Home / स्वास्थ्य / साइकल यात्रा आजको युगको प्रभाव कारीता सुरेश कुमार अधिकारी “मित्र”

साइकल यात्रा आजको युगको प्रभाव कारीता सुरेश कुमार अधिकारी “मित्र”


साईकिलिङ अर्थात साईकिलबाट गरिने यात्राले शारिरीक, मानसिक, वातावरणिय र आर्थिक रुपमा फाईदाहरु छन् । संसार भरिका मानिसहरु मध्ये एक अर्व भन्दा बढी मानिसहरु साईकलयात्राको मनोरञ्जन गरेको अनुमान गरिएको छ । यो तथ्याङक १ दिनको मात्रहो । किनकि यसबाट साधनको सदुपयोग , मनोरञ्जन, स्वास्थ्यको दृष्टिकोणबाट उत्तम मानिएको छ । स्वास्थ्य र तन्दुरुस्त हुनुको लागि शारिरीक रुपले र्फुतिलो हुन जरुरी भएकोले एस्तो गरिएको हो नियमित शारिरीक क्रियाकलापले गम्भीर रोगहरु जस्तै मोटोपना , मुटुरोग, अर्वुदा रोग, मधुमेहबाट बचाउँछ । नियमीत रुपले साईकल चलाउनु नै कुनै पनि। व्यायम वा कामन गरि बस्ने जिवनशैलीबाट हुन सक्ने स्वास्थ्य समस्यालाई घटाउने एक उचित उपाय पनि छ । साइकललाई पनिकुनै फिटनेश कार्यक्रममा सहभागी गराउँन सकिन्छ ।
हरेक दिन साईकिलिङ गर्दा क्यालोरी घढ्छ, तौला घट्छ र स्वास्थ्य बनिन्छ । साइकिल व्यायम गर्ने एक सजिलो तरिका हो । यसलाई जहाँपनि, जुन बेलापनि पैसा खर्च नगरि चलाउन सकिन्छ । प्राय सबैलाई साइकल चलाउन आएको हामीले पाउँन सक्छौँ । चाहे बच्चा, केटाकेटी, युवा, प्रौढ जो कोहिले पनि मोटर साईकल , गाडीको प्रयोग गरेको पाईएको छ । यो साईकल एक पटक चलाउन जान्नेले अर्को पटक कहिले पनि बिर्सिदैन । साइकल चलाउन आत्मबल, समय र भरोसा चाहिदैन । साइकल एक स्वस्थ्य र सजिलो व्यायम हो जसबाट माथि उल्लेख गरे बमोजिम बच्चा देखि वृद्धासम्म सबैले मनोरञ्जन लिन सक्दछ । यो रमाईलो, सस्तो र वातावरणको लागि राम्रो छ । साइकल चलाएर काममा जानु र नियमित व्यायमलाई दिनचर्यासँग जोडेर समय बचाउने एक उपयुक्त तरिका हो । यसले स्वास्थ्यमा समय बचाउने एक उपयुक्त तरिका छ । यसले स्वास्थ्यमा क्रमश सुधार हुँदै गर्छ । यो कम्तीमा हप्ताको ४ घण्टा मात्र गरे पुग्छ । यसले मानसिक स्ट्रेस कम गर्छ । माशंपेशिको राम्रो व्यायम हुन्छ । ईन्धनको बचत गरि समय बचत हुन्छ । पाचन प्रणालीमा सुधार आउँछ । मानसिक तनाव घटाउँदछ । यसर्थ साइकल चढौँ स्वास्थ्य बर्नौ । अरुलाई पनि साइकल चलाउने सल्लाह दिऔँ । किनकि अस्वस्थ्य खाने कुरा र दुषित वातावरणले गर्दा हाम्रो शरीरको तौल घटबढ हुने र शरीरलाई हानी पुर्याई रहेको सन्दर्भमा यो नारा प्रभावकारी बन्दै जाने कुरामा हामी बिस्वस्त छौँ ।
(लेखक ः स्वास्थ्य क्षेत्र, सामाजिक क्षेत्र, पत्रकारिता क्षेत्रमा ३६ वर्ष देखि निरन्तर क्रियाशिल हुनुहुन्छ । )

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

देशभरका अस्पतालमा आकस्मिक बाहेकका बन्द ।

  १७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ...