Home / समाचार / रंगशाला निर्माणको लक्षित बजेट ३० करोड संकलन जम्मा ६ करोड

रंगशाला निर्माणको लक्षित बजेट ३० करोड संकलन जम्मा ६ करोड

मोहन पोखरेल
चितवन । भरतपुरमा बन्दै गरेको क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय स्तरकै हुने् भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको यस रंगशाला निर्माणका लागि ३० करोड संकलन गर्ने लक्ष्य राखिएकोमा “धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल” धुर्मुसले एक कार्यक्रमका वीच जानकारी गराएका छन् । रंगशाला निर्माणकालागि अहिलेसम्म ६ करोड संकलन भइसकेको र थप सहयोगको लागि पत्रकारहरुको एउटा समिति बनाएर काम गर्न पाए हामीलाई अघि बढ्ने प्रेरणा मिल्ने थियो भन्दै सिताराम कट्टेलले चितवनका पत्रकारहरुसँग आग्रह गरे ।
क्रिकेट रंगशालालाई फाउण्डेशनको नभनेर “हाम्रो भन्नुपर्ने र यसलाई अभियानकै रुपमा लैजानुपर्नेमा फाउण्डेशनका अध्यक्ष कट्टेललको जोड रहेको थियो । जेठ महिना भित्रमा नै क्रिकेट मैदानले आफ्नो आकार लिइसक्ने र पौष सम्ममा यसले पूर्णता पाई क्रिकेट खेल्न सकिनेमा उनले आश्वस्त पारे ।
रंगशालालाई व्यवस्थित गर्न जिल्लास्तरीय श्रोत साधनको आवश्यकता रहेको छ । एउटा सहयोग संकलन समिति गठन गरेर तदारुकता देखाउन सके क्रिकेट मैदानले सार्थकता पाउनेमा स्थानीयहरु आशावादी छन् । रंगशालाको डिपिआर साउनसमम सकिने र भदौ देखि निर्माण कार्य शुरु हुने फाउण्डेशनको भनाई छ । यतिखेर माटो प्रशोधनको काम धमाधम भैरहेको र पिच निर्माणका लागि दुवो उमार्ने काम सँगसँगै अघि बढेको छ ।
रंगशाला निर्माणका क्रममा कहिँकतै भ्रष्टाचार र नभएको र कमिशनको खेल पनि नभएको “धुर्मुस सुन्तली फाउण्डेशन’ले स्पष्ट पारेको छ । भरतपुर महानगरपालिका र वडा स्तरीय समितिहरुको पहलमा श्रोत संकलन कार्य अघि बढिरहेको र यस्तो महान कार्यमा नेपाल पत्रकार महासंघ चितवन शाखाको उत्तिकै अपरिहार्य सहयोगको खाँचो रहेको “धुर्मुस सुन्तली फाउण्डेशन”ले जोड दिएको छ । उक्त कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
यसैवीच रंगशाला निर्माण आसपासका घर घडेरीको मूल्य विगतका तुलनामा निकै आकाशिएको छ । भू–माफिया र जग्गा दलालहरुको बिगबिगीका कारण जग्गा किनबेचमा कमि आएको छ । एकैचोटी अप्रत्यासित रुपमा बढेको जग्गाको भाउ यसैगरी कायम रहने हो भने किनबेच प्रायः ठप्प हुने स्थानीयको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

गाउँमै स्वास्थ्यचौकीले स्थानीय खुसि

चितवन ईच्छा कामना ३ दारेचोक (अति र्दुगम) गाउँमा सामुदायिक स्वास्थ्य चौकि स्थापना भएको छ । ...