Home / राजनीति / नेकपा –माले)को केन्द्रीय कमिटीको वैठक जारी ।

नेकपा –माले)को केन्द्रीय कमिटीको वैठक जारी ।


जेठ १२ गतेवाट शुरु भएको नेकपा – मालेको केन्द्रीय कमिटीको वैठक आजसम्म पार्र्टी कार्यलय रातोपुलमा चलिरहेको छ । पार्टी माहासचीवद्धारा तयार गरिएको प्रतिवेदन माथि छलफल गदै
नेकपा – माले २०७४ को स्थानिय, संघ,प्रदेशको निर्वाचनमा नराम्रो पराजय भएपछि पार्टी पराजय हुनको कारण र राजनैतिक वर्तमान अवस्था आउदो पार्टीको रणनीतिक कार्यदिशाका वारेका छलफल चलिरहेको छ । प्रजातान्त्रिक राष्टवादीहरुसँग गरेको तालमेल नागरिता विध्यक सम्वन्धमा र विश्व राजनैतिक धु्रबीकरण साथै प्रदेशस्तरका काम कारवाहीको वारेमा सवैको एकमत भएपनि पार्टीको नीति कार्यक्रम, कार्यन्वन गर्ने सवालमा र जिम्मेवारी वाडफाडमा भने सधै झै पुरानै प्रवृति हावी हुने र यो ७ औ केन्दीय कमिटीको ११ औ पुर्ण वैठकले पनि दस्तावेजमा सिगो देश जुरुक्क उठाउने लेखिए पनि व्यवहारत दात फुक्लेका केश फुलेका पार्टीको काममा कहिल्यै नखटने र सधै बुढो गोरुले हलो ओगटेर पद ओगटने गरी नै कार्य विभाजन हुने छनक ११औ पुर्ण वैठकको छलफल, उपस्थिति, र केन्दीय सदस्यहरुले पेश गरेको विषयहरु त्यस्तै खालका छन् ।
माले पार्टीमा ७० पुगेका सल्लाहकारमा वस्नुपर्ने प्रस्ताव ।
पोल्टीबयूरो खगेन्द्र प्रसाइले केन्दीय कमिटीको वैठकमा ७० पुगेका पार्टीका नेताहरु सल्लाहकारमा बसेर युवाहरुको काधमा पार्टीको जिम्मेवारी दिनुपर्ने प्रस्ताव ल्याएकाछन ा प्रसाइ पुर्व संस्कृति मन्त्री हुन ।
पर्णकालिन र अल्पकालिन वर्गीकरण गर्नुपर्ने प्रस्ताव ।
पोल्टीब्यूरो सदस्य कृष्ण रानाले पार्टीमा पुर्णकालिन र अल्पकालिन सदस्यहरुको वर्गिकरण गर्न प्रस्ताव पेश गरेका छन् । राना ३ प्रदेश सचीव हुन् ।
रामेछापवाट सिक्न कार्कीको आग्रह
केन्द्रीय सदस्य तथा युवा नेता मोहन कार्कीले संगठन बनाउन जनताको काम गरेर विश्वास जित्न रामेछापवाट सिक्न आफ्नो अनुभव सहितको रिपोट र प्रस्ताव पेश गरेका छन् ।कार्की जन आकाश मिडिया प्र.लि.का अध्यक्ष तथा २०७४ सालको प्रतिनिधि सभाको र्निवाचनमा माले पार्टीको सवैभन्दा बढी मत ल्याएर चर्चामा रहेका केन्द्रीय सदस्य हुन ।
हिजो सम्म प्रदेशवाट आएका केन्दीय सदस्यहरुले प्रस्तावहरु पेश गरीसकेका छन् आज विभागिय रिपोट सकेपछि पार्टीको वैठक व्यापक छलफलमा जानेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

यी हुन् पूर्व माओवादीले पाएका ३३ जिल्ला र अध्यक्षहरु

काठमाडौं । सत्तारुढ नेकपामा पूर्व माओवादीका भागमा परेको ३३ जिल्ला अध्यक्षको नाम सार्वजनिक भएको छ ...