Home / विचार / विश्‍लेषण / शिक्षामा सबैको समान अधिकार छ ?

शिक्षामा सबैको समान अधिकार छ ?

सुर्य घिमिरे

केही भन्न मन छैन, तैपनी म केही भन्दछु केही मानिस जो चलाख र विद्वान सोच्दछ र उनीहरु आफूलाई परिवर्तनकारी  ठान्दछन्  यो समाज र समुदायको । तर उनीहरुलाई केही पनि थाहा छैन समाजको वारेमा गहिरो ज्ञान उनीहरुले कहिले पनि नत संगठनको अध्ययन गरेका छन् नत सरकार कै । तैपनि उनीहरु आफूलाई विज्ञ र विद्वान ठान्दछन् गउँघरमा, कस्तो आश्र्य ! मैले मेरो शिक्षा प्रणालीका वारेमा यो लेखमा व्याख्या र विश्लेषण गर्न खोजेको छु । आज म शिक्षा क्षेत्रमा समुदायको स्रोत (नीजि) बाट शिक्षक भएको २४ वर्ष पुगेछ । शुरुमा निमाविको कक्षा ६ शुर हुदाँ आदरणीय समाजसेवी तथा असल अभिभावक तत्कालीन (२०४८ सालको) गा.वि.स. का  अध्यक्ष विनोदध्वज चन्दका प्रेरणाबाट म शिक्षण पेशामा आवद्ध भई अहिले त्यही पेशामा मा.वि. राजापुर मा छु र ४३ वर्ष पार गर्दा पनि केही परिवर्तन भएको छैन शिक्षा प्रणालीमा । जब म ने. रा. नि. मा. वि. टेडिया राजापुरमा पढाई रहेको थिए त्यस समय परीक्षा प्रणाली जिल्ला स्तर कक्षा पाँचको हुन्थ्यो ।आधारभुत प्राथमिक शिक्षा विकास परियोजना लागु पछि ५ कक्षाको जिल्ला स्तरीय परीक्षा भङग भयो किन ? किनकी त्यो परिक्षाले विदेशी दाताहरुको लक्ष्यलाई ‘मिट’ गर्न सकेन । जुन मानाङक÷प्रविधि तथा उदेश्य अनुरुप परिक्षा सञ्चालन गरि रिजल्ट आउँदा प्राथमिक तहको रिजल्ट गोलमाल हुन्थ्यो । जिल्ला स्तरीय परीक्षामा अधिकांश विद्यालयहरुले चिट गराए आफ्नो नाक ठाडो बनाउने काम गर्दछ यो अहिले ४०% भन्दा बढी १२ को परिक्षासम्म यही कुसंस्कार बसेको छ । अब स्वतः पास प्रणालीको विकास हुन गयो । यसरी राज्यले आफ्नो उद्देश्य पुरा गराउन विदेशीलाई खुशि बनाउन र वैदैशीक अनुदान भित्र्याउन भनेको सर्तहरु र कुकर्म गरि शिक्ष लाई व्यक्ति पाल्ने, नपाल्ने र शिक्षाविदलाई भत्ता खुवाउने, सचिवलाई जँुगामा ताऊ लगाउन मन्त्रीहरुलाई आफ्नो मान्छे विदेश पठाउन छात्रवृत्ति वाहेक अरु केहि काम सात सालदेखि यता देखिदैन । २०४६ साालको जनआन्दोलन पछि पुन त्यहि ढाचाँमा शिक्षा बढेको छ, खाली अन्तरास्ट्रिय जगतको नक्कललाई यहाँ देशको माटो सुहाउदो शिक्षा नयाँ शिक्षा भन्दै अर्वाै रकम स्वाहा भएको छ । अधिकांश देशहरुमा शिक्षा पहिलो प्राथमिकतामा पर्दछ र राज्यलेनै सम्पुर्ण लगानी रेखदेख व्यवस्था गरेको हुन्छ तर हाम्रो देशमा नीजिकरणका अर्थव्यवस्था भन्दै सरकारी विद्यालयलाई वन्द गराउने गुणस्तर घटाउदै लैजानलाई धमाधम बोर्डिङ्ग स्कुलहरु खोल्न अनुमति दिइन्छ । त्यसको मार अभिभावकलाई पर्न गएको छ । ‘नखाऊ भने दिन भरेको सिकार खाऊ भने कान्छो वाबुको अनुहार’ भने भैm वाध्य भए निजी विद्यालयको दैलो टेक्न वाध्य छन् अभिभावकहरु । अर्कोतर्फ समय अनुकुल शिक्षालाई सृदृढ गर्ने भन्दै धमाधम शिक्षा ऐन संशोधन हुन्छ तर ऐनमा बडा राम्रा–राम्रा परिकल्पना र बुँदा राखिन्छ नियमहरु लेखिन्छ अधिकार दिईन्छ वर्गीकरण गरिन्छ । समुदायीक विद्यालय भन्ने तर अधिकारमा नाथ लगाउने । समुदाय भनेको आफ्नो भाषा, शैली तरिका, सस्कृति विचार भएको हुृन्छ तर पुर्णरुपले काम गर्न पाउदैन । समाजवादको सिद्धान्त अप्नाएपछि संस्था समाजको हो भनेपछि त्यो समाजको सदस्यहरुलाई किन पुर्ण अधिकार छैन कि उस्ले कुनै शिक्षक व्यवस्था गर्न सकोस् । आफ्ना बच्चालाई सोफा राखेर पढाउन सकोस् । त्यस्तै शिक्षकहरुलाई कामको प्रगतिका आधारमा तलव सुविधा अनुसार तलब दिनलाई सकोस् । समाजवादले के भन्दछ भने–राज्यले सम्पुर्ण लगानी गर्नुपर्छ त्यस्तै सबै व्यक्तिलाई उस्को गाँस, वास, कापास र रोजगारीको पुर्ण व्यवस्था गर्नुपर्छ । तर के यो छ त व्यवहारमा ? अहिले सरकाले अस्थायी शिक्षकहरुलाई जागीरबाट निकाल्ने प्रयास गरिरहेको छ । जस्ले २० औ वर्ष शिक्षा क्षेत्रमा आफ्नो खुन–पसीना बगाएको छ । म मेरो आदरणीय गुरु सुधिरकुमार शर्मालाई जहाँ ६० बर्ष निजि स्रोतको शिक्षक भएर सेवा गर्नु भो निस्किने बेला रित्तो हात लिएर विद्यालयबाट निस्कनु प¥यो यसमा न राज्यले हे¥यो न विद्यालयले । जसले शिक्षाको विकास, समाजको उन्नती, अन्धविश्वास, कूरिती, संरकार नयाँ विज्ञानको प्रविधि दिलाउन अहम भुमिका खेलेको छ । त्यसैलाई यो वा त्यो वाहानामा पाएको रोजगार खोज्ने अभियानमा छ भने कसरी शिक्षा समुदायको हो । किनकि त्यो शिक्षक पनि त समुदायकै सदस्य हो । किन  वैरभाव ? भन्नैपर्ने कुरा गाहा्रे मन गरेर जस्ले २००७ सालमा राणाशासन पाल्न योगदान ग¥यो उस्लाई प्रहारी बनाइन्थ्यो । जस्ले ०६२÷०६३ मा राणा पाल्न बन्दुक बोक्यो । उस्लाई क्रान्तिकारी योद्धा भन्दै राज्यले सेनामा समायोजन ग¥यो किन ? किनकि देशलाई परिवर्तन गर्न उस्को योगदानको कदर गरेको भनेर । तर जस्ले २० औ वर्षमा शैक्षिक समाजिक तथा ग्रामिण क्षेत्रको विकासका लागि चेतना फैलायो उ चाहि अहिले अयोग्य भयो । यहि अयोग्यको दिक्षाबाट आज देशको जनप्रतिनिधि भई सरकार सम्हाल्न सफल भएका छन्। चाहे त्यो केन्द्रको चाहे त्यो स्थानिय तहको राजनितिक ठालु बनेका छन् । अझै भनौँ लोकतन्त्रको सिद्धान्त पनि बोकेका छन् त्यहि जमातले शिक्षकलाई त जाँ तेरो काम कुरा छैन। के यहि हो त लोकतन्त्र ? यसरी गलत्याउन खोज्नु