logo मंगलबार, साउन १२ २०८३ | Tuesday 28th July 2026

सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट


  • जन आकाश
  • सोमबार, जेष्ठ १५ २०८०

काठमाडौ । नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्क सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ ।



तेञ्जिङ नोर्गे शेर्पा र  एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहन गरेको ७० औं वार्षिकोत्सवको अवसरमा २ गाउँमा फाइबर इन्टरनेट पुर्‍याइएको हो ।  आईतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजनाको औपचारिक सुरूवात गरिएको छ । उक्त कार्यक्रममा एडमन्ड हिलारीका छोरा पिटर हिलारी, न्युजल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगायको उपस्थिति रहेको थियो ।

खुन्दे र खमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधिलाई फाइबरमा अपग्रेड गरिएको छ । फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहन गर्न आउने आरोहीले अब उच्च गतीको गुणस्तरीय इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

फाइबर पुगेपछि अब खमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान हुनेछ । पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने छ । घरहरूमा जोडिन इन्टरनेट सस्तो शुल्कमा उपलब्ध गराइने छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend