Home / राजनीति / राप्रपा -लोकतान्त्रिक) को केन्दि्रय अध्यक्षमा ः लाक्पा तामाङ्ग

राप्रपा -लोकतान्त्रिक) को केन्दि्रय अध्यक्षमा ः लाक्पा तामाङ्ग

धनकुटा जिल्लाको हिलेमा २०४६ सालको महान परिवर्तन सँगै यस धर्तीमा पाईला टेकेका युवा नेता लाक्पा तामाङ्ग सानै उमेरदेखि देशलाई माया गर्दै अन्याय र अत्याचारको विरुद्धमा खुलेर बुलन्द आवाज उठाउँथे । समयक्रम सँगै युवा अवस्थामा पुग्दा उनी राजनितिमा सक्रिय हुन थाले । प्रजातन्त्रमा विश्वास राख्ने तामाङ्गलाई अनेक जालझेल षडयन्त्र गरि २०७० सालमा पहिलो पटक जेल हालियो । जेलबाट निस्केपछि पुनः राप्रपा नेपालको झण्डा बोकि राजनितिक यात्रामा अझ धेरै सक्रिय भए । तर २०७० सालको पहिलो संविधान सभाको चुनाव पश्चात उहाँलाई फेरि जेल हालियो । जेलभित्र पनि आफ्नो संगठन तयार गरि जेल प्रशासन र सरकारसँग कैदि-बन्दीहरुलाई दमन र शोषण गरिएको भन्दै कैदि अधिकारको बुलन्द आवाज उठाउँदै जेल आन्दोलन गरे । यसै जेल आन्दोलनको क्रममा उहाँलाई काठमाण्डौँको सेन्टर जेलबाट सरुवा गरि ललिपुरको नख्खु जेल चलान गरियो । अन्तत ः दोस्रो पटक १५ महिनाको जेल जिवनपछि उहाँ माथि लगाईएको २३ करोड २० लाख रुपैँया अनियमितता गरेका पुष्टि नभएपछि अदालतले रिहा गरे । जेलमा राजनिति, कानुन र बुद्ध धर्मदर्शनको गहिरो खोज अनुसन्धान र अध्ययन गरेका उनले २४ वर्षै उमेरमा “भ्रष्टाचार शुन्य समाज” नारा बोकेर आफ्नो कामबाट जनताको मन जित्न सफल भए । आफ्नो नेतृत्वमा एसिटि -एन्टि करपसन टिम) तयार गरि उनले धनकुटा लगायत नेपालको पर्ुर्वी भागमा कालाबजारी, भ्रष्टचारी, घुसखोरीहरुलाई कानुनी कठघरामा उभाए । राप्रपा नेपालबाट धनकुटा जिल्ला कार्यबाहक अध्यक्ष समेत बनिसकेका तामाङ्गले उहि पार्टर्ीी भातृ संगठन साँस्कृति मंचका केन्दि्रय सदस्य तथा १ नं प्रदेशको संयोजक समेत बनेर नेतृत्व गरे ।
एकातिर कम्युष्टिहरुले सारा नेपाली जनतालाई झुठा र खोक्रो आश्वसन बाडि सत्ता हत्याईरहेका थिए भने अर्कातिर उहाँले अझ धेरै प्रजातन्त्र र स्वतन्त्रताको बुलन्द आवाज जनतामाझ घन्काई रहेका थिए । नेकपाको दर्ुइ तिहाई बहुमतको सरकारले मुलुकमा राज गरिरहेको बेला राप्रपा भनाउँदा पर्ुव पञ्चेहरुका पार्टर्ीीने टुट्दै र फुट्दै थिए । नेतृत्व वर्गहरु पैसा र कर्ुर्सर्ीीानातानमा मस्त थिए । कार्यकर्ताहरु पार्टर्ीी नेताहरुबाटै अपहेलित र तिरस्कृत भईरहेका थिए । आफ्ना नेताहरुको लोभिपन, अपहेलना, दमन र शोषणको भण्डाफोर गर्दै हजारौँ उर्जाशिल, जोशिला युवाहरुको साथमा बौद्ध राष्ट्रको मुल एजेन्डा सहित उहाँको नेतृत्वमा राप्रपा -लोकतान्त्रिक) नामक पार्टर्ीीडा भयो । र्सवधर्म समाभाव सहितको सनातन बौद्ध राष्ट्रको एजेण्डा सहित तामाङ्ग नेतृत्वको राप्रपा -लोकतान्त्रिक) ले चुनाव चिन्ह “खालि हलो”े दाबि गरि दल दर्ता गराउन बित्तिकै राणा नेतृत्वको राप्रपा -संयुक्त) ले समेत आफ्नो पुरानो चुनाव चिन्ह गोलाकार भित्रको “हलो” त्यागि उहि “खालि हलो”े दाबि गरेपछि तामाङ्ग र राणा बिच निर्वाचन आयोगमा चकाचर्की समेत भएको थियो । स्व. पर्ूव प्रधानमन्त्री श्री र्सर्ुय बहादुर थापा पश्चात धनकुटा जिल्लाबाट दोस्रो पटक दोस्रो ब्याक्ति राप्रपाको पार्टर्ीीध्यक्ष बनेको हो । हाल यतिखेर तामाङ्ग दोस्रो र्सर्ुय ब. थापाको नामले पनि राप्रपा भित्र चर्चित छन् ।
गाउँको सामान्य किसान परिवारमा जन्मिनु भएका २९ वर्षो कलिलै उमेरमा राप्रपा जस्तो शक्तिशाली प्रजातान्त्रिक पार्टर्ीीे अध्यक्ष बनेका तामाङ्गले माईक्रोसफ्ट करपोरेसन लि. -अमेरिका) बाट आईटि नेर्टवर्कर् इन्जिनियरिङ समेत गर्नु भएको छ । हाल राजनितिशास्त्रबाट स्नातक गरिरहनुभएको तामाङ्गले राजनितिशास्त्रबाट पि.एच.डि गर्ने लक्ष्य राख्नु भएको छ । उहाँले बुद्ध जन्मिएको देश नेपाललाई बौद्धराष्ट्र घोषणा गरि सनातन बौद्धराज्य सापेक्ष मुलुकहरु भियतनाम, मालदिभस, मेनमार, ताईवान, थाईलेण्ड लगायतका १३ वटा मुलुहरुलाई प्रतिनिधित्व नेपालले गर्ने उदेश्य राख्नु भएको छ । तामाङ अगाडी थप्नुहुन्छ ः शान्तिको अग्रदुत भगवान गौतम बुद्ध जन्मिनुभएको शान्ति भुमिलाई बौद्धराष्ट्र घोषणा गर्नु बौर्द्धधर्मवलम्बीहरुको मात्रै नभएर सिङ्गो नेपाल र पौने तिन करोड नेपालीहरुको लागि गर्वको विषय हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

माओबादी कम्युनिष्ट केन्द« नेपालद्धारा विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया