Home / समाज / विकास विरोधि पर्खाल

विकास विरोधि पर्खाल

मोहन कार्की
सर्वोच्चले निर्णय ग¥यो, प्रधानमन्त्री कार्यालयलाई निर्देशन दियो, संस्कृति तथा पर्यटन मन्त्रालयले पशुपति विकास कोषलाई चिठी लेख्यो अनि बन्यो विकास विरोधी पर्खाल ।
काठमाडौं । मानिसहरुलाई कतै पर्खाल लगाएको देखियो भने विकास निर्माण भएको मानिन्छ । तर काठमाडौंको तिलगंगास्थित एउटा यस्तो पर्खाल लगाएको छ । त्यो नितान्त यतिबेला विकासविरोधी पर्खालको रुपमा परिचित छ ।
पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सरकारी जग्गा हो । उक्त जग्गाबाट २०६४ सालमा बागमती एकीकृत योजनाले तिलगंगाबाट बागमती ढलको सुरुङ पहिलो प्वाइन्ट छेउसम्म जम्मा ३ किलोमिटर ट्रयाक खोलेको थियो । र त्यस ट्रयाक खोलेसँग बागमतीको किनारै किनार गोठाटार, दक्षिणढोका, मुलपानी, थली, डाँछी, साँखु जाने सवारी साधनहरुलाई वैकल्पिक सडकको रुपमा औंल्याइएको थियो ।
सडक विभागले समेत अध्ययन गरेर काठमाडौं उपत्यकामा सवारी जाम हुँदा दिक्क भएर यात्रुहरुलाई थप एउटा रुट जोडिँदा झण्डै ३० प्रतिशत काठमाडौं उपत्यकाको जाम कम हुने अध्ययन गरिएको थियो । हाल साँखुदेखि पहिलो एयरपोर्टको उत्तरतिर रहेको विगतको काली गौचरण भन्ने ठाउँसम्म सडक कालोपत्रे भइसकेको छ । तर ३ किलोमिटर जुन पशुपति विकास कोषको जग्गामा बनेको कच्ची ट्रयाक भने पशुपति विकास कोषले पर्खाल लगाएर रोकिदिएको छ । त्यो पर्खाल किन लगाएको भनि पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीपकुमार ढकाललाई हामीले प्रश्न गर्दा उनले ‘सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालय र संस्कृत पर्यटन मन्त्रालयको निर्देशनमा हामीले पर्खाल लगाएका हौं’ भनी जवाफ दिएका थिए । त्यसैले त्यस पर्खालको नाम नै काठमाडौं उपत्यकाका मासिनहरुले सरकारको विकास विरोधी पर्खाल नाम दिएका छन् ।
त्यो ट्रयाक २०६४ सालमा बागमती एकीकृत योजनाका अध्यक्ष कृष्ण के.सी को सक्रियतामा खोलिएको हो । त्यतिबेला नै नेपाल देशमा जन्मेर विदेशीको निर्देशनमा काम गर्ने एकथरी मानव अधिकार भनाउँदाहरुले त्यस ट्याकको विरोध गरेका थिए । ती मानवअधिकारवादी त्यतिबेला एमाले निकट थिए । उनीहरु अरु कोही नभएर बागमती एकीकृत योजना अन्तर्गतको बागमती खोलाको किनारमा वाल लगाउनको लागि टेण्डर हाल्ने मध्यका टेण्डर नपाएकाहरुले ट्रयाकको विरोध गरेका थिए र पशुपति क्षेत्रको पुरातात्विकमा असर पुग्ने भन्दै विभिन्न मिडियालाई समेत पैसा दिएर समाचार लेखाउन लगाएका थिए । त्यतिबेलाको सरकारले त्यस विषयलाई टेरेन जनताको छिटो छरितो यात्राको लागि जनपक्षीय काम गरिरह्यो तर ती ठेक्का पट्टा गर्नेहरुले विदेशी निर्देशनमा चल्ने मानव अधिकारवादीहरुलाई उचालेर अदालत, अन्तर्राष्ट्रिय मञ्चमा समेत विरोध जनाउन लगाएका थिए त्यसकारण त्यो बाढेको निर्माणले पूर्णता पाउन सकेन क्रमशः सरकारहरु फेरिँदै गए । विकास विरोधीहरुको चलखेल बढ्दै गयो र उनीहरुले आफ्नो देशको विकास रोकेर आफ्ना दाजुभाईहरु छोटो बाटो यात्रा गर्ने बाटो त छेके नै अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख घटाउने गरी नेपालको पशुपति क्षेत्रमा पुरातत्व विगार्ने गरी भौतिक संरचना बनेको छ भन्दै डलरबादीहरुले एकातिर फोटो अर्कोतिरको जोडेर युनेस्को पठाए र युनेस्कोले त्यस्तो भएको भए नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दियो यसरी हाम्रो नेपालको विकासको विरुद्धमा युनेस्को पनि जोडियो युनेस्कोले त्यहाँ पशुपति क्षेत्रभन्दा निकै टाढा रहेको ट्रयाक डलरवादीहरुले फोटो मिलाएर पठाएको गलत रिपोर्टलाई सत्यतथ्य बुझ्न सकेन । जबकी पशुपतिनाथ मन्दिर अगाडिको १० मिटरबाट पैदलयात्रु, साइकल, गाडी हिँड्ने बाटो छ । त्यहाँ पुरातात्विक कुनै संरचना विग्रेको छैन । गौरीघाटमा मन्दिर सँगै जोडेर सडकहरु सञ्चालनमा छन् । त्यहाँ पुरातत्व बिग्रेका छैनन् । तर तिलगंगाबाट ढल निकासको प्वाइन्टसम्म पुग्ने बाटो मन्दिरहरुभन्दा ३०० मिटर टाढा छ । त्यस बाटोको विषयलाई लिएर नेपालको अदालतदेखि अन्तर्राष्ट्रियस्तरमा समेत गुहार मागेर विकास रोक्ने डलरवादीहरुलाई र नेपालको विकास रोक्न खुसी मान्ने पशुपति विकास कोषका राजनीतिक नियुक्तिबाट पशुपति विकास कोषमा बसेर भ्रष्टाचार गरी रमाउने जनताको बाटो थुन्नेहरुलाई जनताले सोधिरहेका छन् पुरातात्विक संरचना कहाँ बिग्रेको छ ?
यता ट्राफिक महाशाखाको भनाइलाई लिने हो भने उक्त तिलगंगाबाट छिचोलेर साँखु जोड्ने रोड सञ्चालनमा ल्याएर काठमाडौं उपत्यकाको बढी जाम हुने क्षेत्र, गौशाला, चाबहिल, गोपिकृष्ण, बौद्ध, जोरपाटी, पुरानो बानेश्वर, रातोपुल सम्म सवारी आवागमनमा उल्लेखनीय सुधार हुने देखिन्छ ।
त्यसकारण तिलंगगाको विपरित क्षेत्रमा लगाएको विकास विरोधी पर्खाल भत्काएर सडकको अस्तव्यस्ततालाई सहज बनाउन अन्तर्राष्ट्रियस्तरमा भइरहेको पशुपति क्षेत्रको कु प्रचार रोक्न सरोकारवाला सबैले ध्यान दिनु जरुरी छ । अर्को यो पनि बुझ्न जरुरी छ कि गौरीघाट तर्फबाट मात्र सवारी साधनको चाप बढेको खण्डमा गौरीघाट आसपासमा रहेका मन्दिरहरुलाई असर पुग्ने देखिन्छ । ती डलरवादीहरुले हाम्रो सम्पदा, सम्पत्ति बिग्रिओस, नासियोस भनेर विदेशी निर्देशनमा आफ्नो स्वार्थ पूर्ति गर्न जंगलको बाटोलाई रोकेर गौरीघाटको साँघुरिलो बाटोमा हामी नेपालीहरु जाममा फसेर समय बर्बाद पारुन भन्ने मनशाय भएको हुनुपर्छ त्यसकारण त्यस्ता गलत मनशाय राखेर कुनै व्यक्ति विशेषले नेपालको विकास नरोकुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन । लेखा समितिले लोक सेवा आयोगको विज्ञापन खारेज ...