कहाँको न्याय सङगत हो ? अझै आफैले नयाँ नेपालको सविधानमा सबैलाई रोजगारको ग्यारेन्टी गरिने छ भनेर ७२ मा लेख्ने, अनि शिक्षकहरुको पाएको जागिर खोसि दिने वा मेरो देशको गणतन्त्र । त्यसैले नपालको शिक्षा र शाषन प्रणाली हुकुमि राणाशैली र फाँसिवादमा चलेको छ भन्दा अत्युक्ति नहोला । फरक यति मात्र हो पहिले मुखले बोल्थे अहिले लेखेर बोल्छन् । अर्को तर्फ जो स्थायी छ उ आफुलाई विजयता ठान्छ । अस्थायीको वा अन्य स्रोतका शिक्षकहरु राजनितिक भर्तीकेन्द्रबाट आएको भन्ने सोच्छ । ऊ आफुलाई प्रकाण्ड, पण्डित, विधुतमा, विदुर, राज्यको सिंदुर लगाएको भन्दछ । ‘त्यसैले अस्थायीलाई फ्याँक र ताजा भर ।’ के उस्लाई हेक्का छ ? कि यहि अस्थायी र निजि स्रोत जतिका गुरुहरुले पढाएर उस्लाई आज पेशामा स्थायी बनाएको हो तर जिवन त थायी होन नी। यो प्रकृत्ति र सोच छ । एक अर्काको आत्मीय सहयोग नभएपछि शिक्षा र शिक्षकको व्यवस्थापनमा राज्य, समाज, अभिभावक र शिक्षक सबै असफल भएका छौँ । गुणस्तर शिक्षाको नाउँमा हाम्रो करको अवमुल्यन भएको छ । यदि साचिकै शिक्षा सुधार गर्ने हो भनि सबैलाई रोजगार भन्ने सविधानले परिकल्पना गरेको तथा संरक्षण पनि पुरा हुने हुन्छ। आज विश्वको अन्य देशहरुले चन्द्रमामा घर बनाउन थालीसके तर हामिले भुकम्प पिडित र वाढि पैरो पिडितको घर बनाउन सकेका छैनौ बनाएका छौं त खाली अफ्नो घर ! बनाएका छौ त भ्रष्टाचारको घर बनाएको छौ त माफियातन्त्रको घर बनाएका छौ त पुजीँवादको को घर ! यसरी ७० बर्षको शौक्षिक इतिहासमा नेपालको शिक्षाले के गरीबि र बिषमता घटाएको छ ? गरीब झन गरीब र धनि झन धनि र सामन्ति हुदै गइरहेको छ, सबै क्षेत्रमा । के अखण्डता जोगाउँन सकेको छ के चिन, जापान, हङकङजस्तै मलेसिया झै राष्ट्रको निर्माण गर्न सकेको छ ? छैन त्यसैले शिक्षाको विकासमा अब नयाँ तरीकाले सोच्ने वेला आइसकेको छ । अव शिक्षा सवैको लागि बनाउन शिक्षा समाजलाई पूर्णरुपले हस्तान्तरण गर्न आवश्यक छ । अनिमात्र सवैको समस्या समाधान हुन्छ । शिक्षामा नयाँ प्रविधि र धारको प्रवेश हुन्छ । वल्ल नानीहरु सोफामा बसेर सिक्न पाउनेछन् । शिक्षकहरु पनि एकिकृत हुनेछन । शिक्षाको नामबाट हुने राजनीतिकको अन्त्य हुनेछ ।

राजापुर, बर्दिया, (लेखकः बर्दिया राजापुरका टिचर हुनुहुन्छ)

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

वर्तमानसम्म नेपाली महिला र शिक्षा

कृष्ण राना परापूर्व कालमा अनौपचारिक शिक्षाको जगजगी थियो । विश्वका धेरै मुलुकहरुमा औपचारिक शिक्षाको आरम्भ हुँदा ...

Leave a Reply

Your email address will not be published.