Home / स्वास्थ्य / क्यान्सर रोग केलाई भनिन्छ र यो रोग के हो थाहा पाई राखौं सुरेश कुमार अधिकारी “मित्र”

क्यान्सर रोग केलाई भनिन्छ र यो रोग के हो थाहा पाई राखौं सुरेश कुमार अधिकारी “मित्र”

हाम्रो शरीर करोडौं ससाना कोषकोषिकाहरु मिलेर बनेको हुन्छ । हाम्रो शरीरका यी कोषकोषिकाहरु मध्ये दिनहुँ कुनै न कुनै कोष कोषिकाहरुको बृद्धि हुने, नयाँ बन्ने र मर्ने कार्यहरु भइरहेका हुन्छन् । यो नयाँ बन्ने कोष कोषिकाहरुको बृद्धिक्रम सामान्य अवस्थामा नियन्त्रण भित्र नै रहेको हुन्छ । यस्तो नियन्त्रण भित्रको DNA (Deoxyribonucleic Acid) बाट भएको हुन्छ । यसरी नियन्त्रणभित्र रही बृद्धि हुने कोषकोषिकाहरुको आकार र काम मिल्दोजुल्दो हुन्छ । तर अस्वस्थकर खानपिन, जीवनशैली, वातावरणीय असर तथा अन्य भित्री कारणहरुबाट यसमा खराबी आउन गई कोष कोषिकाहरुको बृद्धि अनियन्त्रित रुपमा हुन जान्छ । यसरी बृद्धि भएको कोषिकाहरुबाट विस्तारै विस्तारै ससाना गिर्खा बन्दछन् । यी गिर्खाहरु २ प्रकारका हुन्छन् । पहिलो Benign Tumor अर्थात् शरीरलाई नोक्सान नगर्ने र अन्य नफैलने किसिमका गिर्खालाई नै Benign Tumor भनिन्छ । जस्तै कोठाी, मूसा तथा छालाभित्र हुने बोसोको डल्ला यसका उदाहरण हुन् । दोश्रो Malignant Tumor अर्थात् अर्को प्रकारको गिर्खा हो भने शरीरलाई नोक्सान गर्ने, एक स्थानबाट अर्को स्थानमा सर्न सक्ने दूरगुण भएका पनि हुन्छन् । यस प्रकारका गिर्खालाई हामी ःMalignant Tumor, Mallignant, Neoplasm or Cancer र नेपालीमा अर्बुदरोग पनि भनिन्छ ।
रगतको क्यान्सरका सर्ने गिर्खा नभई रक्त कोषिकाहरुमा असामान्य परिवर्तन हुने गर्दछ । क्यान्सका कारणहरु भन्नु पर्दा यो एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोग हो ।
क्यान्सर रोग लाग्नका लागी एक भन्दा धेरै तत्वको भूमिका हुन सक्दछ । यो रोग गराउने सबै तत्वहरु अर्थात कारणहरु यकिन रुपले थाहा हुन नसके पनि हाल सम्मका अनुसन्धानबाट देखिए अनुसार क्यान्सर रोगका कारणहरु मध्ये करिब ९० प्रतिशत कारणहरु भ्हगनभलयगक Exugenous Factor रहेका छन् । बाह्य कारणहरुमा अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभाव प्रमुख रुपमा पाईएको छ । त्यस बाहेक करिब १० प्रतिशत क्यान्सर बनाउन शरीरका आन्तरिक कारण Endogenous Factor उमेर, लिङ्ग जाती आदिहरु पनि जिम्मेबार छन् । जसमध्ये बाह्य कारणहरुमा पहिलो कारण सूर्ति, तथा सूर्तिजन्य पदार्थको सेवन मूख्य हो । सूर्ति जन्य पदार्थमा ४ हजार भन्दा बढी प्रकारको सेवन मू्रख्य हो । सूर्ति जन्य पदार्थमा ४ हजार भन्दा बढी प्रकारका हानिकारक रसायनिक तत्वहरु रहेका हुन्छन् । यसमध्ये करीब ४० प्रकारका हानिकारक रसायनिक तत्वहरुले विभिन्न अंगहरुको क्यान्सर गराउँछ । यि कुराहरुको पृष्टी अनुसन्धानबाट प्रमाणित भईसकेको छ । सूर्ति वा सूर्तिबाट बनेका पदार्थहरु जस्तै चुरोट, बिडि, तमाखु, खैनी, सूर्ति, धुवा तानेर वा चपाएर खाने आदिको सेवनले मुख, श्वासनली, फोक्सो, आमासय, गर्भासय, ,मुत्रनली, मृगौला लगायत शरीरका अन्य अङ्गहरुको क्यान्सर हुन्छ । यसका साथै चुरोट, बिडी सेवन गर्ने व्यक्ति स्वयंमलाई मात्र होइन यसको धुवाको प्रभाव हरुलाई पर्ने हुन्छ ।Pasive Smoking वरीपरी बस्ने अन्य व्यक्तिहरुलाई पनि क्यान्सर तथा अन्य जटिल रोगहरु लाग्न सक्दछ । गर्भवती महिलाहरुले सूर्ति जन्य पदार्थको सेवन गरेमा गर्भमा भएको बच्चालाई समेत नोक्सान पु¥याई गर्भ तुहिने, कम तौलको बच्चा जन्मने जन्मजात विकृति देखापर्ने, समय नपुगी बच्चा जन्मने आदी खतरा देखा पर्न सक्छ । सूर्ति सेवनबाट क्यान्सर रोगका साथै मुटुसम्बन्धी रोगहरु, पेट सम्बन्धी रोगहरु साथै फोक्सो सम्बन्धी दम, ब्रोकाईटिस आदि रोगहरु पनि लाग्दछ । मादक पदार्थको सेवनबाट पनि (जस्तै, जाड, रक्सी, वियर आदि) मुख, अन्ननली, पेट, आन्द्रा स्तन, कलेजोको साथै अन्य अङ्गको क्यान्सर हुन सक्दछ । मादक पदार्थको साथ–साथै सूर्तिजन्य पदार्थको सेवन गरेमा क्यान्सर हुने सम्भावना अत्यधिक बढेर जान्छ । त्यसैगरी खानपिन तथा खाद्य पदार्थको पनि भूमिका रहेको छ । करिब ३५ प्रतिशत क्यान्सर यससँग सम्बन्धित भएको पाईएको छ । बासी सडेगलेका र ढुसी परेका खानेकुराबाट क्यान्सर गराउने रसायनिक तत्वहरु पाईन्छ । यस्तै किटनासक औषधि र रसायनिक मलहरु प्रयोग भएको अन्न, फलफूल, तरकारी र सागपातहरुको सेवनले पनि क्यान्सर गराउन सक्दछ । बजारमा पाईने विभिन्न खानेकुराहरु र मिठाईहरुमा हानिकारक रङ्गहरु तथा अन्य हानिकारक रसायनिक पदार्थहरु मिसाईएको वस्तु खानाले पनि क्यान्सर रोग हुन सक्दछ । त्यस्तै डढेको, पोलेको तथा बोसोयुक्त मासुखानाले आमाशय, आन्द्रा, पित्तथैली आदिमा क्यान्सर लाग्न सक्दछ । अत्याधिक मात्रामा विकीरणयुक्त सामानहरु जस्तै x-ray, CT-scan, Rediation जस्ता उपकरणहरुबाट निस्कने विकिरणको प्रभाव अध्याधिक मात्रामा हुन गएमा रगतको क्यान्सका साथै Solar Radiotion बाट छालाको क्यान्सर हुन सक्दछ । वातावरणीय र व्यवसायिक प्रदुषणमा आफू बसेको वा काम गर्ने ठाउँमा वा वरीपरी फोहोर मैल हुनु, त्यस्तै सवारी साधन र कल–कारखानाबाट निस्कने धुलो र धुवाको असरले पनि क्यान्सर लगायत अन्य रोगहरु लाग्दछन् । प्रदुषित हावा, पानी र वातावरणमा पाईने Benzen, Arfenic Cadmluum Clremium Asbestas, Polycyclic Hydrocartbon, vinul Anloride जस्ता हानिकारक तत्वहरुले शरीरको विभिन्न अङ्गहरु ज्स्तै फोक्सो, घाटी, पेट, आन्द्रा हादिको क्यान्सर गराउँछ । भाईरसले लामो समय सम्म सक्रमण भएमा पनि क्यान्सर हुन सक्दछ । जस्तैः Human papihoma lirous को सक्रमणकै कारणले गर्भासयको मुखको क्यान्सर Hepatities B Virus ले इवासनली र ग्रन्थी सम्बन्धी Nasopharynx and uymprioma क्यान्सर गराउँदछ ।
Schistosomiatis जस्ता परजीवीको सक्रमणका कारणले मुत्रथैलीमा क्यान्सर भएको पाईएको छ Halicobactor pylori व्याक्ट्रेरियाको सक्रमणबाट आमाशयको क्यान्सर हुन सक्छ भित्री कारणहरुमध्ये व्यक्तिगत कारणबाट धेरै जसो रोगहरु लाग्ने गर्दछ जस्तै लिङ्गको क्यान्सर पनि हुन सक्छ, जसमा हर्माेनको गडबडीले हुने प्रभावबाट पुरुषमा प्रोष्टेड र महिलाहरुमा स्तन गर्भासयको मुखको र पाठेघरको क्यान्सर भएको पाईएको छ केही क्यान्सर कम उमेरमा लागेको पाईएतापनि उमेर बढ्दै जादा यो रोग लाग्ने सम्भावना पनि बढेर जान सक्छ । प्राय जसो कालो जाती भन्दा गोरो जातीहरुलाई छालाको क्यान्सर भएको देखिएको छ । गर्भासयको क्यान्सर धेरै बच्चा जन्माउने महिलाहरुलाई बढी देखिएको छ । खास गरी व्यक्तिगत सर–सफाइमा ध्यान नदिने, पाठेघर गुप्ताङ्क, छाला, मुख आदि अङ्कहरुको क्यान्सर भएको पाईएको छ ।
कुनै क्यान्सर बंशाणुगत पनि हुन्छ जस्तै आखामा देखिने Retino blastoma ठुलो आन्द्रामा हुने Polypasiscoli स्तन क्यान्सर नजिकका नातेदारहरुमा लाग्ने सम्भावना बढी हुन्छ ।
शरीरमा लगातार घर्षण भई राख्ने भागहरुमा पनि कोष कोषिकामा असामान्य परिवर्तन भई क्यान्सर हुन सक्दछ । जस्तै नक्कली हालको लगातार घर्षणले मुखको क्यान्सर हुन सक्दछ । त्यस्तै बढी डटेर भएको कण्डमलाई धेरै एउटै महिलालाई प्रयोग गरी राखेमा महिलाको पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहन्छ । शरीरमा रोगसँग लड्ने क्षमताको कमी, मानसिक तनाव र चिन्ता आदिको कारणले शरीर कमजोर भई रोगसँग लड्ने क्षमताको कमी भएको बेला क्यान्सर बनाउने कारकतत्वको प्रभावबाट क्यान्सर हुन सक्दछ ।
विश्व स्वास्थ्य संगठनको अनुसार प्रतिवर्ष १ करोड १० लाख भन्दा बढी मानिसहरु क्यान्सर रोगबाट पीडित हुने गरेका छन् र ७५ लाख भन्दा बढी मानिसहरु क्यान्सर रोगबाट मृत्यु भई सकेका छन् । वर्तमान विश्वमा हुने कुल मृत्युको करीब १३ प्रतिशत कारक तत्व बनेको क्यान्सर रोग एक जटिल जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ । विश्वव्यापाी रुपमा बढिरहको यो रोग नेपालमा पनि जटिल समस्याको रुपमा देखा पर्दछ । यस रोगको नियन्त्रणका लागि प्राथमिकताका साथ समन्वयात्मक ढङ्गले कार्यहरु गरी क्यान्सर रोकथाम, नियन्त्रण तथा उपचारका कार्यक्रमहरु संचालन विद्यालय टोल–टोलमा नगरेमा आगामी दिनहरुमा यो रोग अझै व्यापक हुन सक्ने विशेषज्ञहरुको अनुमान छ । सकभर कृतिम खाना, विषादी खाना जङ्गफुड रङ्ग भएको खानेकुरा वहिष्कार गरौं । देशभित्र भित्रिएका यस्ता खाना र गुडका जन्य पदार्थ सरकारले रोक लगाएर आयात गर्न बन्द गर्दा राम्रो हुन्छ ।
(लेखकः नेपाल अर्बुद रोग निवारण संघको आजिवन सदस्य स्वास्थ्य क्षेत्र, पत्रकारिता क्षेत्र र गैर सरकारी संस्था महासंघ, एवं नेपाल पत्रकार महासंघ आवद्ध हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

देशभरका अस्पतालमा आकस्मिक बाहेकका बन्द ।

  १७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ...