Home / राजनीति / देशमा अस्थिरता ल्याउने खेल राजनीतिभित्र झेलै–झेल

देशमा अस्थिरता ल्याउने खेल राजनीतिभित्र झेलै–झेल


मोहन कार्की
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा संयुक्त रुपमा जनतामाझ गई चुनावमा भाग लिए त्यसैको आधारमा जनताले नेपालमा स्थायी शासन, सुव्यवस्था र राष्ट्रमा अमनचयनको आशा राख्दै नेपालमा कम्युनिष्ट नामका नाङलो, डोको, फुङलो पसलहरु बन्द भएर एउटै नेपाल कम्युनिष्ट पार्टी बनाएर देशको विकास गरुन भन्ने चाहना राखेर जनमत प्रकट गरेका हुन् ।
त्यो जनमत दुई पार्टी मिलेर बनेको शक्तिलाई विश्वास गरेर दिएको जनमतलाई आधार बनाउँदै पार्टी एकीकरण समेत गरेर नेकपा बन्यो यो नेपालको इतिहासमा कम्युनिष्ट ठुलो पार्टी झण्डै दुईतिहाइको बहुमत जन निर्वाचित सरकारबाट बनेको सरकारले विगतमा विभिन्न पार्टी मिलेर चलाएको सरकारमा जस्तो नीति निर्माण गर्दा अप्ठ्यारो केही पनि व्यहोर्नु पदैृन र सजिलै देश विकास हुनसक्छ भन्ने विश्वास जनतामा बढेर गएको थियो एकातिर, अर्कोतिर विपक्षीले समेत सरकार बनेको ५–६ महिनासम्म कुनै मुख खुलेको थिएन । तर सरकार आफ्नै कारणले एउटा र अर्को कारण पार्टी भित्रको राजनीतिक झेल जब सुरु हुन थाल्यो त्यसपछि शुरु भएको सरकार प्रतिको समस्या विस्तारै विपक्षले थाहा पाउँदै गए, विपक्षी त नेपाल देशकै राजनीतिक पार्टी थिए । नेपालको संविधानलाई नस्वीकारेको कुनै शक्तिले पनि त्यो नेकपा–नेकपा भित्रको राजनीति झेल त्यो झेलबाट उत्पन्न भएको सांगठनिक संरचना र नेपाललाई सधैं अस्थिरतामा राख्न सक्यो भने आफनो स्वार्थ पूरा गर्न सकिने दाउमा सधैं लागिरहने शक्तिले के खोज्छस् कानो आँखो भनेजस्तै भयो र विस्तारै विरोधका स्वरहरु चर्कदै गयो भने नेकपा–नेकपा भित्रमा पनि कयौं बर्षदेखि आफ्नो राष्ट्र भन्दा राजनीतिक नीहित स्वार्थ राखेर बेला बखतमा कतै त्यो नेपालको अस्थिरतामा रमाउन चाहने शक्तिसँग चुनाव जित्नकालागि बैना लिएकाहरुले उतैको निर्देशन मान्दै राष्ट्रहित भन्दा जनतालाई आक्रोशित बनाउने, विग्रह गर्न मद्धत पुग्ने र विद्रोहमा रहेकाहरुलाई उत्तेजित पार्ने खालका कृयाकलाप गर्ने जस्ता कार्यहरु एमालेबाटै मन्त्रीमण्डलमा गएका कोही र माओवादीबाट पनि आएका केहीले त्यस्ता गतिविधि गरिदिँदा जनताले राखेको चाहना, जनताको विकसित नेपाल बनाउने सपना सरकार होला जस्तो देखिएन । सरकार गठन भएको १९ महिनामा सरकार तोरीको फुल देखेर तिरमिराई रहेको छ ।
यही अवसरमा नेपालमा स्थायी सरकार समेत मानिएको कर्मचारी निकायको समायोजन त्यो समायोजनमा देखिएका समस्या जो पार्टीका कार्यकर्ता विशेष गरेर गुटगत रुपमा हेरेर समायोजन गरिँदा कर्मचारी निकायमा बढेको असन्तुष्टि त्यसमा पनि समायोजनमा लगिँदा कर्मचारीमध्य विरामी, अपाङ्ग, सुत्केरी भएका तर कुनै पार्टीको कर्मचारी संगठनमा आबद्ध नभएका कर्मचारीले कतिले त जागिर समेत राजिनामा दिने सम्मको अवस्था सृजना भएपछि विग्रह र समस्यामा घ्यू थप्ने वातावरण बनेको देखिन्छ । त्यही आवेगमा असन्तुष्ट कर्मचारीले नेता गुर्हादा लोकसेवा आयोग जसतो गरिमा बोकेको संस्थामाथि नै प्रश्न उठाउने वातावरण बनाइएको छ । देशमा सक्षम, असल कर्मचारी भएमात्रै देशको संयन्त्र बलियो हुन्छ ।
तर लोकसेवा आयोगलाई समेत विवादमा तानेर पार्टीको कार्यकर्ता भर्तिकेन्द्र बनाउन हाम्रो देशलाई अस्थिरता बनाएर फाइदा लिन चाहने शक्तिले त्यहाँ पनि खेलेको देखिन्छ ।
सरकारले गरेका केही राम्रा कामहरु भएपनि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ल्याउन खोजेको प्रेस काउन्सिल विधेयक पास खोजिएपछि सरकार देखि रुष्ट भएका सिँगो आम सञ्चार जगत पनि सरकारको पक्षमा नभइदिँदा अस्थिरतालाई अर्को मलजल थपिएको छ ।
यी सबै घटनाहरुलाई बढावा दिन साना ठुला राजनीतिक पार्टीहरुभित्र पनि सैद्धान्तिक, नीतिगत विचार भन्दा देशलाई अस्थिरतामा धकेल्न उत्तेजित पार्न जो जसले सक्छ त्यस्ता व्यक्ति, पात्रहरुलाई कतै न कतैबाट संरक्षण भएको छ भने राजनीतिक जालझेलले देश ग्रस्त छ । अस्थिरता निम्त्याउन तीव्र चलखेल गरिएको छ । त्यसकारण बेलैमा सम्बन्धित पक्ष र आम नागरिकले समेत देशलाई अस्थिरतामा धकेलेर होइन देशभित्र राम्रा पक्षलाई समर्थन र गलत पक्षलाई प्रतिकार गर्दै जानु पर्ने टड्कारो आवश्यकता बन्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

लोक सेवा आयोगको विज्ञापन संविधान सम्मत छ, रद्द हुँदैन काबा प्रम पोखरेल

काठमाडौँ – काबा प्रधानमन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन ...