Home / समाज / भक्तराज प्रतिष्ठालाइ सिटी एक्सप्रेसको सहयोग ।

भक्तराज प्रतिष्ठालाइ सिटी एक्सप्रेसको सहयोग ।

भक्तराज प्रतिष्ठालाइ सटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन । लेखा समितिले लोक सेवा आयोगको विज्ञापन खारेज ...