Home / राजनीति / नेकपा मालेले गरायो सरकारको ध्यानकर्षण ।

नेकपा मालेले गरायो सरकारको ध्यानकर्षण ।

नेपाल सकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउन गरेको निर्णयले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । युगिन परिवर्तनलाई संस्थागत गर्ने गरी नयाँ संविधानलाई कार्यान्वयन गर्ने÷गराउने र इमान्दारीतापूर्वक आफ्नै निर्वाचन घोषणापत्रलाई कार्यान्वयन गर्नु पर्ने दायित्वबाट वर्तमान केपी ओली नेतृत्वको सरकार चुकिरहेको छ ।

यो सरकार एकातिर राष्ट्रविखण्डन गर्ने घोषित उद्देश्य लिने सीके राउतको जस्तो समूहलाई सहमतिको नाममा राष्ट्रविखण्डनकारी गतिविधि गर्ने छुट दिन्छ र अर्कोतिर त्यही सरकार निश्चित राजनीतिक उद्देश्य लिएको एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउने जस्तो अपरिपक्व र निरंकुश निर्णय गर्दछ । नेकपा (माले) यस्तो कार्यको विरोध गर्दछ । वर्तमान परिवेशमा चन्द नेतृत्वको नेकपाले अपनाएको हिंसात्मक संघर्षको कार्यनीतिप्रति नेकपा (माले) सहमत छैन । तर त्यस्ता कृयाकलापहरुलाई प्रशासनिक ढंगले नियन्त्रण गर्ने नाममा पार्टीमाथि नै प्रतिबन्ध लगाउने जस्तो कार्यलाई गलत र गैरजिम्मेवार मान्दछ ।

सरकारले वार्ता र संवादको ढोका बन्दगर्नु हुन्न । राजनीतिक रुपले समस्याहरुलाई संबोधन गर्ने बाटो अख्तियार गर्दैै सरकारले उक्त पार्टीमाथि लगाइएको प्रतिबन्धबारे तत्काल पुनर्बिचार गरोस् भनी नेकपा (माले) सरकार समक्ष माग गर्दछ ।

२०७५ फागुन, २९
सी.पी.मैनाली
महासचिव

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

माओबादी कम्युनिष्ट केन्द« नेपालद्धारा विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया