Home / स्वास्थ्य / मानव स्वास्थ्यमा “मानसिक रोग” समस्या र समाधान एक चर्चा

मानव स्वास्थ्यमा “मानसिक रोग” समस्या र समाधान एक चर्चा

मनसिक स्वास्थ्य एउटा यस्तो अवस्था हो । जसमा सबै व्यक्तिहरुको आफ्नो क्षमता अनुभव गरेर दैनिक जीवनको तनावहरुलाई सामना गरी आफ्नो काम उपयोगी र लाभकारी ढंगले गरी आफ्नो समाजमा केही योगदान पु¥याउन सक्छन् । शारिरीक स्वास्थ्य जति महत्वपूर्ण छ । त्यति नै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि छ । There is no health without mental Helath भन्ने वाक्य एकदम साँचो पनि छ । मानसिक अस्वस्थता निम्त्याउने विभिन्न कारणहरु हुन्छन् ।
अध्ययन के भन्छ भने मानसिक अस्वस्थताका कारणहरु भौतिक, सामाजिक वातावरणीय र मनोवैज्ञानिक हुन्छन् भनेर पत्ता लगाएका छन् । नैतिक कारणहरुमा हरेक व्यक्तिको आफ्नो अनुवांशिक संरचनाले मानसिक अस्वस्थता र मष्तिष्कमा आघात पु¥याउन सक्छ । यसले कहिलेकाहिँ बदलाव ल्याउन सक्छ र कुनै परिस्थितिमा रोगहरुको लक्षण पनि उत्पन्न गराउन सक्छ । रक्सी र अन्य लागुपदार्थको दुरुपयोगले पनि मानसिक अस्वस्थता निम्त्याउन सक्छ । सामाजिक र वातवरणीय कारणहरुमा आफ्नो जिविकोपार्जन गरिबीमा वा समाजसँग अलगिएर बसेको, बेरोजगारी वा काममा धेरै तनाव खेपिरहेको कारणले व्यक्तिको मानसिक स्वास्थ्यमा दबाब पर्न सक्छ र उ मानसिक रोगी हुन सक्छ । मनोवैज्ञानिक कारणहरुमा विगत र वर्तमानका पिडादायी अनुभवहरु ज्स्तै दुव्र्यवहार, वियोग, सम्बन्ध विच्छेद, अंशवंडा सम्बन्धी विषयमा सामना गरिरहेकै व्यक्तिहरुको मानसिक र भावनात्मक अवस्थामा प्रभाव पार्न सक्छ । शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य विचको सम्बन्धमा चाहिनेभन्दा कम शारीरिक स्वास्थ्यले मानसिक स्वास्थ्यका समस्याहरुको जोखिम बढाउन सक्छ । त्यस्तै चाहिने भन्दा कम मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउन सक्छ, जसले अरु स्वास्थ्य समस्याहरुको जोखिम बनाउन सक्छ ।
त्यस्तै गरी टाइप २ मधुमेह भएका बिरामीहरुमा डिप्रेशन हुने सम्भावना दुई गुणा बढी हुन सक्छ र मधुमेहका बिरामीहरु जसलाई डिप्रेशन छ, उनीहरुलाई आफ्नो ध्यान राख्न धेरै गाह्रो हुन्छ । मानसिक रोगका बिरामीहरु अरु मानिसहरु भन्दा २ गुणा बढी धुम्रपान सेवन गर्न सक्छन् । लगभग ५० प्रतिशत क्यान्सरका बिरामीहरुमा डिप्रेशन र मानसिक व्यग्रता जस्ता मानिसक रोगहरु लाग्न सक्छ । त्यस्तै डिप्रेशन भएका बिरामीहरुमा हृदयघात हुने खतरा अरु सामान्य जनसंख्या भन्दा दुई गुणा बढी हुन्छ र डिप्रेशनले मुटु रोगीहरुको मृत्युको खतरा पनि बढाउन सक्छ । मनसिक रोगका कोही लक्षणहरु यस्ताखालका हुन्छ्न । जस्तै मान्छेको मुटु बेलाबेलामा परिवर्तन हुनु अथवा उदासिनता देखापर्नु, व्यक्तिगत स्वरुप र जिम्मेवारीमा ध्यान नदिनु र दिन नसक्नु । लागु पदार्थ र मदिराको अत्याधिक सेवन गर्नु । आफू बाँच्न नचाहेको जस्तो खालको कुरा गर्नु, हरकत देखाउनु । पहिला जुन कार्य गर्दा रमाईलो महशुस गर्दथ्यो । अहिले त्यो कार्यमा त्यति रुची नलाग्नु । सामाजिक कृयाकलापबाट पछि हट्नु र आफ्नो परिवार र साथीभाईहरुसँग कम समय बिताउनु । निन्द्रामा समस्या आउनु जस्तै निन्द्रा नपुग्नु, अथपा सामान्य भन्दा धेरै सुन्तु । सामान्य भन्दा कम खानु अथवा धेरै खानु, जसले गर्दा बजन घट्न वा बुढ्नु । धेरै चिर चिराहट, आक्रामक शैली हुनु । झगडालु र संकालु हुनु । अरुसँग कुरा गर्न पनि गाह्रो मान्नु, कुराहरु बिर्सने बानी बस्नु ।
