Home / समाज / क्षत्रि समाज नेपालले गुठी विध्यकको विरोधमा मुख खोल्यो ।

क्षत्रि समाज नेपालले गुठी विध्यकको विरोधमा मुख खोल्यो ।


क्षत्रि समाज नेपाल पोखराले सरकारले ल्याउन लागेको गुठी विध्यक नेपाली संस्कृतिलाइ मासेर विदेशीलाइ खुसी पार्न विध्यक ल्याएको भनि विरोध जनाएको छ । हिजो जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।हाम्रा पुर्खहरुले आदिमकाल देखि मठ मन्दिर,गुम्बा, विहार,पाटी पौवा व्यवस्थापन गरेको कुरा सर्व विदितै छ । त्यसमा गुठीका जग्गाहरु व्यतिmका नाममा रैकर गरेर अनाधिकृत दुरुपयोग पनि भएको छ । त्यसरी रैकर गरिएका जगाहरु समेत गुठीमा ल्याइ सदुपयोग गर्न क्षत्रि समाज जोडदार माग गर्दछ भनिएको छ ।
मुलुकको पहिचान युतm मौलिक धर्म,संस्कृतिमाथि प्रहार गरी नेपालीलाइ मौलिक धर्म तथा सस्कार संस्कृति बिहिन वनाउने विदेशीहरुको ष¥यन्त्रलाइ टेवा पुग्ने काम नगर्न राज्य सरकारलाइ हामी सपयमै सचेत गराउन चाहान्छौ ।अन्यथा नेपाली मौलिक धर्म , संस्कृतिको संक्षण र निरन्तरताका लागि क्षत्रि समाज नेपाल जस्तोसुकै कठोर कदम चाल्न पनि पछि नपर्ने व्यहोरा समेत अवगत गराउन चाहान्छौ भन्दै चेतावनी भाषामा विज्ञप्ति जारी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

दिगो पाईलाको २०७५ सालको खुत्रुके कार्यक्रम

२०७३ सालमा स्थापना भएको गैर नाफामूलक गैर सरकारी संस्था दिगो पाइला (दिपा) ले शिक्षा, स्वास्थ ...