग्नुपर्ने आजको टड्कारो आवश्यकता देखिन्छ ।
त्यसका लागि आम सञ्चारले महत्वपूर्ण भूमिका निर्वाह गरी सबैलाई गोलबद्ध गर्नु आजको आवश्यकता हो । त्यो आवश्यकतालाई पूरा गर्दै स्वतन्त्र नेपाल भयरहीत नेपाल, बाढीमुक्त नेपाल, पहिरोमुक्त नेपाल, सबै नेपालीलाई स्वतन्त्रपूर्वक सुविधा सम्पन्न समताको आधारमा बाँच्न सक्ने स्वाभिमानी नेपाली बनाउन आजैबाट हामीले हाम्रा पुस्तालाई सिकाउन थाल्यौं र आउँदो नयाँ पुस्ताले समेत सकारात्मक सोच, देशको इतिहासको खोजी, राष्ट्रको रक्षा, सुरक्षा साथै अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रहीत गर्न सकुन् यस खालको योजना हामी नेपालीलाई यो भन्दा अगाडीका पुस्ताहरुले कहिल्यै सिकाएनन् । सिकाएका रहेनछन् । हामीलाई त यो पार्टी त्यो पार्टी मुर्दावाद, जिन्दावाद, यो फलानो यस्तो, त्यो चिलानो यस्तो यसको पार्टीमा गयो भने यति पैसा दिन्छ । त्यसको पार्टीमा गयो भने मन्त्री दिन्छ देशको अस्तित्व माथि षड्यन्त्र गर्न पैसाको बोरा आउँछ । पैसामा राष्ट्रियता बेच्नेले जन्म दिने आमाको दूधको धाराको के ख्याल गर्ला यस्तै मात्र भएको छ । त्यसैको दुष्परिणाम हो २९ गतेको नेपालको समथर भूभागमा आएको बाढी समस्या ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

सात वर्षमा दुलही, १२ वर्षमा आमा

छोरीको मगनी हुँदा खसी, कुखुरा काट्ने, रक्सी खाने चलन छ । त्यसैको लोभले पनि आमाबाबुले ...

Leave a Reply

Your email address will not be published.