समय समयमा सबै शरीरका अंगहरु दुख्ने कमजोरी महशुस गर्ने, काम गर्ने क्षमतामा ह्रास आउनु, नभएका कुराहरु सुन्नु वा देख्नु कल्पनामा लागेर कुराहरु गर्नु यी सबै मानसिक रोगका लक्षण हुन् ।
मानसिक स्वास्थ्य समस्याहरुमा मानिसहरुले विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्याहरु अनुभव गर्न सक्छन् । ती समस्याहरुले व्यक्तिको सोचाई, स्वभाव, चालचलनमा असर पार्न सक्छ । विभिन्न मानसिक स्वास्थ्य समस्याहरु यस प्रकार छन् ।
१) एन्जाइटी डिसअर्डरः यसमा डर लागि रहने, मन आत्तिरहने र साथमा शरीरका विभिन्न भागमा लगातार अप्ठ्यारो महशुस भइरहन्छ । विचार दोहोरिने मानसिक रोग, मनोत्रास, फोलिया र एन्जाइटी डिस्अर्डर भित्र पर्दछन् ।
२) व्यवहार सम्बन्धी विकारः बच्चाहरुमा कम्पनीमा पनि छ महिनासम्म एक विघटनकारी स्वरुपको व्यवहार यस डिसअर्डर देखिन्छ र फलस्वरुप स्कुल घर र समाजमा समस्याहरु उत्पन्न गराउँछ । व्यवहार सम्बन्धी विकारको एउटा उदाहरण भनेकोAttention Deficit Hyperactivity Disorder (ADHD) हो ।
२) निकास सम्बन्धी विकार वा डिस्अर्डर मनोवैज्ञानिक विकार सम्बन्धी डिसअर्डर हो र यसभित्र भाषा सम्बन्धी विकार र अर्टिजम स्पक्ट्रम डिस्अर्डर पर्दछन् ।
४) इटिङ डिस्अर्डः यो डिस्अर्डरमा बजन र खानालाई लिएर धेरै भावना प्रनिदी र बानी व्यवहारहरु देखापर्दछन् । यसमा भोक लागि राख्नु तृप्त नहुनु अर्थात् अतृप्त हुनु र अनि भोजन गर्ने रोगको निकास हुन्छ ।
५) मुटु डिस्अर्डर, यसमा उदासिन, अधिक खुसी, अथवा धेरै खुसी र उदासिनता वीच र तलमाथि हुने जस्ता भावनाहरु संलग्न छन् । डिप्रेशन, वाइपोलर, डिस्अर्डर, आफूलाई स्वयम् हानी गर्नु जस्ता मानसिक रोग मुटु डिस्अर्डर भित्र पर्दछन् ।
५) Personality डिस्अर्डर भएका व्यक्तिहरु ह्टी र चरमपन्थी स्वभावका हुन्छन् । जसले गर्दा उनीहरुको कार्यालय, स्कुल र सामाजमा समस्या देखा पर्न सक्छ ।Personality डिसअर्डर भित्र एन्टी सोसियल डिसअर्डर र बोर्डर लाइन Personality डिसअर्डर पर्दछन् ।
७) साइकेटिक डिसअर्डर भएका मानिसहरुले भ्रम र बहकावबाट जस्ता लक्षणहरु अनुभव गर्दछन् । साइकेटिक डिस्अर्डरको उदाहरणमा सिजोफ्रेनियन पर्दछन् ।
८) अनिन्द्रा लामो समयसम्मको लागि समस्याको रुपमा निन्दा ललाग्नुलाई अनिन्द्रा भनिन्छ ।
९) आत्मघाती व्यवहार आराम हृदयले व्यक्ति, परिवार र समाजमा अनुमान गर्न नसकिने पिडा र कष्ट उत्पन्न गराउँछ ।
मानसिक स्वास्थ्य समस्यालाई कसरी क मगर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न नितान्त जसरी पनि छ । त्यसखाले बिरामीका लागि कानूनीलिङ्ग, मेडिकेशन, थेरापी, सोसियल स्पोर्ट, पारिवारिक सपोर्टबाट शान्त पार्न सकिन्छ ।
यदी कोही व्यक्तिलाई मानसिक स्वास्थ्य समस्या छ भने आफूले चिन्ने व्यक्तिहरुसँग यो समस्या बारे छलफल गर्दा केही मद्धत हुनसक्छ ।
आफ्नो आमा, बुवा, परिवारको कुनै सदस्य, गुरु, स्वास्थ्यकर्मी, अथवा आफूलाई अति बिश्वास लागेको व्यक्तिहरु छान्ने जसले आफूलाई र आफूले मन पराउने व्यक्तिलाई सम्मान र विश्वास गर्छन् ।
आफूलाई राम्रो र नराम्रो समयमा साथ दिने व्यक्ति, तपाईको गोपनियतालाई गोप्य राख्न सक्ने व्यक्तिलाई विश्वास गर्न सक्दछन् । आफू तनावमा रहेको समयमा आफूलाई कुनै ठाउँबाट कुनै प्रकारको सहयोग मिल्ला जस्तो लाग्यो भने आफ्नो समस्या आफैबाट समाधान हुन सक्यो भने खुसी मिल्छ अनि तनावहरु घट्दै यसले दिमागमा नराम्रो असर पर्न सक्दैन ।
समय समयमा चिकित्सकको परामर्श, सुझाव र सल्लाह लिने गरेमा मनबाट डर, त्रास हट्न सक्छ । सल्लाह लिँदा चिकित्सकले औषधी सेवन गर्न भनेको छ भने औषधी भनेको मिति सम्म खाने गर्नुपर्दछ । त्यसले मनमा तनाव कम गराउँदै जान्छ ।
अन्तर्राष्ट्रिय तथ्यांक हेर्दा विश्वका करिव २० प्रतिशत जति बालक र वयस्कलाई मानसिक स्वास्थ्य समस्या छ । हरेक वर्ष ८ लाख भन्दा बढी मानसिहरु आत्महत्या गरेर ज्यान गुमाउँछन् । ७५ प्रतिशत जति आत्महत्याको घटना कम र मध्यम आम्दानी हुने देशका नागरिकहरुबाट भएको तथ्यांकको भनाई छ ।
मानसिक स्वास्थ्य विकार भएका मानिसहरु बेरोजागरको दर ९० प्रतिशत सम्म भएको पाइएको छ । अहिले नेपालको बारेमा कुरा गर्नुपर्दा नेपालको मानसिक स्वास्थ्यको स्थिति करिव ३० प्रतिशत जनसंख्यामा मनोवैज्ञानिक समस्याले दुःख पाइरहेका छ्न । कारण अशिक्षा, बेरोजगारी, आर्थिक विपन्नता, सामाजिक परिवेश, तनाव, बोझ आदीका कारण पर्दछन् । ९० प्रतिशत जतिको उपचारको सुविधा छैन, भएपनि पहुँच भनसून छैन । यदी उपचार नै भै हाल्यो भने पनि अन्तिम समयमा भएको पाइन्छ । १० वर्षे जनयुद्धको त्रासमा हुर्केका आजका युवा पुस्ता, २०७१ को महाभूकम्प पछि देशका मानसिक स्वास्थ्यमा प्रतिकूल असर परेको पाइन्छ ।
प्रजनन महिलाको हकमा आत्महत्याको संख्या सन् १९९८ मा २२ प्रतिशत, सन् २००८ मा २८ प्रतिशतको दरले बढ्दै गएको देखिन्छ ।
यी सबैको कारण बेलैमा उपचार, सल्लाह, सुझाव र परिवारमा मायाको कमी, समाजमा अपहेलना भएको महशुस, राज्यबाट कुनै खालको सहयोग नपाएको अवथा र मान्यजनहरुबाट पनि कुनै खालको सहयोग नमिल्नु । यसका लागि युवापिँढीहरुको मनोवैज्ञानिक अध्ययन गरी उनीहरुको समस्या बुझेर समय सापेक्ष सहयोग सुझाव दिन सके मनोवैज्ञानिक असर मुक्त गर्दै मानसिक रोगबाट जोगाउन सकिन्छ । यसमा सरोकारवालाहरुको बेलैमा ध्यान जान जरुरी पनि छ ।
(लेखक स्वास्थ्य क्षेत्र, पत्रकारिता, सामाजिक संघसंस्थाहरुमा ३६ वर्षदेखि आबद्ध र कृयाशील हुनुहुन्छ)

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

नोबेलको ईमर्जेन्सी सेवा प्रभावकारी बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन

बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक ...