Home / अन्तर्वार्ता / पार्टी एकिकरणले मुलुकलाई नयाँ दिशा दिनेछ । आनन्द पोखरेल केन्द्रीय सदस्य नेकपा

पार्टी एकिकरणले मुलुकलाई नयाँ दिशा दिनेछ । आनन्द पोखरेल केन्द्रीय सदस्य नेकपा

 

२०१६ सालमा दोलखाको जफे ३ मा जन्मनुभएका आनन्द पोख्रेलले सोही गाउँको कालापानी प्रा.वि. बाट प्राथमिक शिक्षा आर्जन गरेका हुन् भने वैत्यश्वर मा.वि. बाट एसएलसी गरी उच्च शिक्षा चितवनको रामपुरबाट कृषिमा स्नातक, नेपाल ल क्याम्पसबाट वि.एल. सोसोलोजीमा एम.ए र आरडी एम ए गरेका हुन् ।
त्यस्तै अध्ययनलाई जतिकै राजनीतिलाई समेत सँगसँगै लगेका पोख्रेलले कम्युनिष्ट आन्दोलनको आरोह अवरोहको लामो कालखण्ड पार गरेका छन् । २०२९ सालमा नै अनेरास्वियूको सदस्य लिएका पोख्रेल २०३४ मा अखिल क्रान्तिकारी कोर्डनेशन केन्द्रको (माले) मा आवद्ध भएका थिए । त्यति बेला देखी नै निरंकुश पञ्चायत बिरुद्धको जोखिमपूर्ण संर्घष गर्दै अगाडि बढेका हुन् । देशको तनाशाही पञ्चायती व्यवस्था र नेपालीहरुको परिवर्तनको चाहाना राम्रोसँग बुझेका पोख्रेल अध्ययन र संगठनलाई सँगसगँै लिएर हिडन् सक्ने व्यक्ति हुन् । संगठनलाई चुस्त दुरुस्त राख्न अब्बल भएकै कारण अनेरास्वयू संगठनको चितवन जिल्ला अध्यक्ष, क्रमश नारायणी अञ्चल कमिटीको सचीव अखिलको केन्द्रिय सदस्य हुँदै २०४३ सालमा तत्कालिन नेकपा मालेको जिल्ला कमिटी सदस्यको रुपमा रहेर दोलखाली कम्युनिष्ट आन्दोलनको राको बालेका थिए । २०५१ सालमा प्रजातान्त्रिक युवासंघको केन्द्रिय प्रचार सचिव हुँदै पार्टी विभाजनको कठिन पूर्ण समय २०५४ देखि नेकपा एमाले दोलखा जिल्ला पाटीए सचिवको सशक्त जिम्मेवारी निर्वाह मात्र गरेनन् । अप्ठेरो अवस्थामा गाउँ पार्टी कमिटि देखी जिल्ला कमिटी सम्मलाई सशक्त र कृयाशिल राख्दै २०५६ को संसदिय चुनावका दुवै सिट जीताउन सफल भएका थिए । यसरी राजनीतिक यात्रालाई अगाडि बढाउँदै पोख्रेललाई नेकपा (एमाले) ले वागमती अञ्चल कमिटिको सदस्य एवम् केन्दिय प्रकृतिक तथा जलस्रोत समितिको केन्द्रिय सचिवको जिम्मेवारी दिंदै उनले प्रकृतिक तथा जलस्रोत राष्ट्रिय नीति निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०४३ सातबाट जफे गाउँ पञ्चायतको जनपक्षिय प्रधानपञ्चबाट संसदिय राजनीतिमा कृयाशिल भएर २०५६ र २०७० को निर्वाचनमा दोलखाबाट निर्वाचित सांसद हुँदै २०७२ सालको सभासदमा निर्वाचित भई नयाँ संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका पोख्रेलले सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको गरिमामय पदमा अत्यन्त लोकप्रिय मन्त्रीको रुपमा आफ्नो जिम्मेवार वहन गरेका व्यक्तित्व हुन् । संसदिय राजनीति देखी पार्टी राजनीतिलाई शसक्त रुपमा अगाडि बढाउन सफल उनी हाल २०७५ साल जेठमा भएको नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरण भएपछि गठित नेकपाको केन्द्रिय सदस्य हुँदै ३ नं. प्रदेश कमिटिको सचीवको भूमिकामा काम गर्दै आएका छन् । उनै नेकपाका के.स. तथा ३ नं. प्रदेश सचीव सँग हामीले यस अंकमा कुराकानी गरेका छौं ।

० पछिल्लो राजनीतिक अवस्थालाई कसरी बुभ्mनु भएको छ, ३ नं. प्रदेश सचिवको हैसियतमा के के कामहरु गर्दै हुनुहुन्छ ?
संविधान निर्माणपछि तिन तहको निर्वाचन सम्पन्न भएका छन् । त्यो निर्वाचनबाट कम्युनिष्टहरुले झण्डै दुई तिहाईको जनमतबाट सरकार निर्माण गरेका छन् । पार्टी एकता पनि भएको छ । नेपालका दुइवटा ठुला पार्टी नेकप माओवादी केन्द्र र नेकपा (एमाले) बीचमा पार्टी एकता भइसकेपछि मलाई नेकपाको केन्द्रिय सदस्य र ३ नं. प्रदेश कमिटिको सचीवको हैसियतमा जिम्मेवारी दिएको छ । त्यो भूमिकालाई पूरा गर्नको लागि तत्कालिन रुपमा पार्टीका आ–आप्mनै कमिटीहरु निस्कृय अवस्थामा विद्यमान रहेका थिए उक्त कमिटिहरुलाई पार्टी एकिकरणको हिसाबबाट मूर्त रुप दिने काम गरिराखेको छु । अहिले तपाइको यो लोकप्रिय जनआकाश राष्ट्रिय साप्ताहिकमा अन्र्तवार्ता दिइरहदा केन्द्रिय कमिटि बन्यो, प्रदेश कमिटी बन्यो जिल्ला कमिटीहरु बनेका छन् । मैले नेतृत्व गरेको ३ नं. प्रदेशको कुरा गर्नुपर्दा १३ वटा जिल्लाहरुमध्ये ३ वटा जिल्लाहरुमा जिल्ला देखि स्थानिय कमिटिहरुको एकिकरणको मा सम्पन्न भई अगाडी बढिसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकता भएको छ । दुइवटा विचार धारा बोकेर आएका राजनीतिक शक्तीहरु एकिृत भएका छन् । कार्यक्रमको हिसाबले जनताको जनवादलाई स्विकार गरेर समाजवाद सम्म पुग्ने लक्ष्यलिई अगाडि बढेका छौं । यस स्थितिमा जनताको विश्वास जनताको माया र भरोसा नभएको पार्टी नभइदिएको थियो भने दुइतिहाइको सरकार सम्भव थिएन । त्यसकारण जनताको अधिक समर्थन जनमत साथै पार्टीले लिएको जनपक्षीय नीति कार्यक्रम, घोषणा पत्रको आधारमा जनताले मत दिएका हुन त्यही पृष्ठभूमिमा सरकार बनेको छ । दुई छिमेकी देशसँग समान ढंगबाट सम्बन्ध सुदृढ बनाउने काम गरेको छ । विकास गतिलाई अगाडि बढाउन २०२२ सम्म नेपाललाई कम विकसित बाट विकासोन्मुख देशको रुपमा ग्रायजुशन गराउने लक्ष्य राखेका छौं । अर्थतन्त्रमा त्यतिकै मात्रामा सुधार देखिएको छ । यो सकरात्मक पाटो हो ।
नेपालमा केन्द्रबाट साशन सञ्चालनको २५० वर्षको इतिहास छ । स्थानिय तहको ७४ वर्षको इतिहास छ प्रदेश सरकार सञ्चालनको ९ महिनाको मात्रै हो । प्रदेशको स्थिति प्रदेश सरकार गठन भएपछि प्रदेश गएर बस भन्ने मात्रै छ । स्थानिय सरकार देखि प्रदेश सरकारले सरकार सञ्चालनका लागि आवश्यक सबै ऐन नियम तय गरेर काम गर्नु पर्ने स्थिति छ ।

० कुन कुन जिल्लामा ?
१. सिन्धुली २. रसुवा ३. दोलखामा नेकपाको कमिटीहरुलाई एकता गरी कृयाशिल बनाउने कार्य सम्पन्न भईसकेको छ । अन्य १० वटा जिल्लामा पार्टीको प्रारम्भिक कामहरु भइरहेको छ । ३ नं. प्रदेशमा पार्टीको नीती निर्देशन कार्यान्वयन गर्न मैले गाइड लाईन लिएर काम गरिराखेको छु ।
० तपाइलाई ३ नं. प्रदेशको सचीवको हैसियतमा जिम्मेवारी दिएको छ । प्रदेश चलाउन सजिलो कि मन्त्रालयको जिम्मेवारी ? विगतमा मन्त्रालय चलाएको अनुभव पनि छ तपाईसँग ?
म लेलिनको उदाहरण दिन्छु । लेलिन के भन्नुहुन्छ भने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पार्टीले आदेश दिन्छ भने सुँगुरको खोरमा गएर पनि काम गर्नुपर्छ भन्ने शिक्षा पाएको कार्यकर्ता हुँ मैले विगतमा लामो समयदेखि सांसदीय फाटमा काम गरे । सांसदीय फाटको कुरा गर्दा पञ्चायतको बेलामा २०३४ सालमा जनपक्षिय प्रधानपञ्च हुँदा नेकपा (मालेको) जिल्ला कमिटी सदस्य थिए । त्यतिखेर कृषिमा ब्याचलर गरिसकेपछि फर्केर सरासरी आन्दोलनमा लागियो । पञ्चायतको विरुद्ध खुल्ला पार्टीको संसदीय निर्वाचनमा भागलिनु त्यतिबेला ठुलो चुनौतिपूर्ण थियो पार्टीले दिएको जिम्मेवारी अनुशसित कार्यकर्ता हैसियतले पार्टीकै योजनामा जनपक्षिय प्रधानपञ्च भएर काम गरेको हो ।
सोही समयमा मैले आइएसी पास गरेपछि रसियामा पढन जाने अवसर पाएको थिए, मेरै ब्याजका सबैले कोलम्बो प्लान्टअन्र्तगत पढ्न पनि गए मैले त्यो सुविधा पाउदा पाउदै पनि आफ्नै देशको सेवा गर्नुपर्छ भनेर पार्टीको नीति र कार्यक्रमलाई सफल बनाउन ति सेवा सुविधाहरु त्यागेर पार्टीमा लागेको सीपाई हौं । पार्टीको निर्देशनमा मैले २०३४ देखी पञ्चायतको प्रधानपञ्चदेखि लिएर २०७४ संविधान सभाको निर्वाचनमा मात्र भाग लिइन पार्टीले दिएको हरेक जिम्मेबारी र निर्देशन पालना गर्दै आएको छु । अहिले मलाई ३ नं. प्रदेशको सचीवको जिम्मेवारी दिएको छ यो ऐतिहासिक अवसरमा दुबै पार्टीका कार्यकर्ताहरुको मनोभावनालाई सम्मान गर्दै एकतालाई प्रभावकारी ढंगबाट अगाडी बढाउन सफल हुनेछु भन्नेमा विश्वस्त छु । साथै आदरणीय पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड द्वयप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु ।
अहिले पार्टीले दिएको जिम्मेवारीमा खरो रुपमा उत्रदै १३ वटा जिल्लामा सबै कमिटिहरु विवाद रहति ढंगबाट सबैलाई सम्मान गर्दै गर्दै पार्टी एकता सम्पन्न भएपछि म आफूलाई सफल भएको ठान्नेछु । पार्टीको विधान, नीति, नियम, कार्यक्रमहरु पार्टीले पास गरिसकेको छ । त्यसलाई हरेक तहले अक्षरंश पालना गर्नुपनि त्यतिकै महत्वपूर्ण रहन्छ । हालै ३ नं. प्रदेशको गठन कमिटी पर्ण भइसकेको छ । प्रदेशलाई कमिटि र प्रदेश सरकार बीच समन्वय गर्दै पार्टी नीति र देशको संबृद्धिको लागि सहि दिशा निर्देशन गर्ने काममा प्रदेश सरकार र पार्टीलाई ठिक ढंगले जनतासँग जोडने देखी पार्टी केन्द्र र संधिय सरकारसँग जोडने पुलको रुपमा काम गर्नुपर्ने मेरो जिम्मेवारी हुन्छ । म राजनीति वैचारिक र सांगठानिक नेतृत्वको बिषयमा प्रयापत जानकार व्यक्ति हुँ त्यसैले सांसद र मन्त्री हुनु भन्दा पनि पार्टीको े राजनैतिक वैचारिक र शैद्धान्तिक कार्यभार कार्यकता देखि जनता सम्म पु¥याउने मेरो कार्यभार अझ महत्वपूर्ण हो भन्ने ठानेको छु । यो निष्ठापूर्ण र राजनीतिक जीवनको परिक्षण पनि हो भन्ने ठानेको छु ।

० व्यापक चर्चामा रहेको ३ नं. प्रदेशको राजधानीको बिषयमा तपाईको धारणा के छ ?
राजधानी कहाँ भन्ने सन्दर्भमा म निर्णयकर्ता होइन हाम्रो पार्टीको संगठनको बैठक छलफल र माथिल्लो पार्टी कमिटिको निर्णय अनुसार सबै जनताको मन जित्ने गरी ३ नं. प्रदेशले टुङ्गो लगाउने छौ । मलाई यो प्रदेशको राजधानीको बारेमा ठिक र बेठिक भनेर बाध्य नपार्न बिनम्र अनुरोध गर्दछु ।

० नेकपाको ३ नं. प्रदेशमा तपाइले तीनवटा जिल्लाका स्थानिय तहमा पार्टी एकताको काम सम्पन्न भएकोमा यसलाई सफल मान्छु भन्नुभयो । तर अहिलेको नेकपा प्रति ३ नं. प्रदेशका जनता विशेष गरेर नेवारी समुदाय असन्तुष्ट भएका छन् भन्ने सुनिंदैछ । यसको वास्तविकता के हो ?
म ३ नं. प्रदेशको सचीवको हैसियतले ३ नं. प्रदेशको विकाशको लागि १५ वर्षे कार्ययोजना प्रदेशले ल्याएको छ । अन्य प्रदेशको तुलनामा चौमासिक वार्षिक बजेट कार्यान्वयन गर्ने प्रदेश ३ नं. प्रदेश नै हो । साथै जहासम्म काठमाडौं उपत्यकामा नेवारी समुदायको गुनासोको कुरा आयो त्यो गुनासो मैले भरखरै मात्र सुने हामी पार्टी सिद्धान्त र नीतिको आधारमा संगठित भएका पार्टी कार्यकर्ता हौं । पार्टीको नीति निर्देशन अनुसार चल्ने भएको हुँदा संगठित पार्टीका नेता–कार्यकर्ता नै संसदहरु र मन्त्री हुनुहुन्छ उहाँहरुले काम गरि राख्नु भएको छ । काठमाडौंमा महानगरपालिकाले पनि आप्mनो भूमिा निर्वाह गरिहेको छ त्यसैले काठमाडौंका जनताले त्यस्तो हेपिएको महँसुस गरिरहनु परेको छ जस्तो म देख्दिन । जन गुनासा आउँछन र त्यसलाई पार्टीले निरन्तर सम्बोधन गर्दछ ।
० तपाई संस्कृति पर्यटन तथा उड्डयन मन्त्री भइ काम गरि सकेको अनुभव, तपाइको पुख्र्यौली जिल्ला दोलखामा सुन्दर गौरी शंकर हिमाल र प्राकृतिक स्रोतलाई आम्दानीको रुपमा केही परिकल्पना गर्नु भएको छ ?
हामीले नेपालको समृद्धि र विकासको दिशामा हाम्रो पार्टीको योजना कार्यक्रम पहिलादेखि नै प्रष्ट छ । कृषिलाई पहिलो, जलस्रोत दोश्रो, पर्यटनलाई तेस्रो, बनलाई चौथो, उद्योगलाई छैठो र सेवा व्यपापारीलाई सातौ गरेर आर्थिक खम्बाहरु हुन भनेर परिभाषित गरेका छौं । साथै मैले पर्यटन मन्त्री हुँदा नीतिगत रुपमा काम गर्न सक्ने आँट र क्षमता ममा थियो, त्यही अनुसार विगतमा पर्यटन पूर्वाधारमा खर्च गर्ने चलन थिएन । म पर्यटन मन्त्री हुँदा २०१६ मा १० वर्षे दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेको छु । त्यही योजना अनुसार सरकारले काम ग¥यो भने हामीले २०२६ सम्ममा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर मैले भिज्योलाइज गरेको थिए अस्ति नोभेम्बर ३० सम्म १० लाख आएको आँकडा पढेको छु । यही आधारमा अगाडि बढ्ने हो भने मैले बनाएको गुरुयोजनाको लक्ष्य चाँडै पुरा हुन्छ ।

अर्को दोलखा पर्यटनको विषयमा कुरा गर्दा दोलखा चारपाँचवटा कुराले गौरव गर्न लायक जिल्ला हो । जहाँ ऋषिमुनीहरुको तपोभूमि हो । पार्वती शिवहरुको उद्गम थलो गौरीशंकर हिन्दुको दृष्टिकोणबाट हेर्ने हो साथै सत्य, द्वापर, त्रेता सत्यका ब्रम्ह, द्वापरका विष्णु, त्रेताका महेश्वर, राम, सिता बनवास आएका छन् । द्वापरमा कृष्णहरु आएका छन् । त्यसकारण दोलखा पर्यटन क्षेत्रको विकास हुने आधार छ । अर्को दोलखा विश्वको पर्यटकीय क्षेत्रको टप छैठौं स्थानमा छ । विश्वव्यापी रुपमा अगाडि बढेको छ । म पर्यटनमन्त्री हुँदा जुन प्रयास गरे त्यसैको उपलब्धी दोलखा छैठौ स्थानमा पर्यटकीय क्षेत्र पर्न सफल भएको हो ।
० यहाँ धर्म संस्कृतिको कुरा जोडे, गएको मंसीर १३ गतेदेखि १६ गतेसम्म काठमाडौंमा भएको ग्लोबल पिस फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नेपालका तर्फबाट सरकार नै सहभागी भएको विषयमा निकै आलोचना बढ्यो, तपाइको विचारमा के लाग्छ ?
एसिया प्यासेफिक समिट युनिभर्सल पिस फेडेरेशनले र आइक्यापले यसको आयोजना गर्यो यस विषयमा लिएर जुन हाउगुजी भयो । त्यो हाउगुजी किनभन्दा नेपालमा हिन्दुहरु कतै कार्यक्रममा उपस्थित हुँदा हाम्रो धर्म सकिन्छ भनेर तर्सिनु त्यो कायरतापूर्ण थियो र मानसिक रुपमा आतंक थियो यो अतिवाद हो । धर्म निरपेक्ष मुलुक घोषणा भइसकेको अवसथामा राज्यको धर्म हुँदैन भन्ने हो । सरकारका प्रमुखहरुलाई अन्तर्राष्ट्रिय पाहुना, विशिष्ठ अतिथिहरु आउँदा कार्यक्रममा जानु, कार्यक्रम उद्घाटन गर्नु, वाचन गर्नु यसलाई विषय बनाउने हो भने र चर्चको पादरीको छेउमा बस्दैमा क्रिश्यिचन हुन्छ भन्ठान्ने हो भने अमेरिकाको राष्ट्रपति क्रिश्चियन हो । त्यहाँ पनि जानु भएन । संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन पनि क्रिश्चियन हुन् उनीसँग पनि बस्नुभएन । उनीसँग मैले पनि भेटेको छु भन्नु अर्थ को आउँछन् को जान्छन् भनेर हाउगुजी बनाउनु भन्दा धार्मिक सहिष्णुतामा नेपालीहरुले बढी जोड दिनुपर्छ । यो हाउगुजी कम्युनिष्ट सिध्याउने सरकारलाई बदनाम गराउने खेल मात्र हो ।
० तपाइहरुको पार्टीमा दुईवटा अध्यक्षहरु छन् । एउटा अध्यक्ष सरकारको नेतृत्व गरिराखेका छन् । एउटा अध्यक्ष पार्टी चलाइराखेका छन् । दुबैलाई पार्टी अध्यक्ष भनेर तपाइहरु सम्बोधन गर्दै हुनुहुन्छ ? मैले सुनेको थिए एउटा जंगलमा दुईवटा शेर हुँदैनन् भनेर त्यस्तै यहाँ दुईवटा सेरको कारण कताकता के नमिलेको जस्तो सार्वजनिक स्थलमानै अभिव्यक्ति आउने गर्छ । तपाई केन्द्रीय सदस्य पनि भएको हैसियतले के भन्नुहुन्छ दुईवटा अध्यक्षको बारेमा ?
दुईवटा ऐतिहासिक कार्यदिशा पूरा गरेका पार्टी एकता भएको छ । कम्युनिष्टहरु फुट्छन् मात्रै भन्ने बुझाई छ । त्यसको विरुद्धमा पार्टी एकता भएको छ । दुईवटा अध्यक्षको बारेमा अँग्रेजीमाको चियर भन्छ । यो को चियरको परम्परा दुनियाँको धेरै देशमा धेरै पार्टीहरुमा प्राक्टिस थियो । हामीले पनि त्यो प्राक्टिस गरेका छौं । हाम्रा पार्टी अध्यक्षहरु सेर होइन हामीले बनाएको राजनीतिक, सिद्धान्त, कार्यनीति, कार्यक्रमको विधानको मातहतमा परिमार्जिन गरेर बनाएका नेताहरु हुन् । शेर बनाउन होइन । उहाँहरु विधिबाट साशित हुनुहुन्छ । विधानमा व्यवस्था गरेका छौं । विधानमा व्यवस्था गरेअनुसारको चियरम्यान अन्तर्राष्ट्रियस्तरको सफल अभ्यास हामीले गर्यौँ । एउटा अध्यक्षले सरकार चलाउनु भएको छ । अर्को अध्यक्षले पार्टी चलाउनु भएको छ । त्यही तेज गतिमा सरकार पार्टी अगाडि बढिरहेको छ । त्यसकारण यो सेर नभएर न्योयोचित छ । भोलि महाधिवेशनमा यो आवश्यक छैन भनेर विधि र विधानमा विधिवत रुपमा हामी हटाउन पनि सक्छौं । त्यसकारण अत्यन्तै उपयुक्त पार्टी एकतालाई र देशलाई आवश्यक को चियरमेन हाम्रो आदर्श हुन् ।
० नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरु रहेका छन् । त्यसमा अन्य कम्युनिष्ट पार्टीहरुले नेकपा भनेको एमाले र माओवादी मात्रको एकता हो । यी कम्युनिष्ट होइनन भन्ने आरोप लगाउँदै आएका छन् । ती अन्य कम्युनिष्ट पार्टीहरुलाई पार्टी एकताको लागि आव्हान नगरेको कि उनीहरु नआएका ?
नेकपा माओवादीको जनयुद्ध शान्तिपूर्ण ढंगबाट अगाडि बढ्नुपर्छ र जनताको बहुदलीय जनवाद अगाडि बढ्नुपर्छ भन्ने सिद्धान्त बोक्ने मदन भण्डारीको पार्टी र सशस्त्र जनयुद्धबाट आएको माओवादी पार्टी एकता हुने ठाउँमा अन्य कम्युनिष्ट पार्टीहरुमा एकता नहुन भन्ने होइन मत अहिल्यै तत्कालै आव्हान गर्छु सबै कम्युनिष्ट पार्टीका साथीहरु एकताबद्ध होऔं । कतिपय साथीहरुको नेतृत्वले नमानेको कारण नेतृत्वलाई त्यतै छाडेर यहाँ नेकपामा समाहित भइरहनुभएको छ । म ३ नंं प्रदेशको कुरा गर्छु ३ नं. प्रदेशमा मात्रै अन्य पार्टीबाट नेकपामा समाहित हुनेको संख्या अत्याधिक छ । त्यसकारण अव छुटै पार्टी बनाएर सानो पार्टीको नेता भएर होइन सिँगो देश र जनताको नेतृत्व गर्न प्रतिस्पर्धामा आउनुपर्छ र सबैको एउटै कम्युनिष्ट पार्टी बनाउ नेपालको समृद्धिको लागि काम गरौं बाँकी जीवन नेपाल बनाउन लगाउन अनुरोध गर्दछु ।
० अन्त्यमा ?
पहिलो कामको रुपमा हाम्रो पार्टीले सफलतापूर्वक संविधान र राष्ट्रियताको संरक्षण ग¥यो । नेपाल–भारत चिसिएको सम्बन्धमा सुदृढीकरण ग¥यो । चीनसँग प्रोटोकल सन्धीमा हस्ताक्षर गरेर भारतवेष्ठित भएको मुलुकलाई भूपरिवेष्ठित बनायौ । हामीले पाँचवर्ष भित्रमा ७ हजार मेगावाट विद्युत उत्पादन गर्छौ भनेर प्रक्षेपण गरेका छौं । त्यसपछि ऊर्जा संकटको अन्त्य हुनेछ । गरिबी रेखामुनि हाम्रो २१ प्रतिशत छ । त्यसलाई अबको पाँच वर्षमा १८ प्रतिशतमा झार्ने लक्ष्य राखेका छौं । आर्थिक बृद्धिदर ८ प्रतिशत पु¥याउने लक्ष्य छ । सारमा भन्नुपर्दा नेपालको पूर्वाधारको विकासमा साथसाथै सामाजिक आर्थिक उन्नति गरेर धेरैभन्दा धेरै रोजगार सृजना गर्ने लक्ष्य लिएका छौं । त्यसैले सरकारले आधारमूत काम गरिरहेको छ अब जनताको जनजिविका, संबृद्धि र जन अधिकारको लागि काम गर्ने छ । पार्टी घोषण पत्रमा उल्लेखित कामहरु आगामी क्रमस सम्बोध गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

नेपाल प्रयोगशाला हुन दिनु हुँदैन गोपी सिवाकोटी नेता, नेपाल विद्यार्थी संघ

  नेपाली काँग्रेसको भातृ संगठन नेविसंघमा बेला–बेलामा विवाद, बहस र गुटका कुराहरु निक्कै हुने गर्दछन् ...

Leave a Reply

Your email address will not be published.