Home / अर्थ / वाणिज्य / मुक्तिनाथविकास बैंले तालिम सम्पन्न ग¥यो

मुक्तिनाथविकास बैंले तालिम सम्पन्न ग¥यो


मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालनगर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता,ग्राहकहरुमा व्यवसायिक साक्षरता”भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । व्यवसायिक साक्षरता तालिममा व्यवशायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु,बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली,मुल्य अभिबृद्धि कर,उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो । उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

बैंकले आयोजना गरेको यस तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाण्डौबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंक लि.ले व्यवसायिक साक्षरता कार्यक्रममार्फत व्यवसायीहरुलाई व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ त्यो प्रशंसनीय भएको साहभागिले प्रशंसा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

महालक्ष्मी विकास बैँक लि. को शाखा सञ्जाल विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा ...