Home / स्वास्थ्य / गोकुलगंगामा नेपालकै पहिलो आपत्कालिन कार्य संचालन केन्द्र

गोकुलगंगामा नेपालकै पहिलो आपत्कालिन कार्य संचालन केन्द्र

रामेछापको गोकुलगंगा गाउँपालिकामा विपत्लाई व्यवस्थापन गर्नको लागि आपतकालिन सेवा केन्द्र संचालनमा आएको छ ।
इस्लामिक रिलिफको सहयोगमा सिडिएसद्धारा संचालित समुदाय र विद्यालयमा आधारित विपद् उत्थानशिलता अभिवृद्धि परियोजनाको सहयोगमा उक्त केन्द्र संचालनमा आएको हो ।
केन्द्रको उद्घाटन गर्दै गोकुलगंगाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आपत्कालिन सेवा केन्द्र जिल्ला तहमा भएपनि स्थानीय तहमा भने हाल सम्म पनि नभएकाले गोकुलगंगा गाउँपालिका नै पहिलो भएको दावी गर्नुभयो ।
उहाँले जनताको जिउँधनको सुरक्षा गर्न सिडिएस् संस्थाले महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै सेवा केन्द्रको दिगोपनाको लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष समेत स्थापना गरिसकेकाले सेवा प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नभयो ।
यसैगरी इस्लामिक रिलिफका विपद् व्यवस्थापन विज्ञ अमर पंगेनीले राष्ट्रियस्तरमा गृह मन्त्रालयमा र जिल्लास्तरमा ४२ वटा मध्ये रामेछापमा पनि केन्द्र रहेको जानकारी गराउँदै स्थानीयस्तरमा भने गोकुलगंगा गाउँपालिका नै पहिलो भएकोमा बधाई व्यक्त गर्नुभयो ।
उक्त समितिलाई परियोजनाका व्यवस्थापक विवेक भट्टराईले क्याराविना, चेस्टहार्नेस, फिगर अफ एड, स्टेचर, ह्याण्ड माइक, बुट, सेफ्टी हेल्मेट लागयतका खोज तथा उद्धारका सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
अब गाउँपालिकामा विपद् पर्दा प्रभावितहरुले सेवा केन्द्र मार्फत खोज तथा उद्धार, प्राथमिक उपचार, पुर्व सूचना प्रणाली लागयतका सेवा प्राप्त गर्नेछन् ।
परियोजनाले उक्त सेवा प्रदान गर्न खोज तथा उद्धार, प्राथमिक उपचार, पुर्व सूचना प्रणाली गरी ३ वटा कार्यदल समेत निर्माण गरेको छ । उक्त कार्यदलमा ४७ जना खोज तथा उद्धार, प्राथमिक उपचार कार्यदलमा ४९ जना र पुर्व सचेतना २५ जना तालिम प्राप्त मानवीय श्रोत रहेको छ ।
सेवा केन्द्र स्थानीय विपद् तथा जलवायु उत्थानशिल समिति गोकुलगंगाको मातहतमा संचालन हुनेछ । समिले आपत्कालिन सेवा केन्द्रलाई थप व्यवस्थित गर्न आपत्कालिन कार्य संचालन कार्यविधिको ड्राफ्ट समेत बनिसकेको समितिको भनाइ रहेको हामा्र जिल्ला संवाददाताले जानकारी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

देशभरका अस्पतालमा आकस्मिक बाहेकका बन्द ।

  १७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ...

Leave a Reply

Your email address will not be published.