Home / स्थानीय निर्वाचन / समाचारले पारेको प्रभाव विकासले द्रुत गती लेओस् सुरेश कुमार अधिकारी “मित्र”

समाचारले पारेको प्रभाव विकासले द्रुत गती लेओस् सुरेश कुमार अधिकारी “मित्र”


चितवन । गताङ्क २०७६ आषाढ १० गते यसै पत्रिकाको पहिलो पृष्ठ (मुख पृष्ठ) मा आगामी पुल्चोक शहरी खण्ड वर्षातमा ताल भन्ने शिर्षकको समाचारले स्थानीय सरकारलाई जुरमुराउन बाध्य तुल्यायो । भरतपुर महानगर पालिका भित्र रहेको हाल सहरीकरणमा परिसकेकोले वडा नं. १ ले आफ्नो क्षेत्रमा रहेको सडक एकातर्फको नाला (ढल) सफाई कार्य यहि २०७६ आषाढ १८ गतेबाट शुरु गरेको छ । स्थानिय बासिन्दा टोल सुधार समिति केही सामाजिक व्यक्तित्वहरुको पहल र सकृयतामा यो कार्य सुरु हुन गएको हो । यसमा फिरीया कर्मिबाट जागरुक गराउनु भएकोले विशेष धन्यवाद भनी स्थानीय समाजसेवी जेष्ठ नागरिक सूर्य कुमार
पिया पुकाण्डले बताउनु भयो । त्यसै गरी सोही सडकको अर्काे तर्फ रहेको ढल वडा नं. २ मा पर्ने भएकोले वडा नं. २ को पहलमा छिटो सरसफाई होस् भन्ने धारणा व्यक्त गर्नु भयो । त्यसै गरी वडा नं. ३ स्थित शहिदचोक देखि लेकु पुलसम्मको सडक खण्ड २०७५ असोज महिना देखि शहरी विकास कार्यक्रम अन्र्तगत ढल (नाला) र सडक निर्माण कार्य शुरु गरिएकोमा हालसम्म उक्त ढल अलपत्र रहेको स्थानिय समाजसेवी श्री राज गोविन्द सिल्पकार बताउदछन् । अहिले सडक पेटी जिर्ण छ, सडक जिर्ण छ, नाला (ढल) अलपत्र छ सडक यात्रुलाई पैदल हिड्ने पेटी छैन । भएकोमा पनि निर्माण सामाग्री व्यापारीहरुको व्यापारीक सामाग्री ग्रिल उद्योगहरुको फलामका सामान पेटीमा चिया पसल, राखेर यातायात नै अवरोध गरी सकेको अवस्था छ अहिले सडक मैत्री हुन सकेको छैन विद्यालयका भाई वैनीहरु बसमा चढ्न र झर्न समेत गाह्रो छ । बाल मैत्री, अपाङ्ग मैत्रीको झन कुरा नै नगरौ । यस्तो अवस्थामा निर्माण गरिरहेको ढल अधुरो छोडेर जानु सरासर भ्रष्टाचार हो । यसमा केही न केही गडबड छ भन्ने जो कोहीले पनि अनुमान लगाउन सक्छ । किन निर्माण कार्य रोकियो । त्यसमा पनि साना सवारी साधान धेरै बेर रोकिनु र अटो रिक्सा, म्याजीक धेरै भित्राउनु ट्राफिक कन्ट्रोल नगर्नु दुर्घटना बढी हुने खतरा रहन्छ यसमा सबैको ध्यान जान जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया