Home / राजनीति / हलो चिन्ह कस्को ? राणाको कि तामाङको ??

हलो चिन्ह कस्को ? राणाको कि तामाङको ??

हलो चिन्ह कस्को ? राणाको कि तामाङको ??
एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्तिक) एकीकरण हुँन नपाउदै राप्रपा भित्रकै असन्तुष्ट पक्षधरहरुले युवा नेता लाक्पा तामाङको नेतृत्वमा अर्को नयाँ राप्रपा (लोकतान्त्रिक) पार्टीको लागि निवेदन दर्ता गराएका छन् ।
मण्डले पार्टीको उपमा भिर्दै आएका राप्रपाहरुले नेपालमा २००७ मा प्रजातन्त्र आइसके पछि र २०४७ पछि विभिन्न कालखण्डमा सत्ताको लागि पार्टी फुटाउँदै मन्त्री पद हत्याउदै आएकाहरुले पुनः पुरानै तरिका अपनाई २०६२–०६३ को लोकतन्त्र आएपछि पनि त्यहि तरिका अपनाएका थिए । त्यति बेलासम्म त सफल नै भए तर त्यो पुरानो तरिकाले २०७४ को स्थानिय निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा काम नगरेपछि सत्तामा जाने बाटो पनि बन्द भयो । त्यसपछि तिरमिराएका र राजालाई फर्काउने प्रलोभन देखाउँदै ब्यापारी पुर्व राजा ज्ञानेन्द«बाट मोटो रकम कुम्ल्याउँदै आएका तर पछिल्लो समय पुर्व राजा ज्ञानेन्द«ले पनि पत्याउन छाडेपछि यति बेला ए. राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) बिच पार्टी एकता गरेर राप्रपा संयुतm घोषणा भइसकेको छ ।
उतm समुहका लाक्पा तामाङ नेतृत्वका असन्तुष्ट पक्षधरहरुले पनि १ महिना अगाडी नै पार्टी दर्ताको लागि चुनाव चिन्ह स्थापनाकालको खालि ूहलोूे राखेर निवेदन दिएका थिए । अहिले राप्रपा संयुक्तले पनि उक्त ूहलोूे लागि दावि गरेपछि निर्वाचन आयोग अन्यौलमा परेको छ । प्रचलित संघिय कानुन वमोजिम जसले पहिला निवाचन आयोगमा निवेदन दियो चुनाव चिन्ह पनि उसैले पाउने कानुनी प्रावधान रहेको निर्वाचन आयुतm अयोधि प्रसाद यादवले बताए । रेकर्डमा असन्तुष्ट पक्षधर लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा (लोकतान्त्रिक)ले पहिला ूहलोूे चुनाव चिन्हको लागि निवेदन दिएको हुनाले उसैले ूहलोूे पाउने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

सरकारलाई सतर्क रहन महासचिवको आग्रह

काठमाडौँ । नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई ...