Home / राजनीति / राप्रपा (लोकतान्त्रिक) ले बुद्धजयन्तीको अवसरमा जलपान गर्ने

राप्रपा (लोकतान्त्रिक) ले बुद्धजयन्तीको अवसरमा जलपान गर्ने

मिति २०७६ साल जेष्ठ ४ गते शनिबार २५६३ औँ बुद्ध जयन्तीको सु–अवसरमा राप्रपा (लोकतान्त्रिक) ले बौद्ध, स्वयम्भु लगायत देशभरका विभिन्न गुम्बाहरुमा  जलपान कार्यक्रम गराउने भएको जानकारी गराएको छ । उक्त कुरा राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङले जनआकाश मिडियालाई भगवान गौतम बुद्धको जन्म जयन्तीको अवसरमा बौद्धराष्ट्रको एजेण्डा आफुहरुको भएको र गौतम बुद्ध नेपालीहरुको पहिचान, ईतिहास र विश्वका लागि शान्तिका दुत भएका हुनाले विश्वमा बढिरहेको अशान्ति, हिंसा, अमानविय गतिविधिहरुलाई बुद्धको शान्तिको सन्देशद्धारा विश्वमा नै शान्ति फैलाई मानव कल्याणको लागि बुद्धत्व पवित्र भएको जनाएका हुन् । साथै अध्यक्ष तामाङले नेपाल कुनै जाति वा धर्मको आधारमा नभई बुद्ध जन्मिएको आधारमा बौद्धराष्ट्र हुनुपर्ने बताउँदै आईरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

यी हुन् पूर्व माओवादीले पाएका ३३ जिल्ला र अध्यक्षहरु

काठमाडौं । सत्तारुढ नेकपामा पूर्व माओवादीका भागमा परेको ३३ जिल्ला अध्यक्षको नाम सार्वजनिक भएको छ ...