Home / अन्तर्वार्ता / जन्मघर फर्कदा देखेका अभाव र पीडाले समाजसेवी बनाया ेभरत मल्ल

जन्मघर फर्कदा देखेका अभाव र पीडाले समाजसेवी बनाया ेभरत मल्ल

 

पूर्व सहायक रथी, समाजसेवी, साहित्यकार
२०१८ असोज २६ गते गुल्मी जिल्लाको घुरकोर्ट नयाँ गाउँमा जन्मनुभएका भरत मल्ल सानै उमेदरदेखि खेलकुदमा रुची राख्थे रे । उहाँका हजुरबुवा, बुवा तिनपुस्तादेखि नै नेपाली सेनामा जागिर खानु मल्ल परिवारको प्रतिष्ठाको विषय बन्थ्यो रे त्यसैको प्रभाव भरत मल्लमा नपर्ने कुरै थिएन भरत मल्ल जति खेलकुदमा अब्बल थिए । त्यसैगरी पढाइमा पनि त्यत्तिकै मेहनत र लगनशील भएर अगाडि बढ्दै २०३४ सालमा महेन्द्र हाइस्कुल तम्घासबाट एसएलसी पास गर्नुभयो र काठमाडौंमा आई मिनभवन क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयबाट डिप्लोमा (स्नातक तह) पास गर्नुभएको हो ।
गुल्मीमा जन्मनुभएका भरत मल्लले २०३७ सालमा नेपाली सेनामा सहायक सेनानीको खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेर हजुरबादेखि देशको सेवा गर्ने परम्परा छान्नुभएको हो । त्यतिमात्र नभएर अशल व्यवहार, कडा मेहनत, साथै सैनिक संगठनले दिएका महत्वपूर्ण जिम्मेवारीहरु उत्कृष्ठ ढंगबाट पूरा गरी जिम्मेवारी थप्दै पदउन्नति हुँदै नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जर्नेल) सम्मको जिम्मेवारी कुशलतापूर्वक सँगालेर रिटायर्ड हुनुभएको हो । तिनै अनुभवी जर्नेलसँग रिटायर्ड पछिको जीवन कसरी चलिरहेको छ भन्ने विषयमा यस पटक हामीले पूर्व सहायक रथीसँग कुराकानी गरेका छौं ।
० तपाई राष्ट्रको महत्वपूर्ण अंगको जर्नेल पदमा रहनु भएको थियो । रिटायर्डपछि के गर्दै हुनुहुन्छ ?
उत्तरः अवकाश पछि म सामाजिक कामहरु गरिराखेको छु । विशेष गरेर नयाँ गाउँमा एउटा पुस्तकालय स्थापना गरेको छु । कृतिहरु प्रकाशनको काममा लागेको छु । मैले अवकाश पछि प्रकाशन गरेका कतिपय लेख, रचनाहरु सैनिकभित्र हुँदै मेरो नेतृत्वमा जोमसोममा खड्ग दल गुल्म बस्थ्यो । त्यहाँ देखेको सुन्दर प्राकृतिक बनावट भूगोल र देशका विभिन्न क्षेत्रमा पुग्दा लागेका तर्कनाहरुलाई डायरीमा टिपोर्ट गर्ने गरेको थिएँ । त्यसको अलावा त्यतिनै बेला कल्पना गरेर गीतहरु गुनगुनाउने गर्थे । स्वभावले म सानैदेखि खेलकुद क्षेत्र मन पराउँथे तर मानिसको जिन्दगीको भोगाइमा प्राकृतिकसँग नजिक रहेर हृदयभित्रबाट प्रतिबिम्बित भएका भावनाहरु प्रष्फुटित हुँदा समाजमा भए गरेका विषय नै कसैले भोगिरहेका देखिरहेका पर्दोरहेछन् र सबैले त्यस प्रष्फुटित भावनालाई जोसमा जाँगर थपेर समाजले नै स्थापित गराउँदो रहेछ । मलाई पनि तिनै मेरो सृजनाहरुलाई समाजले जोसमा जाँगर थपिदिएर रचनाकार लेखको रुपमा उभ्याइदिएको छ ।
जस्तै मैले प्रकाशन गरेको पहिलो कृति २०६७ मा धुरर्काेटका मल्लहरुको बंशावली, २०७० मा अनुभूतिका लहरहरु, २०७१ मा फुलजस्तै जुन, कोशिस गजल संग्रह, मन परेको मान्छे गजल संग्रह प्रकाशन गरेको छु । अर्को दुःख सुख गजल संग्रह प्रकाशन उन्मुख रहेको छ । मैले रचेका गीतहरुमा १४ वटा संगीतबद्ध भइसकेका छन् । दुईवटा भिजुअल गरिएका छन् भने २ वटा अडियो (सिडीमा) फुलजस्तै जुन भाग १ भाग २ बजारमा आइसकेको छ । य यिनै कामहरुमा लागिरहेको छु ।
० तपाइका कृति र रचनाहरु हेर्दा राम्रो साहित्यकारको रुपमा हामीले पायौं, यसको प्रेरणाको स्रोत भन्न मिल्छ ?
म नेपाली सेनामा हुँदा जोमसोममा शनिबार–शनिबार साहित्य कार्यक्रम हुने गथ्र्यो । त्यसको प्रभाव र प्रस्तुतीले पनि मलाई साहित्यमा लगाव राख्न प्रेरित गर्यो । म दाङमा जाँदा साहितयकार ललितवली जो चर्चित लोक गायिकाका बुवा समेत हुनुहुन्छ उहाँसँगको भेटघाट हुँदा मैले आफ्ना रचनाहरु देखाए, सुनाए उहाँले राम्रो छ भन्नुभयो र झनै ममा उत्साह थपियो । त्यसैगरी अर्का असाध्यै मिलनसार अध्ययनशील तेजप्रकाश बानियाँ जरसावसँग मेरो भेटघाट भयो उहाँ त साहित्य सम्बन्धी निकै अध्ययन गरेको व्यक्तित्व हुनुहुँदोरहेछ । उहाँलाई भेटेपछि त मलाई साहित्यको रस यति मजासँग भिज्थ्योकि सामाजिक जीवनसँग जोडिएको विषय बस्तु जोडिदै गयो यो मेरो प्रयत्नमा माथि उल्लेखित साहितयकारहरुको हौसला नै मेरो साहित्यमा प्रेरणाको स्रोत हुनुहुन्छ ।
० तपाइलाई पारिवारिक समर्थन कस्तो रहेको छ ?
हाम्रो ४ जनाको परिवार रहेको छ । मेरी श्रीमती आफै पनि बैंकको कर्मचारी हुनुहुन्छ । उहाँको धर्म कर्म गर्ने सामाजिक काम गर्ने स्वभाव छ । त्यसैले गर्दा पनि मेरो हरेक काममा परिवारको समर्थन पाइराखेको छु ।
० सामाजिक काम भन्नाले कुन संस्थाको रुपमा काम गरिराख्नु भएको छ ।
हामीले पहिला फष्ट अफ नयाँ गाउँ भनेर अनौपचारिक रुपमा गुल्मी जिल्लाका काठमाडौंमा बस्ने वा गुल्मीबाट काठमाडौं आएर अलपत्र परेका स्वास्थ्यको दृष्टिकोणले उपचारबाट वञ्चित, आर्थिक कमजोर भएका व्यक्तिहरुलाई गुल्मी–काठमाडौं सम्पर्क मञ्चजस्तो समिति बनाएर सहयोग गर्दै आएका थियौं । जव आफ्नो जन्मघर गुल्मी जाँदै थिएँ त्यहाँ जाँदा बाटो पनि कतिपय ठाउँमा कच्ची थियो त्यहाँको कठिनाई वास्तवमा मैले पनि भोगे र अर्को मैले खबर सुने एकजना महिला उपचार नपाएर टाइममा हस्पिटल पु¥याउन नसकेर मृत्यु भयो भनेर अरुहरुले भने पछि बुझ्दै जाँदा मेरै सानिमाको छोरी बैनी पर्नेको त्यस्तो दुःखद् घटना भएको रहेछ । त्यो सुनेर आफू जन्मेको, हुर्केको, बढेको, पढेको गाउँमा त्यस्तो सवारी साधन अभावको कारण अकालमा कसैको ज्यान नजाओस् भनेर फर्कने वित्तिकैकै मेरी मिसेजलाई आग्रह गरेर मिसेजले व्यक्तिगत रु. ५ लाख र अन्य व्यक्तिहरुबाट बाँकी पैसा जम्मा गरेर नयाँ गाउँमा एम्बुलेन्स ट्रष्ट संस्था दर्ता गरी घुरकोट नयाँ गाउँमा एम्बुलेन्स सेवा सुचार गराएका छौं । त्यस संस्थाको अध्यक्षको पदीय हैसियतले मैले काम गदै आएको छु भने मेरी मिसेज पनि उत्तिकै लागि रहनुभएको छ ।
० तपाई गाउँले परिवेशबाट आउनु भएको हो । गाउँ र शहरको बारेमा के भन्नु हुन्छ ?
नेपाल देश नै धेरै डाँडा पाखा, खोला, झर्ना र गाउँ नै गाउँले भरिएको देश हो । गाउँको जस्तो मौलिकता मानवीय सहायता, सद्भाव, एकता त्यसैगरी प्राकृतिक सुन्दरता, स्वच्छ हावापानी, मेलमिलाप गाउँको जतिको शहरमा पाइँदैन फेरी पनि मैले शहर नराम्रो भन्न खोजेको होइन शहरका पनि केही राम्रा पक्ष छन् । त्यो हुँदाहुँदै पनि हामी गाउँघरमा जन्मेर हुर्केकाहरुलाई आफ्नो जन्मभूमि प्यारो लाग्दो रहेछ ।
० अन्तमा
तपाइहरुले मेरो आफ्नो भावना राख्न दिनुभएकोमा जन आकाश टिमलाई धन्यवाद । यही अवसरमा नजिकिँदै गरेको विजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्वत देश विदेशमा रहनुहुने सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभाकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

नेपाल प्रयोगशाला हुन दिनु हुँदैन गोपी सिवाकोटी नेता, नेपाल विद्यार्थी संघ

  नेपाली काँग्रेसको भातृ संगठन नेविसंघमा बेला–बेलामा विवाद, बहस र गुटका कुराहरु निक्कै हुने गर्दछन् ...

Leave a Reply

Your email address will not be published.