Home / समाज / चितवनमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था गठन

चितवनमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था गठन

 

भरतपुर । स्थानीय जिल्ला प्रशासन कार्यालय चितवनमा कानुन अनुसार स्थानीय समाजसेवी भिमबहादुर श्रेष्ठको अध्यक्षतामा “भ्रष्टाचार विरुद्ध नागरिक निगरानी” नामक संस्था भर्खरै गठन भएको छ । यही क्रममा मिति २०७५ वैशाख १६ गते जिल्ला प्रशासनको हलमा एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यक्रमको बारेमा संस्थाको उद्देश्यको बारेमा प्रकाश पारिएको थियो ।
अख्तियार दुरुपयोग निवारण आयोग र स्थानीय जिल्ला प्रशासनको पहलमा गठित यस संस्थाले विधानको परिचालन गर्दै आधुनिक राज्यको सुशासन सम्बन्ध्ी अवधारणा “समृद्ध नेपाल र सुखी नेपाली” नारा साकार पार्न साझा नारालाई बोकेर सबैखाले सार्वजनिक सरकारी, गैरसरकारी, संघ,संस्थाहरुमा हाम्रो उद्देश्य प्राप्तीको पाइला अगाडि बढ्नेछ भनी प्रेस विज्ञप्तिमा भनिएको छ । कानूनी सर्वोच्चता र सर्वोपारिता, जनसहभागितामूलक, सहमतिउन्मुख, उत्तरदायित्व, पादरर्शीता, जवाफदेहीता, प्रभावकारीता र कार्यक्षमता, समानता र समावेशीता सहितको शासनले सुशासनको अनुभूति दिने हुँदा सोका लागि हाम्रो संस्था पहेदारको भूमिकामा अनवरत लाग्नेछ भनी कार्यक्रममा आयोजकको तर्फबाट अध्यक्षज्यूले व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, नेपाल पत्रकार महासंघका सभापति, गैरसरकारी संस्था महासंघको अध्यक्षलगायत धेरै पत्रकारहरुको सहभागीता रहेको थियो । अन्त्यमा सबैको सहकार्यको लागि प्रेस विज्ञप्तिमार्फत आव्हानका साथ अनुरोध गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

क्षत्री समाजको घोषणासभा सम्पन्न

काठमाडौं । क्षत्री समाज नेपालको घोषणासभा सम्पन्न भएको छ । हिजो बालकुमारी पार्टी प्यालेसमा नव ...