Home / राजनीति / यी हुन् पूर्व माओवादीले पाएका ३३ जिल्ला र अध्यक्षहरु

यी हुन् पूर्व माओवादीले पाएका ३३ जिल्ला र अध्यक्षहरु

काठमाडौं । सत्तारुढ नेकपामा पूर्व माओवादीका भागमा परेको ३३ जिल्ला अध्यक्षको नाम सार्वजनिक भएको छ । पूर्व माओवादीले प्रदेश १ का १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको हो । जिल्ला अध्यक्ष् पाउनेमा ताप्लेजुङका बिजय बनेम, सुनसरीका रामकुमारी चौधरी, उदयपुरका विनोदकुमार कटुवाल, खोटाङका देवान चाम्लिङ र ओखलढुंगामा मोहनकुमार खड्का छन् ।
यसैगरी प्रदेश २ मा पूर्व माओवादीले चार जिल्ला पाएको छ । पूर्व माओवादीबाट सिराहामा रामकुमार यादव, धनुषामा जोखकुमार बरबरिया यादव, सर्लाहीमा डाचाराज वाग्ले र बारामा गोपाल ठाकुर अध्यक्ष बनेका छन् ।
यसैगरी प्रदेश ३ का ५ जिल्ला पूर्व माओवादीको भागमा परेको छ । पूर्व माओवादीबाट सिन्धुलीमा राजन दाहाल, रामेछापमा मैनकुमार मोक्तान, नुवाकोटमा हिरानाथ खतिवडा, चितनवमा यमबहादुर परियार र काभ्रेमा रुकु चौलागाई अध्यक्ष बनेका छन् ।
गण्डकी प्रदेशबाट लम्जुङमा मधुमाया अधिकारस्, गोरखामा जगन्नाथ खनाल, स्याङ्जामा पारस गैरे र म्याग्दीमा गोविन्द पौडेल अध्यक्ष बनेका छन् । प्रदेश ५ मा पूर्वमाओवादीबाट बाँकेमा आईपी खरेल, बर्दियामा भुवन थारु, नवलपरासीमा राजुप्रसाद हरिजन, रोल्पामा सुरेन्द्र थापा र पूर्वी रुकुममा मेघवहादुर श्रेष्ठ अध्यक्ष भएका छन् ।
यस्तै कर्णाली प्रदेश अन्तर्गत कालिकोटमा दुर्गावहादुर राउत, मुगुमा सुखबीर बुढा, हुम्लामा विजय भण्डारी, जाजरकोटमा ढकवीर पुन र पश्चिम रुकुममा गोपाल शर्मा अध्यक्ष भएका छन् । सुदुरपश्चिम प्रदेशबाट डडेलधुरामा मानसिंह माल, बझाङमा कलबहादवुर खड्का,कञ्चनपुरमा वीरवहादुर थापा र दार्चुलामा गणेश खत्री अध्यक्ष भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

माओबादी कम्युनिष्ट केन्द« नेपालद्धारा विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया