Home / मनोरञ्जन / कालापानिमा निर्देशकले छल गरे

कालापानिमा निर्देशकले छल गरे

नायक बिरु नेपाल
दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नंं ६ मा पिता खिमलाल नेपाल र माता हिरादेवी नेपालका छोरा विरु नेपाल नेपाली रजतपटका एक चम्किला नक्षेत्र बनेर इण्डष्ट्रिजमा प्रस्तुत भइसकेका छन् । चलचित्रमा विशेष गरेर एक्शन भूमिका मन पराउने विरु राम्रो फाइट र कुशल नृत्य गर्न सक्छन् भने अभिनयमा पनि त्यतिनै पोख्त छन् । यो क्षेत्र कुनै रङरलिया मनाउने जात्रज्ञा र मेला हैन, आफू मरेर गए पनि सधैं अमर रही रहने इतिहासको क्षेत्र हो भन्ने विरुको पहिलो पाइला पनि इतिहास बाटै शुरु भएको थियो र मिराज फिल्मसको ब्यानरमा उद्धव अभिजितको निर्देशनमा बनेको चलचित्र इतिहासले राम्रै बजार पाए पछि विरु थप हौसिएर यो क्षेत्रमा सकृय भएका थिए ।
हुनत उनी स्कुलदेखि नै नाँच्ने गाउने गर्थे उनले जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी बन्दै आएका थिए र सानैदेखि चलचित्रको हिरो बन्छु भन्ने अठोट बोकेका विरु नेपाल सफल गीतकार पनि हुन् र उनको शब्दमा करिव आधा दर्जन गीत रेकर्ड समेत भइसकेको छन् र हाइट, फाइट शरीर बनावट केश, फेस सबैले साथ दिएको छ उनलाई र उनी चलचित्रमा काम गर्दा राम्रो स्किृप्ट, ब्यानर र निर्देशक हेरेर मात्र काम गर्ने गर्छन् ।
नेपाली भूमिमाथि भारतीय अतिक्रमण र सिमा विवाद माथिको राष्ट्रिय सवाल बोकेको सुपर हिट चलचित्र कालापानीका मुख्य नायक विरु नेपाल आफू त्यतिबेला नयाँ नयाँ भएको कारणले गर्दा निखिल उप्रेती र दिलिप रायमाझीलाई मात्र प्राथमिकता दिएर निर्देशकले आफू माथि अन्याय र छल गरेको आक्रोश व्यक्त गर्छन् विरु र निर्देशक उद्धव अभिजितले म माथि यति सम्म गद्धारी गरेकी चलचित्र हलमा चल्ने बेलामा प्रोमा समेत मेरो दृष्य राख्न कञ्जुस गरे र फिल्मको पोष्टरमा मेरो फोटो पासपोर्ट साइज बनेर आयो । स्टिरकमा समेत म अट्न सकिन के यो ममाथि अन्याय भएको हैन ? कालापानीमा मलाई राम्रोसँग प्रमोशन गरिएको भए सायद आज म यो स्थानमा हुने थिएन होला र सामाजिक विषयवस्तु बोकेको चलचित्रमा अभियन गर्न रुचाउने विरु चलचित्रले समाजको उत्थान गरेको मन पराउँछन् । छिटै यस्तै विषय वस्तु बोकेको चलचित्र “चलखेल” को लागि आफू अनुबन्धित भैसकेको कुरा विरु नेपाल बताउँछन् । हरि उदासीको लेखन र निर्देशनमा बन्ने यो चलचित्र विरुलाई असाध्यै मन परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

निर शाहले जिस्काए–रुपा थापा २०२२ साल असोज ३ गते काभ्र्रेको पनौतीमा जन्मिएकी रुपा थापा पेसाले ...

Leave a Reply

Your email address will not be published.