Home / समाज / पत्रकार सुरेश अधिकारी सम्मानित ।

पत्रकार सुरेश अधिकारी सम्मानित ।


भरतपुर । नेपाल औषधी व्यवसायी संघ चितवन शाखाको छैठौं अधिवेशन नारायणगढमा सम्पन्न भएको छ । अधिवेशनले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद सुरेश कुमार अधिकारीलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहेका पत्रकार अधिकारी गैह्रसरकारी संस्था चितवनका अध्यक्ष पनि हुन् ।
पत्रकारितासँगै औषधी व्यवसायमा संलग्न रहँदै आएका अधिकारीले नारायणगढमा मिलन फार्मेसी’ नामको औषधी पसल सञ्चालन गरेका छन् । औषधी व्यवसायमा राम्रोसँग सेवा दिएवापत अधिकारीलाई सम्मान गरिएको अधिवेशनमा सहभागी अतिथिले बताए ।
त्यसैगरी सम्मानित हुनेहरुमा औषधी व्यवसायी आइतराम विश्वकर्मा, सुरेश श्रेष्ठ, बामदेव देवकोटा, कृष्णप्रसाद चौधरी रहेका छन् । संघको छैठौ अधिवेशनले आगामी ३ ब्वर्षका लागि कार्य समिति चयन गरेको छ । ईश्व्री कुमार भण्डारीको अध्यक्षतामा गठन भएको कार्य समितिमा विनोद कुमार तिमिलसिना उपाध्यक्ष रहेका छन् । त्यसैगरी महासचिवमा लक्ष्मी लाल श्रेष्ठ, सचिवमा तारनाथ अधिकारी कोषाध्यक्षमा विष्णु प्रसाद बास्तोला, सहसचिवमा हरिप्रसाद ढकाललाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा विनोद पन्त, कपिल सुवेदी र वासु सापकोटा रहेका छन् । मनोनित सदस्यमा रुद्रप्रसाद सापकोटा र सल्लाहकारमा पाँचजना पछि चयन गरिने बताइएको छ । सम्मानित भएका पत्रकार सुरेश कुमार अधिकारीले औषधी अनुगमन र स्वास्थ्य विमालाई सरकारले ल्याउने विधेयकमा कानुन व्यवसायी मैत्री र जनमैत्री हुनुपर्नेमा जोड दिए ।
अधिवेशनको प्रमुख अतिथि रामप्रसाद खरेलले गरेका थिए । सभाको सभापतित्व बद्री प्रसाद खनालले गरेका थिए । अन्य वक्ताहरुमा बद्री प्रसाद खनाल, केन्द्रीय का.वा. अध्यक्ष रामप्रसाद खरेल, उद्योग बाणिज्य संघका अध्यक्ष सहन प्रधान, औ.व्य.सं बागमती अञ्चल अध्यक्ष धुव्र श्रेष्ठ, महासचिव बद्री श्रेष्ठ, नारायणीका अध्यक्ष ताजुद्धिन अन्सारी, संस्थाका निवर्तमान अध्यक्ष जीवप्रसाद पण्डित लगायतले बोलेका थिए । सो अवसरमा संस्थाको आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन विनोद तिमिल्सिनाले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

ओ टिभीको बार्षिक उत्सब प्रज्ञा भवनमा चलिरहेको छ ।

ओ टिभी डट कमले आज बर्षगाठ मनाएको छ । आफ्नो बर्षगाठ मनाउने क्रममा बिभिन्न व्यातिmहरुलाइ ...