Home / मनोरञ्जन / प्रशन्नाको सांगीतिक कोशेली स् ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ सार्वजनिक

प्रशन्नाको सांगीतिक कोशेली स् ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ सार्वजनिक

 

काठमाडौँ स्दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् । आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।
गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा निर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

निर शाहले जिस्काए–रुपा थापा २०२२ साल असोज ३ गते काभ्र्रेको पनौतीमा जन्मिएकी रुपा थापा पेसाले ...

Leave a Reply

Your email address will not be published.