Home / धर्म / दर्शन / बोहोराहरुको कुल पुजा सम्पन्न

बोहोराहरुको कुल पुजा सम्पन्न


रामेछाप । हरेक तीन तीन बर्षमा गरिने बोहोराहरुको परम्परागत कुलपुजा (देवाली) रामेछाप नगरपालिका वडा नं. १ गोगनेमा यही मिति २०७६ साल जेठ ६ गते सोमबार विधि पुर्वक सम्पन्न भएको जानकारी हामीलाइ त्याहावाट रमेस कुमार बोहोराले जानकारी दिएका हुन ।
देवालीलाई उभौली पर्वका अवसरमा कुलधामीबाट मण्डप पुजा,देवी देउराली ,बोका पुजा तथा ब्राह्मणद्वारा चण्डी पाठ गरि सम्पन्न गरिएको थियो ।
नेपालका अधिकाँश जातिहरुले मान्दै आएको देवाली पुजाले पितृ उद्घार हुने,कुल कुटुम्बाहरुसंग सुमधुर सम्वन्ध रहने,आत्म शान्ति हुने, छरिएर बसेका बन्धुलाई एकजुट गर्न सकिने,संस्कार र अस्तित्व बचाउँदै पहिचान स्थापित गर्ने विश्वास रहँदै आएको छ । त्यही विश्वासको आधारमा बोहोराहरुले आफ्नो संस्कृतिलाइ संक्षण गदै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइयो

  ३० असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ । गोरखा नगरपालिकाको आर्थिक ...