Home / समाज / दिगो पाईलाको २०७५ सालको खुत्रुके कार्यक्रम

दिगो पाईलाको २०७५ सालको खुत्रुके कार्यक्रम

२०७३ सालमा स्थापना भएको गैर नाफामूलक गैर सरकारी संस्था दिगो पाइला (दिपा) ले शिक्षा, स्वास्थ र सामाजिक विकाश आदि विभिन्न क्षेत्रमा कार्य गर्दै आएको संस्था हो साथै देश विकाशका लागि युवा जनशक्ति शिक्षित, सचेत र बढी जिम्मेवार हुनुपर्छ भन्ने अवधारणाका साथ विशेषत शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । यसै अन्तर्गत त्स संस्थाले विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत पढ्न मन भएका तर आर्थिक विपन्नताका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ । हाल संस्थाको सहयोगमा तिन सरकारी विद्यालयहरुमा गरि २४ जना विद्यार्थीहरु कक्षा ११ र १२ मा अध्ययन गरिरहेका छन् । संस्थाको उद्देश्य अनुरुप अरु बढी विद्यार्थीहरुलाई सहयोग पुर्याउनको लागि संस्था आर्थिक श्रोत जुटाउने कार्यमा पनि उतिकै खटेर लागि परेको जनाएको छ ।
त्यस्तै संस्थाको सहयोगमा विगत २ वर्ष देखि चन्द्रागीरि नगरपालिका वडा नं. २ मसिने स्थित चम्पाशिखर मा.वि.मा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमै गदै आएको छ । उक्त खाजा कार्यक्रम सञ्चालनको लागि आर्थिक श्रोत जुटाउन संस्थाले आफ्ना शुभ–चिन्तकहरुलाई खुत्रुके वितरण गरि वार्षिक रुपमा रकम संकलन गर्दै आएको छ । यसै क्रममा अन्य सामुदायिक विद्यालयहरुले पनि संस्थालाई दिवा खाजा कार्यक्रम संचालनका लागि अनुरोध गदै आएका छन् । यसका लागि पनि संस्था नयाँ योजनाहरुका साथ आर्थिक श्रोत जुटाउने क्रममा लग्नु परेको संस्थाले जनाएको हो ।
संस्थाले अन्य सामुदायिक विद्यालयहरुमा पनि विपन्न छात्र–छात्राहरुको लागि विद्यालय पोशाक, न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको छ । साथै विद्यार्थीहरु का लागी सामाजिक विकास, आधुनिक प्रविधि संचालन तथा अन्य दायित्व सम्बन्धी ज्ञानबर्दक अभिमुखिकरण का विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन । लेखा समितिले लोक सेवा आयोगको विज्ञापन खारेज ...