Home / शिक्षा / इक्यान असफल कन्सल्टेन्सी बन्द गर्नुपर्छ विज्ञहरु ।

इक्यान असफल कन्सल्टेन्सी बन्द गर्नुपर्छ विज्ञहरु ।


इभेन्ट म्यानेजमेन्टमा असफल सावित भएको बदनाम कम्पनी वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट ९डब्लुविएमसि०ले इक्यान एजुकेशन फेयरको जिम्मा पाएको छ । बदनाम कम्पनीले फेयरको जिम्मा पाएपछि कन्सल्टेन्टहरु असन्तुष्ट छन । विगत लामो समयदेखि इक्यान एजुकेशन फेर गर्दै आएको वान अप कम्युनिकेशनले केही बर्ष अघिदेखि विवादका कारण काम गर्न छोडेपछि आर्थिक चलखेल हुन थालेको भन्दै इक्यानियनहरु असन्तुष्ट भएका हुन । लाखौँको आम्दानी हुने अर्वोड स्टडिको लागि सबैभन्दा ठुलो शैक्षिक मेलामा टेन्डर पार्नका लागि चलखेल भएको कन्सल्टेन्सीहरुको भनाइ आएको छ ।विगतदेखिनै असफलता झेल्दै आएका इक्यानकै सदस्य बुद्धि प्रसाद रेग्मीको कम्पनीले टेन्डर पाएपछि इक्यानियनहरुले चलखेलको शंका गरेका हुन । इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेका विश्वास पात्र बुद्धिप्रसाद रेग्मीको असफल कम्पनीले टेन्डर पाउनमै शंका उत्पन्न भएको भन्दै एक कन्सल्टेन्सी व्यवसायीले शैक्षिक मेलाले दिने परिणामकै विषय पनि शंका ब्यत्त गरेका थिए नभन्दै परिणम पनि त्यस्तै हुन गएको छ । यहि असार २६ गतेदेखि २९ गतेसम्म १३ औं इक्यान एजुकेशन फेयर भैरहेको छ । तर पणिाम न्यून छ ।
आयोजकद्धारा व्यवस्थापनमा कमजोरी
वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट ९डब्लुविएमसि० आयोजकले व्यवस्थापन जिम्मा लगाएको थियो उसले गर्ने प्रचार प्रसार र स्टलहरुमा गरेको भेदभाव र चर्को मुल्य उठाएर व्यवसायीहरुलाइ निरुत्साहित वनाउने काम गरेको हुनाले खासै व्यवसायीहरु उत्साहित नहुदा कार्यक्रम उद्घाटन समेत असफल सावित भएको व्यवसायीहरुले वताएकाछन् ।
किन यस्तो भयो त ?
धेरै वटा बिषयमा विवादमा परेका बुद्धि प्रसाद रेग्मीले मेनेजमेन्टको जिम्मा लिएको कारण वास्ताविक कन्सल्टेन्सीहरुले एजुकेशन फेयरमा भाग नलिएका कारण यस्तो अवस्था आएको विगत २० बर्षादेखि इक्यानमा आवद्ध व्यवसायीले हाम्रो जनआकाशलाइ कुराकानी गर्ने क्रममा बताएका हुन् । बुद्धि प्रसाद रेग्मीले पैशाको लागि जस्तोसुकै कार्य गर्न पनि उ तयार हुन्छ र उसले विगतमा गरेको नेपाली बिध्यर्थीमाथिको धोका याहासम्मकी अमेरिकामा कार्यक्रममाको नाममा नेपालीहरुलाइ लगेर त्यतै भगाउने गरेका र एक जना व्याति बराबर २० लाख लिएर काम गर्ने गरेका व्यातिm भएको तर धेरे मान्छेहरुको २० लाखको दरले पैशा उठाएको अमेरिकामा ति मान्छेहरु र स्वम बुद्धि रेग्मीलाइ पनि अमेरिकामा समातेर थुनेर नेपाल फर्काएका व्यातिm जो नियत नै खराव भएका व्यातिmलाइ व्यवस्थापनको जिम्मा लगाएको कारणले एजुकेशन फेयर सुनसान भएको हो

एजुकेशन फेयर एक्स्पो सुनसान भएपछि भुकृटी मण्डपमा स्टल राखेर बिध्यार्थीलाइ आकर्षण गर्न र प्रचार गर्न आशा राखेका कन्सल्टेनसीहरु निराश भएका छन् । बिगत बर्षा भन्दा यो बर्षा एजुकेशन फेयरमा देखिएको समस्या जान्नको लागि हामीले इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे र माहासचीव सेषराज भट्टराइलाइ सम्पर्क गर्दा दुवैको फोन सुइज अफ रहेको थियो ।

इक्यानले संञ्चालन गरेको बस रितै फर्किए ।
इक्यान मेलामा बिध्यार्थीको सहभागित नभएपछि बिध्यार्थी ओसार्न ४ वटा बस संचालन गरेको भएपनि ति बसहरुमा बिध्यार्थी कोही पनि चढेनान आएनान । त्यसकारण यो बर्षको इक्यान मेलामा व्यवसायीले गरेको लगानी बालुवामा पानी भएको छ ।
हावाले स्टल उडायो
। कमसल खालको प्रविधि प्रयोग गरेर स्टल बनाएका कारण क्रिस क्रस कन्सल्टेन्सीको स्टल हावाले उडाएको छ भने ५ तारे सेवा दिन्छु भन्दै सम्झौता गरेका म्यानेजमेन्ट कम्पनीका मालिकले राम्रोसँग पंखाको पनि व्यवस्था नगरिदिँदा व्यवसायीहरु आक्रोशित बनेका हुन् । हावाले स्टल उडाएपछि उक्त कन्सल्टेन्सीका संञ्चालकले म्यानेजमेन्ट कम्पनीका मालिकलाई बोलाएर झाँको झारेको खवर छ । क्रिस क्रस कन्सल्टेन्सीका संचालकले म्यानेजमेन्ट कम्पनीका मालिक बुद्धिप्रसाद रेग्मीलाई बोलाएर बलियो खालको स्टल बनाउन निर्देशन समेत दिएका थिए । उनले निर्देशन दिदै भने, ‘तुरुन्तै स्टल बनाउने भए बनाउ, नत्र म फेयरबाट बाहिरिन्छु । तिमी आफै जे सुकै गर्छौ गर ।’ उनले आफ्नो स्टल हावाले उडाएको झोकमा भने, ‘विष्णुहरी पाण्डे खोई रु मलाई न्याय चाहियो । जानाजान मान्छे फसाउन पाइन्छ रु’ हावाले स्टल उडाएपछि आक्रोशित व्यवसायीलाई थामथुम पारेर रेग्मीले स्टाफलाई पुन स्टल बनाउन निर्देशन दिएका थिए । स्टलहरु खाली, धेरै पैसा कमाउन बदमासी १३ औं इक्यान शैक्षिक मेलामा प्रायजसो स्टलहरु खाली छन् । म्यानेजमेन्ट कम्पनीले राम्रोसँग मार्केटिङ गर्न नसक्दा मेलामा स्टलहरु खाली भएका हुन् । म्यानेजमेन्ट कम्पनीमाथि व्यवसायीले विश्वास गर्न नसकेको कारण स्टल खाली भएका हुन् । इक्यान एजुकेशन फेयरको जिम्मा पाएको वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक बुद्धिप्रसाद रेग्मीले राम्रो पैसा कमाउनका लागि कमसलखालको सामग्री प्रयोग गरेको पाइएको छ । म्यानेजमेन्ट कम्पनीले टेन्टदेखि फ्रेमसम्म फ्लेक्सदेखि स्टीकरसम्म सबैमा डुब्लिकेट समान प्रयोग गरेर बनाइएको कारण आकषृण कम, र स्टलसमेत हावाले उडाएको हो । कहीँ पुराना बोराको प्रयोग गरेर स्टललाई घेरिएको छ भने कहि फाटेको प्लास्टिकको प्रयोग गरेका कारण स्टलहरु खाली छन् । डब्लुविएमसीले सम्झौता अनुसार काम नगरेर इक्यानलाई बदनाम गराउन खोजेको इक्यानकै एक पदाधिकारीले आरोप लगाएका छन् उनले थपेका छन् यसको जिम्मेवारी इक्यानको अध्यक्ष बिष्णुहरी पाण्डेले लिनुपर्छ ।

देशको दक्ष जनशक्ति बिदेश पठाउने माफियाहरुको संस्था ।
देशभरी अहिले दक्ष स्कुल, कलज विश्वबिध्यालय भैसकेको सन्दर्भमा देशका युवापुस्तालाइ बिभिन्न प्रलोभनमा पारेर मोटो रकम लिइ स्कलरसीप, पार्टटाइम काम गर्ने बाहानमा देशका उर्जाशील युवापुस्तालाइ बिदेश नि¥यात माफियाहरुको चलखेल कहिले सम्म जवकी देशमा मर्दा मलामी , बिबाहमा जन्ती जानलाइ युवाहरु पाउन छोडिसक्यो तै पनि नेपालको सरकारको नीति फेरिएको छैन युवापुस्तालाइ देशमै राखेर काम गर्ने, गराउने वातावरण वनाउन सकेको छैन ।
विदेशी कम्पनी आएर नेपालमा काम गरेर खरवौ रुपैया लिएर जान्छ हाम्रा युवाहरु सधै यसैगरी कहिल्यसम्म यस्ता कन्सल्टेन्सी नमका दलालहरुको फन्दामा परिराख्ने अस्टिेलिया, जापान, कोरिया, यूरोपको सपना बाढेर बाउ आमाले खाइ नखाइ जोडेको सम्पति बैकमा राखेर पढदै काम गरेर रिन तिर्छ भनेर कन्सल्टेन्सी मार्फत विदेश पढ्दै काम गर्न पठाएका धेरै बिध्यार्थीहरु अलपत्र अवस्थामा छन् । बिस्तारै त्यस्ता बिध्यार्थीहरुको भविष्य अन्धाकार तिर धकेलिदै गएको छ ।त्यस्ता कन्सल्टेन्सीहरुलाइ कारवाही गर्नुको सट्टा सरकारका पहुचवाला मन्त्रीहरुको आफन्तहरुले नै यो काम गरिराखेको हुनाले कारवाही गर्ने निकाय पनि प्रभावकारी छैन त्यसकारण यो फेयर सफल असफल हुनु र नहुनुमा फरक केही थिएन । भएको कुरा समाजमा ल्याउनु पर्ने पत्रकारको धर्म हो । च्याउसरी उम्रेका कन्सल्टेन्सी र त्यो कन्सल्टेन्सी सम्म बिध्यार्र्थीलाइ पु¥याउने दलालहरुको प्रलोभनले धेरै भन्दा धेरै बिध्यार्थीले बिदेशमा दुखः पाइरहेका छन् । त्यस्ता झुटो प्रलोभन देखाएर फसाउने कम्पनीहरुलाइ कारवाही गरिनुपर्छ र कन्सल्टेन्सीहरु नेपालमा बन्द गरिनुपर्छ भन्ने सर्वत्र आवाज उठिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित

  काठमाण्डौं, । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत ...