Home / समाज / एनवाईइएफसग पाचौ पटक साझेदार ।

एनवाईइएफसग पाचौ पटक साझेदार ।

 

नेपालका युवा उद्यमीहरुको साझा मञ्च (एनवाईइएफ)ले व्यापार योजना विकास सम्बन्धी दुई हप्ता लामो कार्याशाला आयोजना गर्न लिडर प्रोजेक्टसँग पाँचौं पटक साझेदारी गरेको छ । एनवाईइएफको महत्वपूर्ण प्रयासको रुपमा लिइएको यो कार्यशाला अप्रिल २२ देखि मे ३ सम्म चलेको थियो । वेस्र्टन विश्वविद्यालयको आइभी बिजनेस स्कुलका विद्यार्थीहरुको प्रयासमा भएको कार्याशालाको उद्येश्य व्यापार सम्बन्धी तालिमहरु मार्फत् आर्थिक विकास प्रबद्र्धन गर्नु रहेको थियो । कार्याशालामा ४० जनाको सहभागिता रहेको थियो । लिडर प्रोजेक्टका लागि सबै प्रशिक्षकहरुलाई आइभी बिजनेस स्कुलको विशेष विधिबाट प्रशिक्षित गरिएको थियो । त्यस्तै पाठ्यसामाग्री पनि अन्तर्राष्ट्रिय स्तरको प्रयोग गरिएको थियो । दुई हप्ताको कार्याशालापछि अन्तिम दिनमा कार्याशालाका सहभागीहरुले आफ्नो व्यापारिक योजना निर्णायाकहरुलाई सुनाउने कार्यक्रम रहेको छ । निर्णायक मण्डलमा औद्योगिक क्षेत्रका विज्ञ सहित उच्च व्यवसायीक व्यक्तित्वहरु सदस्य रहनु हुनेछ । दर्शक दिर्घामा लिडर प्रोजेक्टको एलमुनी पनि उपस्थिति रहनेछ । आयोजक एनवाईइएफ नेपालका युवा उद्यमीहरुको उच्च तहको साझा मञ्च हो । गैर नाफामुलक यस संस्थाको उद्येश्य सकारात्मक व्यापारिक सोचको विकास गर्नु हो । वैचारिक मन्थन, तालिम, शिक्षा लगायतका माध्यमबाट दक्ष व्यवसायी उत्पादन गर्नु पनि यस संस्थाको लक्ष्य रहेको छ । नेपालका सबै निजी संस्थाहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट यसले सेप्टेम्बर २६, २००३ मा संस्थागत मान्यता पाएको थियो । लिडर प्रोजेक्टका प्रायोजकमा माछापुच्छ«े बैंक, सीइसीआई र मिड भ्याली कलेज रहेका छन् । माछापुच्छ«े बैंक एक दशक अघि देखि वित्तिय क्षेत्रमा ख्याती कमाएको क वर्गको अग्रणी वाणिज्य बैंक हो । मिड भ्याली कलेज मलेसियाको हेल्प विश्वविद्यालयबाट सम्बधन प्राप्त हस्पिट्यालीटी तथा म्यानेजमेन्ट अध्ययनका लागि विज्ञहरुद्धारा संचालित शैक्षिक प्रतिष्ठान हो । सीइसीआई अफ्रिका, एसीया र अमेरिकामा गरिबी विरुद्ध लड्न सन् १९५८ मा स्थापना भएको संस्था हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

क्षत्री समाजको घोषणासभा सम्पन्न

काठमाडौं । क्षत्री समाज नेपालको घोषणासभा सम्पन्न भएको छ । हिजो बालकुमारी पार्टी प्यालेसमा नव ...