Home / राजनीति / नेविसंघले स्ववियुमा सबै क्याम्पसमा भाग लिने

नेविसंघले स्ववियुमा सबै क्याम्पसमा भाग लिने

काठमाडौं । नेपाली कांग्रेस (विपी) को भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै क्याम्पसमा भाग लिने जनाएको छ । फागुनमा स्ववियु निर्वाचन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने तयारी थालेपछि उसले विचार मिल्ने अन्य विद्यार्थी संगठनसँग सहकार्य गर्ने निर्णय गरेको छ । शनिबार बसेको नेविसंघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अन्जान लामाले बताउनुभयो । ‘हामी निर्वाचनबाट भाग्दैनौं, हारिन्छ वा जितिन्छ भन्ने कुरा होइन’ लामाले भन्नुभयो ‘ अबको हाम्रो कार्यक्रम जिल्ला समिति बिस्तार र निर्वाचनको तयारी नै हो ।’ लामाले नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र धरातल छोडेकाले प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कांग्रेस (विपी) रहेको बताउनुभयो । पार्टी नेता, विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनका पदाधिकारीको समेत सहभागितामा भएको बैठकले संगठन बिस्तार समिति, आर्थिक संकलन समिति, प्रचार प्रसार समिति, भावी रणनीति निर्माण समिति गठनको समेत प्रक्रिया अघि बढाएको छ । बिधान मस्यौदा समितिमा महामन्त्री राज महर्जन, पार्टी प्रवक्ता देबेन्द्रराज पौडेलसहित नेताहरु रहनुभएको छ । बैठकमा पार्टी सभापति हरिबोल भट्टराई, महामन्त्रीहरु सुशीलमान शेरचन, पुष्पराज पराजुली, तरुल दलका अध्यक्ष प्रद्युम्न कार्की, ट्रेड युनियनका सह संयोजक शेरबहादुर ओली, महिला विभागकी नेतृ स्वस्थानी महतलगायतको उपस्थिति रहेको थियो । बैठकले रत्नकुमारी गड्तौला (यमुना), पुजन राउत र प्रिस्का श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । दिनेश तामाङलाई दोलखा अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

लोक सेवा आयोगको विज्ञापन रद्ध भएमा देशको लागि र्दुभाग्य हुन्छ । लालबाबु

आज सञ्चार केन्द« नेपालले लोक सेवा आयोगले स्थानीय तहको थालिएको परिक्षामा देखिएको अन्यौलताको निकाश विषेयक ...