Home / अन्तर्वार्ता / हाम्रो सपना साकार पार्ने हो भने भ्रष्टचार र दण्डहिनताको अन्त्य गर्नुपर्छ

हाम्रो सपना साकार पार्ने हो भने भ्रष्टचार र दण्डहिनताको अन्त्य गर्नुपर्छ

यस पृथ्वीमा नाम जस्तै काम गर्ने विरलै मात्र हुन्छन् त्यही विरलै मध्य डा. सुन्दरमणि दीक्षितले उहाँको नामै सुन्दर भएजस्तै काम पनि सुन्दर गरेर देखाउनुभएको छ । अँग्रेजी पात्रो अनुसार सन् १९४१ मा जन्मनुभएका डा. दीक्षितले त्यतिबेला नै दार्जिलि·को माउण्ट हरजन स्कुलमा अध्ययन गर्ने मौका प्राप्त गर्नुभयो । त्यो मौकालाई सदुपयोग गरेर माध्यमिक तहसम्मको अध्ययन उत्कृष्ट नम्बर ल्याउदै पास गरेर उच्च शिक्षा नैनीतालको सेन्टजोसेफ कलेजबाट पास गरी डाक्टरको शिक्षा कलकत्ताको मेडिकल कलेज र एमडी चाहिँ बम्बईबाट गर्नु भयो । उहाँले आफ्नो पढाई सकिने वित्तिकै नेपालमा आई नेपालीहरुको सेवामा निरन्तर लागिरहनु भएको छ । उहाँले रोगी, बिरामीहरुको उपचार सेवा त गर्नुभएको छ नै त्यसको अलावा थुप्रै असाहय, अनाथ, विपन्नतामा परेका मानिसहरुलाई समेत सामाजिक सहयोग गर्दै आउनुभएका व्यक्तित्व डा. सुन्दरमणि दीक्षितसँग हामीले यो अंकमा कुराकानी गरेका छौं ।
० यहाँलाई जनआकाश मिडियामा स्वागत छ ।
धन्यवाद
० तपाई लामो समयदेखि चिकित्सक सेवामा रहदै आउनुभएको छ । यसको महत्वपूर्ण पक्ष के हो जस्तो लाग्छ ?
२–३ वटा कारणहरु छन् एउटा मेरो पढाई विदेश भारतमा भयो । बाहिरी देशमा बस्दा खेरी आफ्नो देशको माया बढी हुदो रहेछ पहिलो पक्ष, दोस्रो मेरो बुबा आमा साथै हाम्रो परिवार एकदमै सामुहिकता थियो र बुबा आमाको सेवा गर्नुपर्छ भन्ने भावनाले प्रेरित ग¥यो । म परिवारको १० जना परिवारको म ९ नं. मा थिए । बुबा आमाको उमेर ढल्की राखेको थियो । त्यस्तो अवस्थामा आफ्नै देशमा बसेर बुबा आमाको पनि सेवा, जन्मभूमिको पनि सेवा गर्ने उद्देश्यले डाक्टर पढेपछि त सम्पूर्ण स्वास्थ्य सम्बन्धि दायित्व नै ममा बढेर आयो ।
मदन पुरस्कार संस्थापिका होइवक्थ्यो रानी जगदम्बा कुमारी देवी राणा, जो मेरो बाबाको मालिक पनि हुनुहुन्थ्यो । उहाँको पनि मैले सेवा गर्नु प¥यो मलाई उहाँले नै पढाइदिएको मेरो यो पुरै स्कुल, कलेज, एमडी पढाइदिएको उहाँले हो । आजको भाषामा भन्ने हो भने स्कलरसीप उहाँकै स्कलरसीप खाएर म पढेको हँु । त्यसैले मैले उहाँको सेवा पनि गर्नुपर्ने दायित्व ममा थियो । उहाँको उमेर ढल्कदै गएको कारण सँगसँगै मेरो देशप्रतिको प्रेम बाबा आमाप्रतिको सेवा र मेरो दायित्व जगदम्बा कुमारी राणाको सेवा यी तिनवटा कुराले गर्दा म नेपाल फर्केर सेवा गर्न थालेको हो ।
० त्यतिबेलाको तपाईहरुको पुस्ताको डाक्टर र अहिलेको नयाँ पिँढिमा डाक्टरहरुलाई कसरी लिनुहुन्छ ?
पहिला–पहिला धेरै पहिला भनौ मेरो ग्रपाण्ड काका डा. सिद्धिचरण दीक्षित उहाँकै नामबाट सिद्धीसदन छ नि अहिले मेडिकल एशोसियसनको घर छ । मेरो काका धेरै नामचलेको डाक्टर त्यो जमानाको त्यस्तै थुप्रै नाम चलेका नेपालका डाक्टर पढन गएका विद्यार्थीहरु डाक्टर पास गरेपछि कोहि पनि विद्यार्थी विदेश बसेनन् । विस्तारै–विस्तारै अलिअलि फाट्टफुट्ट एकदुई जना विदेशमा पढन गएका उतै वस्न थाले बढ्दै बढ्दै गएर दुखःको कुरा आफ्नो मातृभूमिप्रतिको प्रेम अलि घट्दै घट्दै गयो मान्छेले स्कलरसीप पाएपछि बेलायत जान्थे स्कलरसीप बेलायतले दिन्थ्यो । खासगरी त्यो कोलोम्बो प्लान अन्र्तगत हुन्थ्यो । त्यसै प्लानअन्तर्गत धेरै विद्यार्थीहरु अमेरिका बेलायततिर पढ्न गए । त्यसपछि विस्तारै विस्तारै कोलम्बो प्लान्टको स्कलरसीप बेलायतले दिन्थ्यो । पढ्न गए नेपालका लागि भनेर ति फर्केर आउन छोडे यो नेपाल प्रतिको मोह घटदै गयो आफ्नो व्यक्तिगत स्वार्थ पाल्न थाले त्यो बढदै बढ्दै गएर भोली नेपालमा दक्ष जनशक्ति नै नपाइएला भन्ने चिन्ताको विषय भइरहेको छ । यस्तो छ पुरानो पुस्ता र नयाँ पुस्ताको भिन्नता ।
० बहुदल आएपछि यस्तो असर देखा परेको हो ?
होइन राणाशासन सिद्धिएपछि ग्रयाजुलिटीको ट्रेन्ड आएको हो । राणाशासन व्यवस्थामा जो पढ्न जान्थे सबै फर्केर आउथे त्यो शासन कडा भएर हो कि वा केले थाहा छैन तर त्यतिबेला नेपाल भन्ने थियो । आफ्नो परिवार भन्ने थियो आफ्नो छरछिमेक भन्ने थियो आफ्नो फिलिङ्ग, युनिटी थियो । आफ्नो फिलिङ्ग, युनिटी थियो त्यो नेपालीपन विस्तारै २००७ सालपछि त्यो घट्दै घट्दै गएको हो ।
० नेपालप्रतिको मोह कसरी घट्यो भन्नुस न ?
डिभी लट्री भरेर अमेरिका जानको लागि भीडभाड हानाथाप भइरहेको तपाइले पनि देख्नु भएकै होला । पिआर लिएर क्यानाडा जाने, अष्ट्रेलिया जाने यो क्रम भयङ्कर बढ्दो छ । अहिलको युवा पुस्तामा हाम्रो देशमा गरिब दुखी रोगीहरु धेरै छन् पढेलेखेका सक्षम दक्षहरुबाट सेवा नपाउदा अकालमा कतिको मृत्यु भइराखेको होला भन्ने मनमा कति पनि देशको माया नभएको देखिन्छ । कतिपय विकट गाउँहरुमा अभाव छ । छानो छैन, खाद्यान्न नभएका ठाउहरुमा समस्या छ । त्यो अहिलेका युवा पुस्ताहरुमा देशप्रतिको माया देखिदैन मै खाउ मै लाउ र ‘एनीहाउ’ पैसा कमाउ विदेश जाउ चलनले असर पारेको छ । अहिलेको हाम्रो देशको युवा डिभी भरौ जाउँ, पिआर भरौ जाउ कसरी हुन्छ नेपालबाट भागौ केही हदसम्म यहाँको राजनीतिक अवस्थाले पनि असर पारेको छ । यस्तो अस्थिरता नेपालमा हावी भयो राणा साशनपछि यस्तो अस्थिरता जन्माई दियो कि नत कुनै उद्योग फष्टाउन सक्यो न कलकारखाना फष्टाउन सक्यो कतैतिर पनि फष्टाउन सकेनौ रोजगार दिन सकेनौ मान्छेको आकांक्षाहरु बढ्यो त्यो पूर्ति हुन सकेन टिभी आयो रेडियो छँदैथियो जब मानिसहरुले टिभी हेर्न थाले त्यो विदेशको छनक फनक देखे डाक्टरीहरुका छनक फनक, इन्जिनिरिङ्गहरुको छनक फनक, इन्जीनिरिङ्गहरुको छनक फनक जे को पनि छनक फनक टिभीबाट आयो डाइरेक्ट टिभीमा आएपछि युवाहरुले टिभी हेर्न थाले पश्चिममा संस्कृतिले हाम्रो मातृभूमिलाई अलग्याउदै लग्यो त्यो क्रम बढदो छ घटदो छैन । अचेल मैले युवाहरुको ब्यानर देखेको थिए त्यहाँ लेखिएको थियो डिभी लट्री लेउ नेपालमा बसेर के गर्छाै छिट्टै अमेरिका जाउ ।
० डा. साबले पश्चिममा साँस्कृतिको कुरा उठाउनुभयो हाम्रो राष्ट्रका नेताहरु नै पश्चिममा संस्कृतिको पक्षमा रहेछन् जस्तो अस्ति भरखरै भएको एसिया प्यासेफिकको भेलाले देखायो यो विषयमा के भन्नुहुन्छ ?
यो एकदमै गर्नै नहुने काम थियो । नेपाल सरकार एउटा आइएनजीओको त्यो पनि सह–प्रायोजक भएर अर्काे क्रिश्चियन धर्मको नामुद प्रचारक भनेर विश्वमा कुख्यात छ । अमेरिकामा त यसको संस्थापक पक्राउ गरेको पनि थियो मिस्टर मुन भन्नेलाई त्यसैले त्यस्तो कुख्यात क्रिश्चियन कार्यक्रमलाई सरकारको सरकारी स्तरमा त्यसमा आउने पाहुनाहरुलाई सरकारी हैसियतमा सम्मान एकातिर त्यो छ । अर्काेतिर आजको दिनमा नेपालले संसारको बण्ड्री फेरेर पनि आङसाङ सुकी र कम्बोडियाका राष्ट्रपतिलाई निम्त्याउन हुँदैन थियो । आङसाङ सुकी जतिसुकै नोबेल पुरस्कार पाए पनि अहिले संसारले रोहिंग्या क्राइसिसले गर्दा उहाँलाई धेरै नकरात्मक दृष्टिले विश्वमा प्रचार भइरहेको छ । त्यस्तो व्यक्तिलाई ल्याएर हामीले सम्मान दिदा खेरी अन्तराष्ट्रियस्तरमा पनि हाम्रो सम्बन्ध राम्रो हुदैन सरकारको पोलिटिकल रुपमा पनि गल्ति भो सामाजिक र धार्मिक रुपमा त अन्याय नै भयो मुलुकको इज्जत सरकारले यसरी फयाँकि दियो कि अब आइन्दा आइएनजिओहरुलाई सबै ढोका खोलिदियो पहिलाका त्यसै थिए झनै ह्वारह्वार्ती खोलेपछि झनै विकराल बन्दै जाँदैछ ।
अर्काे कुरा यो कसरी ग¥यो कसले ग¥यो त ? अहिले म के बुझ्छु भने यो त आजको मात्र होइन रहेछ यो त नेपालमा १८–२० वर्षदेखि यहाँका जाने, माने पहिचान भएका नेताहरुलाई ठुलठुला जर्नालिष्टहरुलाई, विजनेसम्यानहरुलाई नाम चलेका व्यक्तिहरुलाई यही ग्रुपले ठट्टाई ठट्टाइ खटाई लग्दो रहेछ । कोरियामा मिटिङहरु गराउँदो रहेछ ठाउँठाउँमा ख्वाई त्यहि गराउने भक्ता दिने २ दशक अगाडि देखि चल्दै आएको रहेछ यहाँका नाम चलेका व्यक्तिहरु त्यसमा फसेका रहेछन् त्यसरी ख्वाइ प्याई गरेका व्यक्तिहरुलाई तिनीहरु नेपालमा यसो गर भन्दा हुदैन भन्न त यिनीहरुमा नैतिक संकट प¥यो । मैले हेर्दाखेरि यो सबै गर्ने गराउने नं. वान अग्रर कोही दोषी छन् भने माधव नेपाल, माधव कुमार नेपाल मेन कल्पियर हुन मस्ट, माइल ओली यसमा फसे उनको पार्टीमा मान्छेहरुले ओहो आहा राम्रो यसोउसो भनेपछि ओलीलाई त्यो थाहा थिएन । माधव नेपाललाई त १८ वर्ष अगाडि देखि नै थाहा थियो रे । यस्तो एकदमै गर्नै नहुने काम सरकारले ग¥यो । यस मुलुक धर्म संस्कृति, यस माटोको धर्म संस्कृतिमा त अन्याय नै हो । हामी नै भन्दैछौ हाम्रो धर्म संस्कृति गुम्यो भने हाम्रो नेपाल नै गुम्छ । तेस्रो कुरा झन खतरनाक कुरा युनिभर्सल कन्फ्रेन्स आयो त्यहाँ जे जति गतिविधि भए हाम्रो छिमेकी मुलुक चिन र भारतसँग सम्बन्ध नै राम्रो गर्दैन अन्तराष्ट्रियस्तरमा हाम्रो छवि नै विगार्दी हाल्यो विवादिन व्यक्तिहरुलाई राजकीय सम्मान दिएर छिमेकी चीन र भारतसँग सम्बन्ध बढाउन सक्तैन ।
दुइ तिनवटा कारण छ । चीन पनि क्रिश्चियनहरुको कल्चरलबाट तेर्सेको छ । टेवेट सफ्ट कर्नर छ । त्यहाँ धर्म कमजोर अवस्थामा छ । भारत पनि क्रिश्च्यानिटिबाट तर्सेको छ । उसको पनि त्यहाँ आशाम, नागाल्याण्ड ठाउठाउँमा धेरै समस्या परेको हो । यस्तो समुदायलाई सरकारले नै प्रोत्साहन दिएर फैलाउन खोजेपछि त दुबैतिरका मुलुकहरु हामीसँग सशंकित हुन्छन् । त्यसैले जुन कोणबाट हेरे पनि हाम्रो मातृभूमि प्रति अन्याय भएको छ । धर्माे रक्षति रक्षतः हाम्रो आफ्नो माटोको धर्मको रक्षा गर त्यसले तिमलाई रक्षा गर्छ । उसलाई तिमीले अन्याय अत्याचार गर तिमलाई उसले रक्षा गर्दैन भन्ने संस्कृति संस्कारमा आज हाम्रो ओमकार सनातन धर्ममाथि प्रहार भो बौद्ध धर्ममाथि प्रहार भो यहाँ भएका माटाका धर्महरुमाथि प्रहार भएको छ । २०,३०,४० करोड खर्च भएको छ । केका लागि ओलीजीको १ करोड पुरस्कार पाउनको लागि यहाँ खुलेआम क्रिश्चियनहरुको प्रभाव बढ्छ र हाम्रो आफ्नो अस्तित्व नेशनालिज्म नेपालप्रतिको मायामा खलबल हुनेछ किनभने क्रिश्चियनहरु निर्देशति हुन्छन् बाइवलबाट हाम्रो बुद्धधर्मले कहिल्यै कसैलाई फलानो पार्टीलाई भोट हाल्न भन्दैन । यही क्रिश्चियन गु्रप फैलिएपछि विदेशबाट आउछ र फलानोलाई भोट गर भनेपछि त्यही गर्छ पोलिटिक्स समेत अस्त व्यस्त हुन गई राखेको छ । पोलिटिक्स नै खतम हुन्छ पोलिटिक्स नै खतम भएपछि हाम्रो राष्ट्र नै खतम हुन्छ त्यसकारण यो एसिया प्यासेफिम सम्मेलन एकदमै खराब हो ।
० अहिले नेपालको सरकारसँग दुइतिहाई बहुमत छ । कुनै बेला सिक्मिमका लेण्डुप दोर्जेले बहुमत पु¥याएर सिक्किम भारतमा बिलय गराउँदा साक्षी तपाइँहरु पनि हुनुहुन्थ्यो अहिलेको सरकारले त्यसो नगर्ला भन्ने तपाइँमा विश्वास छ ?
विश्वास छैन बरु त्यही सिक्किमी मोडलमा गइरहेको जस्तो देखिन्छ पोलिटिक्स दिनु धर्म दिनु भएको के हो ? पोलिटिक्स दिनु फर्किन्छ धर्म दिनु फर्किदैन उदाहरणमा गान्धार आजको अफगानिस्तान त्यहाँ त्यस्तो हाम्रो सनातन धर्म थियो वुद्धिष्ट धर्म थियो पूरै वाहुल्यता थियो त्यहाँ मुस्लिम धर्म आयो त्यहाँ विभिन्न बुद्धका ठुला ठुला मुर्ति पटकाएको विर्सनु भो त्यो तालिवानले त्यत्रा ठुला विभिन्न बुद्धहरु, मुर्तिहरु तालेवानले डयाङ ड्याङ पडकाइदियो धर्म सस्कृति मासिदियो अब त त्यहाँ हिन्दु सनातन र बुद्धिष्ट त्यहाँ फर्केर जादैन । दुइतिहाइको सरकारले हाम्रो धर्म संस्कृतिमाथि नै प्रहार ग¥यो लेण्डुप दोर्जेले मुकलुक नै बेच्यो । हाम्रो दुइतिहाइको सरकारले धर्म संस्कृति नै बेचिदियो । मान्छेले मान्छे बेचेको पढेको सुनेको थिएँ । आफ्नो आमा भन्दा पनि ठुलो मातृभूमिको संस्कृति बेचेको उदाहरण यही हो जे भयो साह्रै ठुलो अन्याय भयो बेच्न शुरु भयो जो धनि छ आउ मेरो मुलुक किन भन्ने हायस विडर्सलाई निम्त्याइयो क्रिश्चियन धर्मको पैसा प्रचुर मात्रामा यसलाई सरकारले प्रोत्साहन दिएपछि झनै खतरा भैहाल्यो ।
० सरकारले नगर्नुपर्ने काम गरिसक्यो अब देश जोगाउन संस्कृति बचाउन देशभक्तहरुले के गर्नुपर्ला तपाइको बिचारमा ?
पहिलो नं. हाम्रो धर्म संस्कृतिमा भएका कुकृत्यहरुलाई हटाउनुपर्छ जस्तै, बोक्सी , भुत प्रेत भनेर गरिने अन्धो परम्परा हटाउनुपर्छ त्यो हाम्रो धर्मबाट आएको होइन त्यो सामाजिक कुरिति पालेर आएका छन् त्यसलाई सामाजिक चेतनाले नै परास्त गर्नुपर्छ । हाम्रो सनातन हिन्दुधर्म, किरातधर्म विशुद्ध, बौद्ध धर्म विसुद्ध, मगरातको धर्म विशुद्ध, थारुको धर्म विसुद्ध धर्ममा यिनको ठाउ छैन तर सामाजिक कुरीति गासियो धर्मसँग त्यो कुरितीलाई नहटाइ हुदैन । अर्काे हाम्रो स्कुल कलेजबाट नै हाम्रो धर्म संस्कृति राष्ट्रको बारेमा चेतना भर्ने शिक्षा दिउ हाम्रो धर्मले ठुला ठुला कुरा सिकाएको छ । त्यस्तो क्रिश्चियनले सिकाएको छैन । मातृदेवो भवः पृति देवो भवः गुरुदेवो भवः जननी जन्मभूमि स्वर्ग दपी गरियसी त्यो मात्रै आज युवाहरुको मनमा हालिदिएको भए हाम्रा युवाहरु डिभी लट्रीमा अमेरिका भाग्ने थिएनन् पढेलेखेका सबै बाहिर, काम गर्न बाहिर जाने ति बिचरा हुन आफ्नै देशमा रोजगार सृजना गराउनुपर्छ अर्काे विरेन्द्रको पालामा नयाँ शिक्षा प्रणाली आयो त्यसले हाम्रो धर्म संस्कृतिलाई खत्तम पा¥यो त्यसकै असर अहिले परेको छ । विशेष गरेर शिक्षामा हाम्रो राष्ट्र र धर्म संस्कृतिको विषयमा जोड दिनुपर्छ हामी सर्तक पनि हुनुप¥यो बाहिर बाहिर हिन्दुराष्ट्र चिच्चाएर हिन्दु राष्ट्रपनि हुदैन संघियतामा गइनै सक्यो तर हिन्दुहरु ओमकार परिवार बुद्धधर्म, किरात धर्म, मगरात लोकल माटामा धर्महरु हाम्रा आफ्ना धर्म संस्कृति गौरव गर्न त्यसलाई बचाउनलाई सबै लागिपर्नुपर्छ ।
० तपाइँले राणाशासन, प्रजातन्त्र, गणतन्त्र तिनवटै शासनको अनुभव गर्नुभएको । यसमा वनारस पढन गएका दोस्रो पुस्ताका नेताहरुको वाहुल्यता छ । कथम् कदाचित तेस्रो युवा पुस्ता सरकारमा पुगेर देशैभरी चिल्लो पीचमा बस कुदाउने, रहरलाग्दा डाडाहरुमा हिउचुली देखिनेगरी केवलकार चलाउने र ठुला ठुला जलविद्युत उत्पादन गरेर विश्वकै सस्तोमा बिजुली कारखानालाई उपलब्ध गराएर सबै नेपालीलाई आफ्नै देशमा काम लगाएर स्वर्ग जस्तो नेपाल बन्ने सपना देख्नु भएको छ ?
म जब डाक्टरी पास गरेर नेपाल फर्के म यस्तै सपनाहरु देख्थे, जुन तपाइको मानसपटलमा अहिले रहेछ । तपाइ हामीले सुनिराखेका छौ केपी ओलीमा समृद्ध नेपाल सुखी नेपाली, हावाबाट बिजुली, घरको भान्छा भान्छामा ग्यास केपीको भाषणमा समृद्ध नेपाल भइसक्यो तर आज तपाई युवाहरुले र म युवा हुदा देखेको सपना अचेल म देख्दिन । एउटै कारण छ भ्रष्टाचार यो भ्रष्टचारले गर्दा न त हाम्रो कुनै प्रोजेक्ट आउन सक्यो भएका संस्थाहरु समेत डुबे उदाहरणमा रोयल एयरलाइन्स हामी र थाइ एयरवेज सँगसँगै शुरु गरेको थाइ एयरवेजले संसारभरी उडान भरिरहेको छ । उसँग २०० वटा भन्दा बढी विमान छन् हामीसँग २ वटा किन्ने विषयमा कमिसन भयो यस्तो अवस्थामा नत ठुलो जलविद्युत प्रोजेक्ट आउन सक्छ किनभने प्रोजेक्ट आउनसाथ त्यहीबाट कमिसन खोर सुरु हुदो रहेछ । त्यो सरकार कहिले जान्छ ठेगान नहुने अर्काे आउछ कमिसन पाएन भने केके अवरोध गर्ने गरेका छन् यहा सिन्डिकेट, माफिया भइरहेका छन् यि भइराख्नुजेल हाम्रो सपना पुरा हुदैन । हाम्रो सपना साकार पार्ने हो भने भ्रष्टचार र दण्डहिनताको अन्त्य गर्नुपर्छ तबमात्र स्वर्ग नेपाल बनाउन सकिन्छ ।
० महत्वपूर्ण सुझाव राखिदिनुहोस् न ?
१. नं. मा घुस नखाऊ
२. नं. मा भ्रष्टचार नगर
० अन्तमा
हाम्रो आफ्नो मातृभूमिलाई जोगाउनु प¥यो यो विस्तारै विस्तारै नजानिँदो तरिकाबाट संकटमा पार्दै लगिएको छ । हामी विदेशीहरुको गुलाम बन्न बेर छैन, ऋणमा चुर्लुम्म डुब्दैछ हामी नेपाली नागरिक फष्ट क्लासको नागरिक भइराख्ने हो कि होइन धेरै चिन्तित छ । हाम्रा नेताहरु दलाल भइसकेका छन् समृद्ध नेपाल भनेर भाषण मात्र नगर कमसेकम खाल्डा मात्र भएपनि पुरिदेऊ काम नपाउनेलाई काम देऊ बच्चाहरुलाई शिक्षा दिक्षा नपाएको बच्चाले काहा लान्छ कि देश छोडेर जान्छ । यहाँ बसे भ्रष्टचार गर्छ । सबै पारदर्शी गरेर हामीलाई देखाउ यो वर्तमान सरकारबाट त आशा गर्न सकिदैन युवाहरमा मेरो आशा छ जसरी पेट्रोलको भाउ बढ्दा वा लोकतन्त्रको लागि आठ विद्यार्थी संगठन एकभएर लडेका थिए त्यसैगरी सबै एकजुट भएर राम्रा मान्छेलाई मात्रै सरकारमा पठाउनुप¥यो भन्ने मेरो विचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

नेपाल प्रयोगशाला हुन दिनु हुँदैन गोपी सिवाकोटी नेता, नेपाल विद्यार्थी संघ

  नेपाली काँग्रेसको भातृ संगठन नेविसंघमा बेला–बेलामा विवाद, बहस र गुटका कुराहरु निक्कै हुने गर्दछन् ...

Leave a Reply

Your email address will not be published.