Home / चुनाव विशेष / कोरिया जानको लागि मरिहते

कोरिया जानको लागि मरिहते


याहा छ देशको चिन्ता तिमि माया माया भन्छौ । यो गीत देशमा बजिरहदा हाम्रा नेपाली दाजुभाइ दिदीवहिनीहरु कोरिया जानको लागि तछड मछड गदै लाइन बसेर फारम भरिरहेका छन् । तिनलाइ देशको चिन्ता होइन मामको चिन्ता बढी छ । त्यस्तो बाताबरण सरकारले बनाएको हो । केन्दीकृत राज्य प्रणालीलाइ विकेन्दीकृत वनाएको भएपनि त्यो प्रभावकारी हुन सकोको छैन । हालै देशको अवस्थाको कुरा गर्ने हो भने पनि हाम्रो कृषि प्रधान देश नेपाल यतिखेर किसानहरु मल नपाएर धान रोप्न पाइराखेका छैनान । कतै समयमा पानि नपर्दा सिचाइको अभावमा विउसमेत उर्मान सकेका छैनान् । नेपालमा डिग्री पढ्नेहरु धेरै छन् तर व्यवहारिक शिक्षा नभएकै कारण शिक्षित वेरोजगारको संख्या दिनानु दिन बढ्दो छ । सरकारले ति शिक्षित वेरोजगारहरुलाइ सामाजिक क्षेत्रमा काम लगाउन सकेको छैन । ब्यापार ब्यबसाय मुठीभर मानिसहरुको हातमा छ । ब्यबसायिक कृषि, नाम मात्रको भएको छ । साना ब्यबसायलाइ दुखः दिएर कहिल्यै फस्टाउन नदिने र ठुला ब्यवसाय भनाउदा तर तस्करी सम्म गर्न पछि नपर्नेहरुलाइ छुट दिएर रमाउने संख्याले कहिल्यै ति विदेश जान लाइन बस्ने नेपालीको पिडा बुझेको देखिदैन । काम गर्ने तर भोक्कै बस्नु पर्ने चलनको कहिल्यै अन्त्य भएन । साशन फेर्न सिपालु नेपालीहरु अर्काको काधमा चढेर हिमालचुली चढेको ठान्दै व्यवस्थाहरु धेरै पटक फेरे कहिल्य, प्रजातन्त्र, कहिल्य गणतन्त्र, लोकतन्त्र नामहरु दिइए पनि नेपालीहरुको जिवनस्तर उठाउने नीति कार्यक्रम कहिल्य आएन । न त्यो काग्रेसको साशनमा नत एमालेको साशनकालमा नत १७ हजारभन्दा बढी मान्छे मारेर देश परिवर्तन गर्छु भन्ने माओवादी साशनकाल कुनैले पनि देश र जनताको लागि काम गरेको पाएनौ त्यसैको असर अहिले कोरिया जान दश हजार कोटाको लागि ८० हजार भन्दा वढी संख्याले आवेदन भरेका हुन ।
कुन नेपालीलाइ आफु जन्मेको देशको माया लाग्दैन होला ।
सवै नेपालीलाइ आफ्नो जन्मभुमि प्यारो लागेको हुन्छ ।
तर बाध्यताबस मुटुमाथि ढुङ्गराखि हास्नु प¥या छ भने जस्तै देशका युवाहरु आफ्नो जन्मभुमि यति रमाइलो देशको प्रकृति, साथिभाइ गाउघरको संस्कृति छोडेर काम गर्न जान परिरहेको छ । जानु पनि किन नपरोस नेपालमा अहिले सम्म कुनै पनि ठुला कलकारखान छैनान् । पञ्चायतकाल, राणा साशनकालमा खोलिएका कलकारखानाहरु बहुदल आएपछि सवै बन्द गरिएका थिए आजसम्म ति सञ्चालनम ल्याइएका छैनान भने आज ति उधोग कलकारखानाहरु नीजिकरण गरेर देशवाट बाहिर पठाइ सकेको अवस्था छ । राष्ट्रिय उधोगहरु काहि पनि बाकी छैनान् । नीजि कम्पनीहरु औलामा गन्न सकिने अवस्थामा मात्र छन् । देशको यस्तो अवस्थामा झण्डै ८० लाखको संख्यामा रहेका युवाहरुलाइ कसरी देशभित्र समावेश गर्न सकिन्छ । त्यसैको असर कोरिया जानलाइ मानिसहरु मरिहते नगरेर के गरुण त । मर्नुभन्दा बौलाउनु बेश भने जस्तै नेपालका युवाहरु कोरिया जान मरिहते गरिरहेका छन् । कोरिया जान पावर लगाउने कोरिया पु¥याउन मिलाइदिन्छु भन्दै ठग्ने सिजन कुरेर बसेका ठगहरुलाइ समेत मौषम अनुकुल बन्ने देखिन्छ । हामी नेपालीहरु नहुने कामलाइ समेत घुस खुवाउन लालाइत हुन्छौ । विगतमा पनि कोरियाको भिसाको विषयलाइ लिएर धेरै सोजासिधा युवायुवतीहरु ठगिएको समाचार आएको थियो । यसपटक त्यस्तो घटना घट्न नदिन सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

चितवनमा गणतन्त्र दिवशको अवसरमा ¥याल्ी ।

चितवनको भरतपुर नगरपालिकाकी मेयर रेणु दाहाल सहित विभिन्न सामाजिका क्षेत्र नागरिक समाज लगायतको उल्लेखिय उपस्थितिमा ...