Home / राजनीति / नेपाली काँग्रेस तात्यो

नेपाली काँग्रेस तात्यो

माघको चिसोमा काँग्रेसले सदन तताउँदै ।
नेकपा काँग्रेसलाई फकाउँदै ।
चैतबाट देशमा आन्दोलन हुने संकेत ।
नेकपाको महाधिवेशन अनिश्चित
नेकपा विदेशी गोटी भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आरोप ।
विदेशीहरु नेपाललाई पुनः द्वन्दमा फसाउन उद्धत ।
नेपालका चर्चित नेताका छोराछोरी धेरैजति विदेशी स्कुल, कलेजमा ।
काठमाडौं । सरकारको प्रतिपक्ष दल नेपाली काँग्रेसले माघ २१ गतेदेखि ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेसको आइतबार केन्द्रीय समितिको बैठकले वर्तमान नेकपाको सरकारले निरंकुश भन्दा पनि चरम ढंगबाट अधिनायकवादी चरित्र देखाउँदै एकपक्षीय ढंगबाट जनविरोधी काम गरेको छ । संवैधानिक परिपाटी, नियमविपरित आयोगहरुमा आयुक्तहरु नियुक्ति गरेको प्रति समेत आपत्ति जनाएको छ । निर्मला पन्तको बलात्कारको विषयमा समेत नेपाली काँग्रेसले आफ्नो विरोधको मुद्धा बनाएको छ ।
काँग्रेस पार्टीले सरकार, सदन, सडक तीनवटै क्षेत्रमा विरोध प्रदर्शन गर्ने जनाएको हो । आइतबार केन्द्रीय समितिको बैठक पछि नेपाली काँग्रेसका विभिन्न नेताहरुले सञ्चारकर्मीलाई प्रतिकृया दिँदै नेपाली काँग्रेस शान्तिपूर्ण ढंगबाट ७७ वटै जिल्लामा प्रदर्शन गर्ने र जनतामाथि भइरहेका अन्याय, अत्याचार, राष्ट्रको स्रोतमाथि भइरहेको भ्रष्टाचार जनतामा जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागेको प्रतिक्रिया दिएका थिए ।
नेपालमा सरकारमा हुँदा एउटा व्यवहार र सरकार बाहिर हुँदा अर्काे खालको व्यवहार देखाउँदै आएका पार्टीहरु आलोपालो सरकार हत्याउँदै आएका छन् । विशेष गरेर २०४७ साल पछि नेकपा एमाले र नेपाली काँग्रेसको व्यवहार एउटै खालको देखिँदै आएको थियो । अहिले नाम फरक भएपनि नेकपा भित्रका पात्र उही हुन् २।४ जना माओवादीबाट थपिएका मात्र हुन् ।
काँग्रेसका उही पुरानै अनुहारहरु नै रहेका छन् । युवा नेतृत्व यी दुबै पार्टीभित्र न्यून मात्रामा छन् । त्यसकारण विरोधका लागि विरोध र सत्ताका लागि हानाथाप गर्ने पुरानै परिपाटी नेपालमा राजनीति पार्टीहरुले अंगीकार गरिराख्दा नेपालसँगसँगै क्रान्ति गरेका देशले अत्यास लाग्दा विकास गर्दा नेपाल सधैं बिग्रेको गाडीजस्तै घ्याच्चघ्याच्च गरिराखेको छ । यसबाट पाठ सिकेर परिणाममुखी काम गर्न सक्षम युवा पुस्ताको नेतृत्व यो नेपालले खोजेको छ । विकल्प खोज्ने बेला भएको पो हो कि ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

सरकारलाई सतर्क रहन महासचिवको आग्रह

काठमाडौँ । नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई ...